NEPAL

الثلاثاء، 8 سبتمبر 2009

nepali kabita

बेलाबखतका मुस्कानहरु
(कविता – संग्रह)

रचनाकार- कृष्णबहादुर क्षेत्री

कृति- परिचय
बेलाबखतका मुस्कानहरु
बिधा- कविता-संग्रह
प्रकाशक – दिनेशप्रसाद मैनाली
प्रकाशन साल – वि.सं. २०५१
प्रति-१०००
छापाखाना- षडमुखा भगवती प्रिण्टिङ्ग प्रेश हाँडीगाउँ, काठमाडौं ।
ISBN No. नभएको


बेलाबखतका मुस्कानहरु
• फुर्सदले पढ
• लेकमा विहान
• प्रेमको पहिलो उच्छ्वासमा
• आत्म-कथा
• धर्तीको वरदान पाएको जीवन अभिशाप भइरहेछ
• रातको बत्तिप्रति
• दृश्य: परिवतॅनको चाहनामा
• माया र घृणा
• साकार मेरो सपना
• पखॉलभित्रको जीवन
• अनौठो नाता
• हाँस्न देऊ त्यसलाई
• मेरी धर्तीलाई
• सपनाका फूलहरु
• जीन्दगी सार्हो छ
• स्नेह रित्तेका आँखाहरु
• स्पष्टीकरण चाहियो
• बाँच्न बिर्सेर पनि सोच्नु पर्छ
• तिम्रो शुभकामना बोकेको पोष्टकार्ड
• उदास अनुहारको सम्झना आउँदा
• प्रतिश्पर्धा: एक चिन्तन
• धर्ती – प्रेम
• ती आँखाहरु खोइ ?
• मेरो जीवन
• उसले मलाई देखेन
• आफैँलाई सम्झिँदा
• सूचना नं. २७।९।०५०
• उनीहरुको मायालाई सम्झेर
• प्रतिज्ञा
• तिमी र म
• ज्वरो आएको दिन
• पल्लो घरको झ्याल
• झ्यालमा बसेकी युवती
• धेरै दिनपछि
• “कृष्णबहादुर क्षेत्री” (सेल्फ पोर्ट्रेट)
• मनका कुराहरु
• कविता यात्रामा (तीन प्रसंग)
• फेरि पनि माया
• बूढो साथी
• जीन्दगीको गाईजात्रा र काठमाडौं शहर
• बाँच्न सिक
• म किन लेख्छु ?
• ................. मात्र तिमीलाई
• त्यो दिन र तिम्रो सम्झनामा
• सहानुभूति
• अचम्मको माया
• त्यो दिन फर्केर फेरि आएन
• मेरा सम्भावनाहरुले आत्महत्या गरे
• केही तिम्रा: केही मेरा
• कस्तो हुन्थ्यो होला !
• विगतको नाममा वर्तमान एउटा सम्झौता- पत्र
• तिमीले बिर्सेको साँच्चै हो त !
• भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु
• साथी २०५० प्रति
• यो दिल कसैको यादमा रोयो
• म फेरि जन्मेर आउँला


फुर्सदले पढ

पढ्ने कुराहरु धेरै छन्
के पढ्ने भनेर
गलफत्ती गर्ने बेला अब छैन
हिच्किचाहटमा होइन
न मनको एक झर आवेशमा
फुर्सदने पढ
पढ्ने कुराहरु बाङ्गाटिङ्गा छन्

राम्रो- नराम्रो दुबै पढनु पर्छ
नराम्रोलाई पढेर राम्रोको मूल्य जान्नु पर्छ
हतारमा होइन
न समय चिप्लेला कि भन्ने डरमा
समयको त कहिल्यै बचत हुंदैन
नबितोस् भन्दा पनि बितिजान्छ
त्यसैले फुर्सदले पढ

पढने कुराहरु गज्याङमज्याङ लाग्लान्
टाउकोको गुदी खान आउलान्
सम्हालिएर होसियार भएर
फुर्सदले पढ
पढ्ने कुराहरु गनिनसक्नु छन्
विस्तारै पढ
धेरै बुझेर पढ
यहां बुझ्नु पर्ने कुराहरु थुप्रै छन्
तर बुझाउनु पर्ने कुराहरु केही पनि छैनन्
त्यसैले, फुर्सदले पढ
(२०४३।११।११)


लेकमा विहान

शीतमा नुहाएर भर्खरै
घाम ताप्न लागेकी लालीगुराँस
पहाडी खोलामा निहुरेर
आफ्नो सुन्दरता हेर्न हतारिन्छे
(२०४४।८।१८)


प्रेमको पहिलो उच्छ्वासमा

“कविता दिने हैन ?
- कविता दिइसकें मैले, आफ्नो साथीलाई ।”

सताउला भनी धेरै-धरै
केही क्षणको बिछोडने जीवनमा
दिन्छिन् उनी मधुर कल्पना
सम्झना सांच्न र बांच्न कवितामा

स्वच्छन्द कविको एउटा फुक्का सोधाइमा
सधैलाई उनीले कविता समर्पण गरेकी छिन्
हरेक समय उठ्दछ कविता बनी
गाउंदै कविता कवि संगीत भरिरहेछन्
(२०४४।७।३०)


आत्म- कथा

जीवन-खेल मैदानको
म एउटा सहभागी
चढ्दैछ नशा ममा खेलको
विविधतामय यो जीन्दगी

कैले फुट्ला जस्तो हुन्छ टाउको
कैले चर्केला जस्तो हुन्छ छाती
देख्न्नु के छ ? रुने र हांस्नेको झगडा
लाग्न थाल्छ कलिलो मगजमा प्रश्नको तांती

दूर-यात्राबाट थुप्रै घुम्ती छोडेर
आएको थिएँ यहां सपना रोप्न
गुम्सेका हावामा सास अड्किंदो रहेछ
पाईरहेछु कहां ? आज आफ्नै विपना देख्र्न

हिंड्छु कतै पुग्ने ठाउं छैन
बस्छु रत्तिभर आराम छैन
खलबल खलबल यो विश्व खलबल
आउला के ? कुवाको जीवनमा उथलपुथल

भ्रममा बाँच्दा जीवन फंस्यो
राम्रो छ भन्ने भ्रम फेरि नलिऊं
अनमोल थियो हिजोको समय
जो बित्यो, खुशी आज कहां पाऊँ ?
(२०४३।८।१९)


धर्तीको वरदान पाएको जीवन अभिशाप भईरहेछ

भित्र बस्छु-¬¬
ठिहिर्याउंछ आफ्नो वास्तविकता
बाहिर निस्कन्छु-
पोल्छ समयको अजेय असमानता

बिउँझेर पनि आफूलाई
मस्त निदाईरहेको अवस्थामा पाउँदा
लाग्छ –
कहिल्यै जागा नहुने
निद्रामा मस्त म महाकुम्भकर्ण बनूँ
ताकि चेतनशील हुनुको बाध्यतामा
आफ्नै आकांक्षाहरुको प्रहार सहन नपरोस्
समानताको खोजमा आफ्नो स्तर
गल्लीको भुस्याहा कुकुरको तहमा
रुपान्तरित भएको सत्यता हेर्न नपरोस्

मानवीय स्वभावको विपरित
किन-किन अचेल
मायामा पनि अर्थ खोज्न मन लाग्छ
स्वार्थ पो टांस्सिएको छ कि भनी
माया कोट्ट्याई हेर्न मन लाग्छ
कसैबाट विश्वास पाए
अनायासै नाकले अविश्वासको गन्ध खोज्न थाल्छ
सोझो बाटोको मार्ग – दर्शन पाए
अनेकौं डरलाग्दा दुश्चिन्ताले डांवाडोल भएर
पाइला जञ्जालपूर्ण बाटोमा बढ्न थाल्छ
यो चलिआएको खराब संस्कार होइन
आजको हावामा मिस्सिएको स्वार्थपरक परिवर्तनको चमत्कर हो

समयले सिर्जेको यस्तो दुर्भेद्य दुरावस्थामा
आफू चक्रव्यूहभित्र परेको भान हुन्छ
समयको जटिलतामा आज
धर्तीको वरदान पाएको जीवन
अभिशाप भईरहेछ
यस्तो नबांच्नु बांच्नु परेपछि
आफ्नै जीवन खरानीको थुप्रो लागिरहेछ
आफैंभित्र आर्यघाटको चीता गन्हाईरहेछ ।
(२०४४।९।२२)


रातको बत्तीप्रति

रातको बत्ती ! निभ्नु हुँदैन
निरन्तर बलिरहू अँध्यारोमा
आफ्ना ज्योतिमय आँखा खोल
बस तिमी रातको पहरामा

तिमीले हेर्दा रातलाई
हामी धर्तीलाई देख्न सक्छौं
तिमी तेजिलो बनिरहे
हामी माटोलाई चुम्न सक्छौं
(२०४३।३।७)


दृश्य: परिवर्तनको चाहनामा

देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन
(२०४४।१०।१३)


माया र घृणा

मेरो बस्तीमा माया छ
मेरो बस्तीमा घृणा छ
यो संसार मेरो आंखाको
माया र घृणामै अडेको छ

माया मात्र पाएर
गर्नु के ?
बाँच्न घृणा पनि चाहिन्छ
माया र घृणाको सन्तुलनमा नै
जीवन- जगत् राम्ररी बुझ्न पाईन्छ
(२०४३।११।१०)



साकार मेरो सपना

बिहान भएपछि तिमीसंग
भेटेर कुरा गरुंला भन्ने
मेरो रातभरिको सपना थियो
ऐले तिमीलाई भेट्दा
मेरा आंखाले निद्रा त्यागे
म अब मुक्त भऐं
निद्राको बोझिलो बन्धनबाट
अब म तिमीलाई नै भेटिरहेछु
आंखाभरि सौन्दर्य तिमी छौ

लाजले हो कि मायाले
वा हो हृदय जोडिएर
म आंखाले बोलिरहेछु तिमीसँग
ए हावा ! सर्सर नगर्
नछोडेस है निश्वास आँधी अब
ए दिन ! अँध्यारो नछर्
नबोलाएस् है रात अब
हृदयको चाहना मेरो
वासन्ती फूलको मुस्कान जितिरहिछिन्
तपस्यामा लीन ऋषि के भए हुन्
जगको कल्याण सारा म तिमीमै पाईरहेछु
संसारमा तिम्रो र मेरो भेट नै सृजना नौलो
तिमी र ममै विश्व विशालतम् पाईरहेछु
(२०४३।८।२६)


पर्खालभित्रको जीवन

थुनिन को चाहन्छ र यहाँ
स्वतन्त्र भएर बाँचेको राम्रो
माटो जीवन; जीवन माटो
प्रकृतिसँग मिल्न पाएको झनै राम्रो

खोस्छौ किन ए मान्छेहरु हो!
पीडा दिएर अरुको स्वतन्त्रता
बाँच्न देऊ हामीलाई धर्तीमा मिलेर
हामी धर्तीका हौं, चाहिंदैन हामीलाई कृत्रिमता

प्रकृति माथि विजय गर्नेहरु हो !
बुझ्दैनौ किन ? तिम्रो जीतमा
मानवता यहाँ रोईरहेछ
पाई तिम्रै यातना बिलाईरहेछन् महान् आत्मा

भन्छौ भने यसलाई प्रगति खासा
छुटिरहेछ नाता जननी-माटोसँग आज
देख्दैछु म त जटिल बनेको छ जीवन खूबै
“बाँच्ने कसरी?” यही पीर सताउंदो छ रोज

ए ! बोलन बोल मानव सच्चा !
चाहिंदैन पर्खालभित्रको जीवन
चाहिन्छ त केवल सुन्दरता धर्तीको चाहिन्छ
खुम्चिंदै जाने होइन; मानवतामय चाहिन्छ सरल जीवन
(२०४३।५।२१)


अनौठो नाता

टाढा छु सम्झिन्छन् सबैले
सम्झना गरेका छौं भन्छन्
प्रतीक्षामा बसेका छौं
कैले आउने ? भन्छन्

नजीक हुन्छु बोल्दै बोल्दैनन् क्वै खुलेर
म बन्छु अतृप्त भित्रभित्रै छट्पटिएर

टाढा हुँदा माया हुँदो रहेछ
नजीक हुँदा हेला
म त अल्झिरहेछु
हेर्दै जीवनको अनौठो मेला
(२०४३।२।३०)


हांस्न देऊ त्यसलाई

साउनको आकाश निरन्तर
बादलको झापडले रोए झैं
आफ्नै भित्री पीरको सुईरोले घोचिएर
मुटुभरि धुरु-धुरु रुने
मरुभूमिको बालुवामा पानी
सिनित्तै बिलाए झैं
भित्रै आँसु लुकाउने
दाँत देखाएर बेला-बेलामा
हाँस्ने रोगले समाए झैं
खिस्स- खिस्स हाँस्ने त्यसलाई
हाँस्न देऊ त्यसलाई

त्यो,
पूर्वी आकाशमा बिहानै
सूर्य हाँसे झैं
आफूले देख्न्ने सबै ठाउँ हेरेर
गलल्ल हाँस्ने अभ्यास थाल्दैछ
धनाढ्यको ढुकुटीमा उपेक्षा पाएर
झुत्रेको पसीना हाँसे झैं
त्यो निसंकोचसाथ हाँस्न रुचाउँछ
हाँस्न देऊ त्यसलाई
त्यो,
आमाको काखमा निर्दोष
शिशु हाँसे झैं निश्चल
सम्पूर्ण आफैँलाई उघारेर
हाँस्ने अभ्यास गर्दैछ

हो- त्यसको स्वाँगी हाँसो
पटक्कै मन नपर्न सक्छ
छातीभरि उपेक्षा पाएर
मुटुभरि रुने त्यसलाई
दुर्भाग्यले घाँटी अँठ्याएको छ
हाँसेर त्यो चाहन्छ बाँच्नलाई
नक्कली हाँसोमै भए पनि
बाँचेको सन्तुष्टि पाउन चाहन्छ त्यो
त्यसलाई हाँस्न देउ
त्यो
उदास अनुहारभरि
सुकेका ओँठभरि
आँसु जमेका आँखाभरि
हाँश्ने चाहना गर्छ
हाँस्न देउ त्यसलाई
सान्त्वनाको दरकार छ त्यसलाई
स्वच्छ धड्कनको स्पर्श देऊ त्यसलाई

त्यो एक्लै
निर्जीव भित्ताहरुको बीचमा
किन हाँसोस् !
साथीहरुसँग हाँस्न चाहन्छ
व्यथाभरि अदृश्यरुपले डुवे पनि
टुक्राटाक्री ठट्टा सिला खोजेर
सबैलाई खिज्याउँदै
हाँस्ने कलामा पछाडि पार्दै
डाँको छोडेर १२ बजेलाई
दिवसको सलामी तोप पड्के झैं
एकैचोटि सारा खिन्नतालाई
खित्कामा बदल्न चाहन्छ
त्यो बाँच्न चाहन्छ
मान्छे भएर मान्छे जस्तै
हाँस्न देऊ त्यसलाई
त्यो, मान्छेले जस्तै हाँस्न चाहन्छ
(२०४३।११।१०)


मेरी धर्तीलाई

आरामदायक निद्राको सपनामा पनि
मेरी धर्तीलाई म खोज्छु
अस्थिर भएर मुटुभरि ममता सल्बलाउँछ
पातलो स्मृतिमा छुन खोज्छु

कैले हुन्छ र पानीबाट टाढा माछा !
फूलबाट सौन्दर्य सुवास खासा !
धर्ती मेरी हुन् म धर्तीको
छुट्टिन सम्भव छैन, दुई हृदयको एक भाषा

हजार जन्म मिल्छ भने पनि मलाई
मेरी धर्तीको भएर म जन्मिऊँ
पिएर आँखाले दृश्य यहींको शीतल
मानब भई म बाचूँ

के छ र दिऊँ तिमीलाई धर्ती
हृदय मात्र छ मेरो मसंग
अरु जे छ अर्काको ऋणमा अडेको
भएको हृदय तिमीलाई दिएको छु, अपनाऊ खुशीसंग
(२०४३।८।९)


सपनाका फूलहरु

१) मेरा साथीहरु खै मलाई के ठान्छन्
सधैं मसित आठौं आश्चर्य माग्छन्
सधैं मेरो दिमागमा सपनाका फूलहरु रोप्छन्
मलजल र गोडमेल गर्न भनेपछि दायाँ- बायाँ लाग्छन्


२) पाईलैपिच्छे सपना लिई
एक्लै म कति बाँचूँ !
तिमी साथ देऊ अब त
दुबै मिली खूब नाचूँ !

३) सपना देख्दा – देख्दै
विपना भईसक्यो बडेमानको रित्तो भारी
अझ किन थप्दैछौ यति धेरै उधारो सपना
यो सुस्त गतिलाई नै ठप्प रोक्ने गरी ?

४) चराहरु पींजडाभित्र सपना देख्दैनन्
सपना देख्न्न खुल्ला आकाश चाहिन्छ
चराहरु जुन बेला पनि गाउँदैनन्
गाउनलाई धर्तीको संकेत चाहिन्छ
(२०५०।९।२०)


जीन्दगी सार्हो छ

जति बुझ्छु उति अस्पष्ट लाग्छ
मलाई मेरै जीन्दगी
अर्काको जीन्दगीलाई हेर्छु
किचिङ् – मिचिङ् के – के जस्तो लाग्छ जीन्दगी

सलाईको काँटी भए
ख्वार्र कोरेर झ्यार्र पारिदिनु हुन्थ्यो जीन्दगी
जीन्दगी त अन्तीम गाँसको
स्वाद रहेछ बिर्सन खोजे पनि नसकिने
समस्याहरुको एकतालाई चुँडाउनै नसकिने
त्यसमै आफू अल्झिंदै जानु पर्ने
जीन्दगी त सार्हो हुँदो रहेछ
गजधुम्म परेको चट्टानभन्दा सार्हो
कल्पनाको फुक्का उडानभन्दा
सयौं गुणा बढी सार्हो
जीन्दगीको यथार्थता
वीषभन्दा पचाउन गार्हो

म आफ्नै जीन्दगीको गुफाभित्र छु
बाटो ठम्याउन नसकी शून्य छामिरहेको
जीन्दगी सार्हो छ !
जीन्दगीलाई राख्ने ह्याङ्गर भए
तिर्लिङ्ग झुण्डाएर भित्तामा कोठा सजाउँथें
जीन्दगिलाई मिल्काउने परम्परा भए
कुनै विद्रोह नगरी रद्दी – टोकरीमा फ्यात्त मिल्काउँथें

तर के गर्नु !
यसो पानि छैन, उसो पनि हुँदैन
जीन्दगी सार्हो छ
साथै लिएर बाँच्न गार्हो छ
कसैलाई दिन हुने भए
हर्षपूर्वक सौगात भनेर
रात – दिन हाँड घोटिरहेका अभागीहरु
अर्काको हातमा जीन्दगी दिन्थे होलान्
आह ! कस्तो हाइसञ्चो !
हट्यो बोझिलो जीन्दगी भन्दै
हावामा आङ तानेको हाउभाउ गर्दै
सपनाको खुशीलाई खिज्याएर
आफैँभरि सरलतामा बाँच्थे होलान्
दुर्भाग्यका हातहरुलाई
परैबाट चिनेर सुटुक्क अर्कैतिर लाग्थे होलान्
(२०४३।११।१०)


स्नेह रित्तेका आँखाहरु

नदेखाऊ, नदेखाऊ
सुख्खा निरस
स्नेह रित्तेका आँखाहरु
मलाई नदेखाऊ
डर लाग्छ –
तेश्रो विश्वयुद्ध पहिले नै त्यहीँ भेटे जस्तो
हाहाकार मच्चिन्छ कोमल मुटुभित्र
कुनै आफन्तबाट हेला पाए जस्तो
(२०४३।११।९)


स्पष्टीकरण चाहियो

कहाँ
कसरी
कहिले
र किन
मसित तिमीले
प्रेम गर्यौ ?
स्पष्टीकरण चाहियो ।
(२०५०।९।२६)


बाँच्न बिर्सेर पनि सोच्नुपर्छ

सधैं गरिरहेको काम पनि
गर्दा – गर्दै कहिलेकाहीँ
म भुसुक्कै बिर्सिन्छु
र त्यसै – त्यसै अलमलमा परिरहेको हुन्छु
त्यसको आरम्भ खोजिरहेको हुन्छु
लाग्छ यसरी नै-
जीन्दगी बाँच्दा-बाँच्दै एकदिन
चटक्क म बाँच्न बिर्सिनेछु
र मर्नेछु
अनि अदृश्य भएर कतै चिहानको सुनसानमा
मृत्युपछि पनि म आफ्नो जीन्दगीको आरम्भ खोजिरहेको हुनेछु
समाधान हुन नसकेका थुप्रै
समस्याहरुको बारेमा सोचिरहेको हुनेछु
सोचिरहेको हुनेछु
फगत् म सोच्न सक्छु
त्यसैले जहिले पनि जहाँ पनि सोचिरहेको हुन्छु।
(२०४५।१।९)















तिम्रो शुभकामना बोकेको पोष्टकार्ड

तिम्रो हातको वसन्तले रचेको
सुन्दरताका सघन हरियालीहरु
तिम्रो मुटुको सास फेर्दे
पोष्टकार्डको नरम ओच्छ्यानमा
मेरो हृदयलाई सिरानी बनाई
गहिरो निद्रामा सुतिरहेछन्
म तिनलाई बारम्बार हेर्दै
आफ्नो एकान्तलाई रमाईलो पारिरहेछु
(२०४४।८।१७)

उदास अनुहारको सम्झना आउँदा

मेरो आँखामा यस बेला
एउटा अनुहार झल्झली आईहेछ
म सम्पूर्ण आफ्नो ध्यान
त्यसैमा लगाईरहेछु
लुगामा टाँक लगाउने कामदार
एउटी युवतीको उदास अनुहार
त्यसै-त्यसै धेरै दिनदेखि सम्झिरहेछु

एकान्तको गहिरो चिन्तन हो
तिनको त्यो उदास अनुहार;
जसलाई तिनी असंख्य आँखाहरु अगाडि
देखाउँदै हिंडिरहेकी हुन्छिन्
साहसपूर्वक लाजै नमानी
त्यसैले त जस्तै ठूलो हल्लाको घेरामा पनि
तिनी एकाग्रचित्तले आफैँमा हराईरहेकी हुन्छिन्

तिनको त्यो उदास अनुहारसंगै
रहस्यमय बनिरहेका एक जोडी आँखाहरु
लाग्छ-
दिन-दिनै बोझिलो बन्दै गएको विपना
हेर्दा-हेर्दा थकित भइसकेका छन्
र थुप्रै सपनाहरुले झुक्क्याईदिँदा त्रसित छन्
त्यसैले लाग्छ तिनीहरुले अब
सपना देख्न्न छोडिसकेका छन्
र देखिन्छन् चूपचाप-चूपचाप
वर्तमान उन्न तल्लीन

अहिल्यै भन्न जाऊँ-जाऊँ लाग्छ तिनीलाई
तिनकै उदास अनुहारमा हेरेर
कि तिनको त्यो अनुहार
मुस्कान उछिन-पाछिन गर्ने पत्रहरु ओइली झरेका
गुलाफको उजाड बोट जस्तो देखिन्छ
र त्यसैले सोध्न मन लाग्छ
समयसित एउटा प्रश्न-
तिनको अनुहारमा हाँस्नु पर्ने वसन्त
तैँले किन थुनिराखेकोछस् बैँसका दिनहरुमा ?
(२०४४।७।३०)


प्रतिश्पर्धा: एक चिन्तन

बल्दो छ उत्तेजित ज्वाला छोड्दै
समय परिवर्तनको नौलो पहिरनमा

जीत्नेको जीवन हुन्छ
हार्नेको मृत्यु यहाँ
मर्नेहरु निर्धा हुन्छन्
बाँचिरहेछन् चतुर चालका जहाँ !
(२०४३।११।९)


धर्ती-प्रेम

तिमी मलाई
सिङ्गो आकाश दिन्छु भन्छौ
मलाई त
शून्य कुराको केही महत्त्व छैन
मलाई त
सम्पूर्ण धर्तीभन्दा बढी केही चाहिएको छैन

आकाश किन
दिन चाहन्छौ तिमी ?
मलाई हावा भएर स्वच्छन्द
फन्को मारिरहोस् भन्ने ठान्छौ तिमी ?
भो, पर्दैन
आकाश आफैँसँग राख
आफैँलाई बिझाउने स्वतन्त्रता पाएर
बाँच्नुलाई म तिरस्कार गर्छु
धर्तीलाई बिर्सेर उड्नुलाई
म औधि घृणा गर्छु

मेरो मुक्ति
मेरो माटोमा छ
मेरो शक्ति
मेरो माटोको भक्तिमा छ

म तिमीलाई भनिदिनु वेश सम्झिन्छु-
तिमीले निश्क्रिय तुल्याएर दिएको स्वतन्त्रता
मलाई माटोले दिने आत्मीयता भन्दा
अति नै तुच्छ लाग्छ
माटोको हुनुमा मलाई गर्व लाग्छ
आफैँ आफ्नो भए जस्तो लाग्छ ।
(२०४३।११।११)


ती आँखाहरु खोई ?

मलाई ती आँखाहरु
अहिले चाहिएको छ
ती आँखाहरु खोई ?
बताऊ, ती आँखाहरु खोई ?

अत्यन्त जरुरी छाप लगाएर
म बितेका दिनसंग
आफ्ना अतीतका दिनहरुसंग
मूर्दा भएर इतिहासको चिहानमा
लम्पसार परेर सड्दै बिलाउँदै गएका
मेरा अवकाश प्राप्त रमाईला दिनहरुसँग
एउटा पत्र पठाएर
सोध्न चाहिरहेको छु-
ती आँखाहरु खोइ?
सोधपूछ गर्न लागिरहेको छु-
ती आँखाहरु खोइ?

ए ! मायाको आडमा
दयाको बोझ बोकाउनेहरु !
साँच्चिनै मायाले केही दिन सक्छौ भने
मलाई ती आँखाहरु देऊ
मलाई ती आँखाहरु मन पर्यो
असाध्यै मन पर्यो
म जत्तिकै मलाई ती आँखाहरु मन पर्यो
मिलेका ती पहिलो नजरमै
माया मेरो ती आँखाहरुमा बस्यो

ती आँखाहरु खोइ ? भनन
मैले मेरो माया त्यहाँ राखेको छु
संसारका झ्याउलाहरु त्यहाँ
सबै मैले आनन्दको पाएको छु
अब त मैले
आफैँलाई गर्ने माया पनि
ती आँखाहरुमै खोज्न थालेको छु
ए बताऊ !
ती आँखाहरु खोइ ?
मैले त्यहाँ मेरो मायालाई राखेको छु
(२०४३।११।९)


मेरो जीवन

कैले चुटिन्छ मुसलधारे झरीमा पीरको
कैले बगाउँछ खहरे आँसुको
मेरो जीवन कस्तो ! कस्तो !
झरी सहने; गुनासो नपोख्न्ने ढुंगा जस्तो

कैले बन्छ फूल सुवासिलो
सजिन्छ हृदयको एक कुनामा कसैको
मानौं मेरो जीवन गमला हो
फूल फुलेको बेलामा आँखामा नबिझाउने दृश्य हो

मुसुक्क जून मुस्कुराउँदा मुखमा
सन्तोषमा ओँठ खोलेर हाँस्दा
कल्पना आउँछ मलाई
मेरो जीवन सधैँ यस्तै रहिरहोस्
(२०४३।५।२१)


उसले मलाई देखेन

देखेको भए उसले मलाई
बिघ्नै सताउनेथ्यो
आँखाले बोलाउनेथ्यो
हृदयले गीत सुनाउनेथ्यो

म अकमक्क पर्नथें
हेर्या-हेर्यै उसलाई
टप्प मिलेका उसका ओँठ दुई
चट्ट खुले झैँ लाग्नेथ्यो मलाई
सल्बलाउँदै; चल्मलाउँदै
गरे झैँ लाग्नेथ्यो केही प्रश्न मलाई

ठीकै भयो
उसले मलाई देखेन
मैदानी खोला झैँ गम्भीर
अनुहारमा अनौठा भाव खेलाउन पाएन
वसन्तका मुना झैँ टुसाउँदै आएका
काला स्याना जुंगाले उसका
झुकेर माटोतिर मलाई नमस्ते गर्न पाएनन्
स्पष्ट झल्केका सुन्दर, गालाको कोठीले पनि
मलाई ‘तिमी नै हौ !' भनेर हेर्न पाएनन्
देखेको भए
मलाई नै खोज्दै हिंडे झैँ आँखाले
टाढैबाट चिन्नेथ्यो मलाई
सरासर लम्कँदै आउनेथ्यो भेटन् भनेर मलाई
‘किन रिसायौ प्रिय ?’ भन्दै शायद
आँखामा आँखा राखेर एकटकले हेर्नेथ्यो मलाई
(२०४३।६।२२)


आफैँलाई सम्झिँदा

अवस्था मेरो सधैँ
प्यासले छट्पटाएको
समयको विचित्र खेल
रातमा तारा नभएको आकाश जस्तो
थाहै नपाई बितेको दिनमा
पानीमा आफ्नै रुप नदेखे जस्तो
को भन्न सक्छ ? मन उडेपछि
संयमले के गर्छ मलाई
झल्याँस्स जब बिउँझन्छु आफैँमा
नाघी पर्खाल बाध्यताको बनाउँदै हिँड्छु स्नेहको आकाश
मानिस भई खुशीले बाँचूँकी भन्दै !
(२०४३।१।१)


सूचना नं. २७।९।०५०

विगत् मा तिमीले
जुन किसिमले चूपचाप
मौन प्रेम मसित गर्यौ
र मभित्र विविध चट्याङ-चुटुङ् भर्यौ
आगत समयले
त्यही प्रेमको थुप्रै बेरुजु निकालेको छ
सबुत प्रमाण सहित फर्च्छ्यौट गर्न आउनू ।
(२०५०।९।२७)


उनीहरुको मायालाई सम्झेर

केही गर्न नसक्नेहरु
मलाई माया गर्छन्
म उनीहरुको मायामा पग्लेको
र उनीहरुकै हुन खोज्छु
केही गरुँ भन्छु; सक्दिनँ
त्यसैले सधैँभरि भित्री मन दु:खिरहन्छ
कता-कता छट्पटी चलिरहन्छ
थाहै नपाई परेला भिजिरहन्छ
(२०४४।१२।१५)


प्रतीज्ञा

म त निराश कलमलाई भाँची
उत्साही कलम नचाईदिन्छु मान्छेका ओँठ-ओँठमा
म त अँध्यारोलाई डढाइदिन्छु
मन-मस्तिष्कलाई ज्ञानको घाम सधैँ तपाएर
म त सुस्केरालाई आफैँभित्र पचाइदिन्छु
निधारबाट तर्तर्ती पसिना बगाएर
म त रात-दिन गाउँका झुपडिहरुमा पुगिदिन्छु
विकासको ज्योति हरेक गाउँलेका अनुहारमा टाँसिदिन्छु
म त कुरामा होइन कामको बाढीमा
समानता बनेर बगिदिन्छु
म त चीसा चूल्हाहरुमा साँझ-विहान आगो बालेर
भात पकाउँदै सुकेका पेटहरु डम्म उक्साईदिन्छु
म त ओइलाएका कलिला कोपिलाहरुलाई
स्नेहले सुम्सुम्याउँदै धर्तीमा फुल्न सिकाईदिन्छु
म त निराश कलमलाई भाँची
उत्साही कलम नचाईदिन्छु मान्छेका ओँठ-ओँठमा
(२०४३।२।१३)

तिमी र म

मेरो दिमाग एउटा विशाल फूलबारी हो
जहाँ बार्है महिना असंख्य विविध किसिमका फूलहरु फुलिरहन्छन्
बेला-बेलामा ती अनेकौँ किसिमका फूलहरु मध्येबाट
सौन्दर्य र सुवासको सौगात तिमीलाई दिईरहेको छु
त्यही फूलबारीमा अनधिकृतरुपमा
फूलसंगै आफ्नो अस्तित्त्वको झण्डा फहराईरहेका
काँडाहरुको अप्रत्यक्ष पीडा आफैँमा आत्मसात् गर्दै
तर पनि तिमी
तिमीसंगको मेरो निस्वार्थ प्रेमलाई स्विकार्न हिच्किचाउँछौ
र मलाई सधैँ-सधैँ पराई नै सम्झिने गर्छौ
म हुनुको सीमालाई निमिट्यान्न पार्न
हर्दम षड्यन्त्र गर्ने गर्छौ
तर म आज केही गरे पनि चूप लाग्ने छैनँ
तिमी यसलाई अतिक्रमण गरेको नै किन नठान
म-तिमी र मेरो गोप्य तर नैतिक सम्बन्धलाई
सबैको सामु खुलस्त पार्दैछु –
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा
तिमी भनेको मेरो देश र
म भनेको सधैँ तिम्रै स्नेहको शीतल छहारी खोजिरहने
भावनात्मक जञ्जालमा बाँचिरहेको एउटा कवि !
(२०५०।९।२८)


ज्वरो आएको दिन

मन नयाँ-नयाँ कुरा खोजेर
एउटा कविता लेखूँ भन्छ
आज भित्रका सारा वहहरु फोएर
हलुको भई रमाऊँ भन्छ

जाँगर सुस्ताएको छैन मेरो
कल्पना हराएको हैन मेरो
सुनदरता हेर्ने आँखाहरु पनि छन्
प्रेयसीका सुमधुर आवाज सुन्ने कानहरु पनि छन्

कवितालाई टिप्ने यी सबै
यथास्थानमा भएर पनि
किन-किन मेरो कलम
आज कविता लेख्न्न अल्छि गरिरहेछ
लाग्छ- मलाई ज्वरो नआएर
कलमलाई कठ्याङ्ग्रिने जाडोको गर्मी चढिरहेछ
(२०४४।८।१४)



पल्लो घरको झ्याल

यो झ्याल हुनुको सार्थकता
पल्लो घरको त्यो झ्याल उघ्रनुमा छ
त्यो झ्यालको सार्थकता भने
उनीले मुसुक्क मुस्कुराएर यता हेर्नुमा छ
(२०४४।११।११)


झ्यालमा बसेकी युवती

साँझ, विहान र दिउँसो
शहरका घरका झ्यालहरुबाट
पर्दाको आडमा लुकी-लुकी
युवतीका उदास आँखाहरुले
बाटोमा आउने-जानेलाई नियालिरहेका हुन्छन्
धप्प बलेको आफ्नो यौवन
सम्हाल्न गार्हो मानिरहेकी
झ्यालमा बसेकी युवती
आफ्नो जीवनको ‘हिरो’ खोज्दै हुन्छे
सहसा कुनै युवकले टाउको उठाएर हेरे
गालामा लालीगुराँस फुलाउँदै भित्र पस्छे
(२०४४।८।१८)

धेरै दिनपछि

एक दिन
धेरै दिनपछि
उसलाई मैले भेटेँ
रुनु-न-हाँस्नुको अलमलमा
स्वागतार्थ ऊ उभिएको थियो
उसले हार्दिकतापूर्वक अँगाल्यो
धेरै दिनसम्म
कल्पनै-कल्पनामा भेटिएको म
उसको खुशी भएको थिएँ
मनभरिको अपूर्व हर्ष भएको थिएँ
उसको कल्पनालाई व्यर्थ तुल्याउने
वास्तवमा म विगत् को भग्नावशेष भएको थिएँ

उसले घाम सोध्यो
जून सोध्यो
फूल सोध्यो
कुनै सित पनि मेरो चिनारी थिएन
कुनैलाई पनि मैले अँगाल्न सकेको थिइनँ
यौटैलाई पनि
मेरो आफ्नै हो भनेर
भन्न सकेको थिइनँ
मूक बनेँ म
ऊबाट भाग्न थालेँ म

त्यो को ?
मसित घाम, जून र फूल सोध्ने

अझ वेगले भाग्न थालेँ म
भाग्दा-भाग्दै ठूलो पहाडबाट खसेँ
जहाँ म बिना परिश्रम नै
समयको घोडालाई
पसीनाले ननुहाईकनै पुगेको थिएँ
फूल नफुल्दै कोपिलामै पुगेको थिएँ

फेदिमा अँध्यारो थियो
आँखा उठाई हेर्दा
पहाडको टुप्पाबाट
उही घाम, जून र फूल सोध्नेले
मलाई बोलाउँदै थियो
पहाडको टाकुरामा फेरि पुग्ने
बाटो देखाउँदै थियो
मैले त्यही पहाडको टाकुरामा पुग्नु पर्ने रे
त्यहीँ घाम, जून र फूललाई एकसाथ अँगाल्न पाउने रे
उसले भन्दै थियो
‘हुन्छ आउँछु’-मैले भनेँ
पहाड चढ्न पाइला बढाएँ
यत्तिकैमा निद्राबाट बिउँझिएँ

धेरै दिनपछि
यो कस्तो सपना देखेको !
चकित-चकित भएकोछु
आत्माको पुकार सम्झेर
पहाड चढ्न उत्साहित भएको छु
(२०४९।७।१७)


“कृष्णबहादुर क्षेत्री”
(सेल्फ पोर्ट्रेट)

आफैँलाई नसम्झेर
माया सबैसँग लाउँछन्
पाउँदा वैमनस्य तुरुन्तै
धोका भन्दै मन दु:खाउँछन्
यस्ता छन् कवी क्षेत्री
मन पाकेर फतक्क गलेपछि रुन्छन्
आँसुको श्रृंखलाबद्ध उत्तेजनामा
कलम दरो गरी समाई कविता कोर्छन्

आएसम्म खुरुखुरु हरफका हरफ कोर्छन
एकचोटि पढ्छन्
बढि भएको शब्द कोरेर गायव गर्छन्
अगाडिको पछाडि;पछाडिको अगाडि
मन नबुझेसम्म शब्द हिँडाईरहन्छन्

जीवन भोग्छन् धूवाँ आउँछ
धूवाँले ल्याउँछ आँसु
धूवाँबाट आँसु; आँसुमा कविता
कवितामै रुन्छन्; कवितामै हाँस्छन्
कुरा गर्ने कोही छैन एक्ला छन्
आधारातमा पनि कैलेकाहीँ कवितासँग बात मार्छन्

आजका कवि क्षेत्री
कवि समुदायमा ठेट्ना हुन्
कविता गर्छन् ऐले सिकारु छन्
हेर्नुछ-भोलि के गर्छन्; कस्ता कविता रच्छन् !
(२०४३।११।१०)


मनका कुराहरु

यस्तै छ जीन्दगी
कैले यता ध्वार्र च्यातिन्छ
कैले उता धुर्र उध्रिन्छ
कैल्यै ठिकमा राख्न नसकिने भो जीन्दगी

फर्केर हेर्दा बितेको बाटोलाई
जीन्दगी उस्तै पाउँदा रुने मन हुन्छ
कति लामो बाटो
सबैमा बेफाइदा नै बेफाइदा मिलेछ

आज छ यहाँ एउटा
परित्यक्त मन आफैँबाट
के गरुँ-कसो गरुँ
जीन्दगी छुट्कारा चाहन्छ संसारबाट

कुनै विरहको गीत चढे झैँ
जीन्दगीको आँसु गाएर सकिएन
आँसुले शिथिलता दिँदै गयो
हाँसोको जोश थपिदिने कोही भएन

जीन्दगीको सार्है ठूलो भाग
थाहै नपाईकन उबडखाबडमै पछि परेछ
जीन्दगीको कहालीलाग्दो ठूलो भाग
सुटुक्क रित्तो आङ देखाउन आएछ

आफ्नै जीन्दगी
आफैँलाई पराजीत गर्न तम्सेको छ
जीन्दगीले जित्छ कि मैले जित्छु
आज आफैँसंग युद्ध छेड्नु परेको छ
आफैँबाट असन्तुष्ट आजको मान्छे म
आफैँसंग विरोधको नारा लगाउँदै बाँच्नु परेको छ
(२०४३।११।११)




कविता-यात्रामा
(तीन प्रसंग)

१. उदासीभन्दा माथि केही कोरिँदैन
छेऊ-न-टुप्पो
अप्रसंगका कुरा भन्दा बढी केही भेटिँदैन
रात छ दिन भेटिँदैन
तड्पनको ज्वाला छ
आँखामा दन्किएको देखिँदैन
२. ऊ आउँछे; जान्छे
हेरेर मात्रै जान्छे
केही भन्दिन ऊ
मन नखोल्ने ऊ अनौठो मान्छे
३. त्यो आयो; टुक्रुक्क बस्यो
कैल्यै नभेटेको मान्छे झैँ
टोलाएर एकनासले हेरिरह्यो
मेरो अनुहारमा खै के पायो
जुरुक्क उठेर सरासर आफ्नो बाटो लाग्यो
(२०४३।११।११)


फेरि पनि माया

हेरूँ-हेरुँ लाग्छ
कहाँ गएर हेरुँ ? साथमा तस्वीर छैन
भेटूँ-भेटूँ लाग्छ
कहाँ गएर भेटूँ ? घर थाहा छैन

लाखौँ यात्री आउने-जाने
झलक्क भएथ्यो हेराहेर बाटोमा
नबोलेरै संगसंगै हिँडेका हामी
छुट्टिएथ्यौँ रोपेर माया दुइटै मुटुमा

पर-पर हुँदा
झ्याङ्गिएछ माया
अब त सार्है बिझाउन लाग्यो
भेट नहुँदा भित्रभित्रै छट्पटी चल्न लाग्यो
(२०४३।११।११)


बूढो साथी

पाना-पानामा डुबेर
किताबी ज्ञानले पाकेको
एउटा बूढो साथी छ मेरो
किताबका पानाहरुबाट अनुभव टिपेर
शब्दहरुको बुट्टा जड्दै
आकाश-पाताल एक गरिदिने
अनेकमा एक अनौठो साथी
आफैँ अनुभव नगरी कविता लेख्न्ने

छैन दृष्टि हृदयको टाढा पुग्ने
रित्तो कल्पनाको उडान सिवाय
दन्त्य-कथाको भावभूमि
लचकदार सोफाको आश्चर्य
हो कि; हो कि
केही छ कि; छ कि जस्ता
धमिलो छाप बोकेका
उसका कविताहरु
रंग उडेका भित्ता जस्ता
केही छ कि भन्ने हुट्हुटीमा नै
तृष्णा बोकाएर विश्राम लिन्छन्
भव्य शब्दहरुको आकाश फिँजाएर
पंक्ति-पंक्तिमा अल्मलिएर टुङ्गिन्छन्
मस्तिष्कलाई खोक्रो शान बोकाएर रोकिन्छन्

बिना सहारा एक पाइलो नसार्ने
साथ खोज्ने; तर साथ नदिने
कृतज्ञ भन्ने कि कृतघ्न
अर्काको सहयोगको मूल्य नदेख्न्ने
ओ बूढो साथी !
यथार्थतालाई टिप
जातीय भेदभाव मनबाट फाल
अहम् त्यागेर सबैसंग सहानुभूति राख
हुनुपर्छ यहाँ बाँच्नलाई हृदयको मेल
(२०४३।८।८)


जीन्दगीको गाईजात्रा र काठमाडौं शहर

जीन्दगी महँगो भो हजूर
महँगो भो !
सासै फेर्न पनि गार्हो भो !
नेप्टी, चेप्टी, थेप्ची
PENCIL HILL आँख्लीमैयाँको
PERFUME नाकमा ठोक्किएर
बाटैभरि भाउन्न भो
लौन हजूर ! गजब भो
जताततै POLLUTION देख्न्ने आँखा नै अपहरण भो
यो बाटो नै स्वप्नमा हिँडे जस्तो भो
यो के अचम्म भो !
आहा ! काठमाण्डौं शहर त महानगर भो
जताततै हल्लै-हल्ला भो
चारैतिरबाट हेर्न आउनेहरुको ओईरो भो
काठमाडौंमा मान्छे नै मान्छेको बाढी भो
सास फेर्नै पनि निषेध भो
काठमाडौं अब त हिटलरको ग्याँस च्याम्बर भो

लौन हजूर !
हुनु-नहुनु धेरै भो
जीन्दगी थोत्रो लुगा जस्तो
बीच बाटोमा नै लीलाम भो
EVERIST AIR दुर्घटनामा
प्रियतमको मृत्यु भएको
खबर पाएर मूर्च्छित भएकी
नवविवाहित दूलहीको भर्खरै पुछिएको सिउँदो भो हजूर
सिउँदो भो

हालखबर भन्नुहुन्छ भने-
यहाँ त पानी पनि बियरभन्दा महँगो भो
हात्ती नै खल्तीमा बोकेर SHOPPING गर्न जाँदा पनि
फर्किँदा झोला रित्तो-रित्तो नै भो
साहूजीको जादू भो हजूर
जादू भो
खल्तीको हात्ती पसलमा नै गायब भो

यो के हजूर !
MIDDLE CLASS का साथीहरु बीच
नमस्कारको साटो नि:शब्द उदासीको साटासाट भो
चीया खुवाउने चाहना पनि
महँगीले गर्दा PURSE भित्रै CURFEW भो
चीया नखाईकन होटलमा बस्न लाजै भो
साट्टसुट्ट साहूजीको हाँसो भो
मान्नु हुन्छ हजूर-
सर्वसाधारणले खाने चीया
साँच्चिनै औधी महँगो भो
आफू एक्लै खान पनि लाजै भो
‘चीया नखाने, गर्मी हुन्छ।’ भन्ने
सधैँभरिको वहाना भो
चुरोटको धूवाँमा नै सक्रियताको लामो-लामो बहस भो
महाकवि हुन नपाउँदै बिलाउने
आजको कविको भविश्य भो

किन यति विघ्न SERIOUS हजूर !
हेराइ पनि एकतमासको भो
केही प्रतिक्रिया नै नहुँदा
UNCON SCIOUS को संकेत भो
मलाई त बोल्नै पनि BORE भो
आज यहीँ यसरी आफ्नो त गाईजात्रा भो
वरपर मुस्कानको झल्याकझुलुक् भो
मुस्कानमा पनि ENCONOMISE किन हजूर
कि कतै LOAD SHEDDING को भार भो

ATTENTION PLEASE
कृपया नहाँस्नु होला
आज गाईजात्रा हो।
(२०५०।४।१९)


बाँच्न सिक

पेट डम्म पारेर
शीरलाई उच्च राखेर
हातगोडालाई सक्रिय गरेर
आफ्नो स्वाभिमानलाई जीवित राखेर
बाँच्न सिक
बाँच्नु भन्दा ठूलो केही छैन

भोकले अनिकाल ल्याउन सक्छ
मृत्युको भयावह अनुहार देखाउन सक्छ
सातोपुत्लो उड्न सक्छ
जीवन छिनभरमै धूलोमा मिल्न सक्छ
त्यसैले, पहिले बाँच
बाँच्न सिक

जीवनको गार्हो-साँघुरोमा छिरेर
सफल हुने तरीका सिक
जसरी हुन्छ बाँच्न सिक
बाँचे प्रलय ल्याउन सक्छौ
सुख-शान्ति तान्न सक्छौ
आफू सबैको बन्न सक्छौ
मरिमरि बाँच्ने काँतर
बाँची बँचाउने नै हो ठूलो जाँगर
(२०४३।११।१०)


म किन लेख्छु?

म जीवनको असमानतालाई मेट्न लेख्छु
अरुसंग मागेर नपाईने
आफैँबाट सहानुभूति पाउन लेख्छु

मनबाट अन्यौलको कुइरो हटाउन
आँखाबाट भ्रमको कालो पत्र पन्छाउन
पुरस्कारको मोह न स्यावासीको तृष्णा
म लेख्छु केवल मान्छेको भेदभाव कुल्चन

हो, म लेख्छु
देखेर ती उदास अनुहारहरुलाई
ती विरक्तिएका आँखाहरुलाई
सुनेर ती दिर्घ चित्कारहरुलाई

यौटा जग नौलो संसारको
प्रेममय संसार बनाउन
म लेख्छु
आफ्नो हृदय तिम्रोसंग मिलाउन
(२०४३।११।१०)


................. मात्र तिमीलाई

रोकेको मैले कहाँ हो र
तिमीलाई लेख्न्न कलम
ईशारा तिम्रो बुझ्दै बुझिनँ
तड्पिरहेछु नभेटेर मलम

बाटोभरि पछ्याईरहेँ
मीठो मुस्कान आएन
तिमीलाई भनी बोलाईरहेँ
कुनै जवाफ आएन

स्वागत छ
दिललाई फुकाउँदै जाऊ
तर बन्द गर्ने नसोच
मन मेरो चुम्दछ
शुभकामना दिँदै जाऊ
तर श्रृंखला नभाँच
सम्झना ताजै छ
तिमी पनि साँच्दै जाऊ
तर विरही आँसुले दिललाई नघोच

सम्झी मलाई
एकान्तमा रुने नगर
म त तिम्रो नजीकै छु
इच्छा भए भेट्ने गर

हाँसो मेरो जम्मै तिम्रा ओँठहरुमा
नाचिरहोस् आँखा जोडीमा प्रीति
दिललाई छुने मान्छेकै कोमल दिल हुन्छ
मेरो दिल रहनेछ तिम्रै निम्ति
(२०४४।६।६)


त्यो दिन र तिम्रो सम्झनामा

कैयौँ दिनहरु आए
र नयाँ बनेर पुराना भईसके
हिजो-अस्तिका हाँसो खुशी पनि
अब त बिरानो भएर अतीतमा कता-कता हराईसके

निरन्तर आउने र जाने दिनहरुसंग
एकै पल भुलुक्क उम्ली अल्पिने हाँसोसंग
अहिले केही भन्नु छैन मलाई
ती त सबै मैले बिर्सिसकेको छु
हूलमूलमा देखिएकी कुनै युवतीको अनुहार जस्तै बिर्सिसकेको छु

केवल धेरै अगाडिको एक दिन
मसंग अझै जीवित छ
म सास फेरिरहेछु
त्यसैले त्यो पनि मभित्र बाँचिरहेछ
त्यो दिन-
सुटुक्क आफ्नो हृदयलाई तिमीले
पोष्टकार्डको रिक्त भागमा राखेर
मलाई शुभकामना दिएकी थियौ
मंगल अनि विश्वासका शब्दहरुमा
मेरो बढ्दो उत्साहलाई तिमीले
माथि-माथि उठाएकी थियौ
त्यस बर्ष –
वर्षभरि नै मैले
आफूलाई नयाँ-नयाँ काममा लगाएको थिएँ
तिम्रो हौसलामा धेरै दिन
सफलतासँग अँगालो मारेको थिएँ

म त्यस बेलासम्म कवि थिईनँ
तिमीले नै मलाई कवि बनायौ
तिमीले नै मलाई कविता कोर्ने बनायौ

तिम्रो सल्लाह मान्दै अचेल
दु:ख, पीर, बाधासंग जुधेर
म जीवनको समाधान निकाल्न खोज्दैछु
समाधान भने अझै निक्लेको छैन
त्यो दिनदेखि सम्हालेर आफैँसंग राखेको
तिम्रो त्यो पोष्टकार्डमा
एउटा चित्र पनि छ-
काँडाहरुको बीचमा गुलाफ हाँसिरहेको
तिमीलाई थाहा नहोला
म पनि अचेल त्यही स्थितिमा छु
मान्छे सधैँ एक्लो हुन्छ
भन्ने सोच्दै एक्लै-एक्लै बाँचिरहेछु
त्यो दिन र तिम्रो सम्झना अझै हराएको छैन
कहिलेकाहीँ एकान्तमा त्यसैसंग बात मार्छु
आजको दिन पनि
त्यो दिन र तिम्रै सम्झनामा बिताउँदैछु
(२०४४।८।१७)


सहानुभूति

(क) मेरो आँसुमा रुने
ए आँखा !
मलाई तिम्रो सहानुभूति
हिउँदको घाम जस्तै प्यारो लाग्छ

(ख) मेरो चोटमा छटपटाउने
ए हृदय !
मलाई तिम्रो सहानुभूति
छातीभित्र लुकाई राखूँ जस्तो लाग्छ

(ग) मेरो कोमलतामा बिझाउने
ए काँडा !
मलाई तिम्रो सहानुभूति
रुमाल बनाएर खल्तीमा राखूँ जस्तो लाग्छ

(घ) मेरो शब्दमा हाँस्ने
ए ओँठ !
मलाई तिम्रो सहानुभूति
तीर्खा बनाएर बोक्न मन लाग्छ

(ङ) मेरो कवितामा नाच्ने
ए अनुहार !
मलाई तिम्रो सहानुभूति
जीवनभर आँखामा राखूँ जस्तो लाग्छ
(च) मेरो कानमा गुञ्जिन आउने
ए आवाज !
मलाई तिम्रो सहानुभूति
निद्राको तकियाभरि भरेर राख्न्न मन लाग्छ
(छ) मेरो हाँसोमा रिसाउने
ए खुशी !
मलाई तिम्रो सहानुभूति
आँखाको आकाशभरि बुनेर राखूँ जस्तो लाग्छ
(२०४३।७।२९)


अचम्मको माया

लर्तरो होइन मेरो माया
बिछोडसंगै ठुस्की जाने
दिलले दिएको दिलको माया
सम्झिँदा सम्झिरहूँ लाग्ने

-भनेर तिनीले दिएको
सौगात त्यो हृदयको माया
सम्झिँदै लाग्छ समाईहालूँ
टिपेर आँखाले लुकाऊँ मुटुमा माया

यो माया
अचम्मको माया !
अरुले पाएको भन्दा बेग्लै
लाग्यो मैले पाएको माया

जप-जप सधैँ माया जप
माया भन्दा ठूलो के छ यहाँ तप
आफ्नो मायाको भेद नखोल
सुटुक्क धर्तीभरि माया रोप

माया कोमल फूल हो
काँडा नभएको तर पनि बिझाउन सक्छ
मुटु मानवता-प्रेमको थाली हो
विश्व यसैमा सुवास चले रम्छ
(२०४३।११।१०)


त्यो दिन फर्केर फेरि आएन


अश्रुपूरित यी आँखाहरु पुछिदिने जीवनमा एउटै पनि हात भएन
त्यो दिन फर्केर फेरि आएन

तिमीलाई भेट्दा अँध्यारो जीवनमा घाम लागेको थियो
जून पनि दिउँसै आँखामा उदाएको थियो
मैले हेर्नु पर्ने हरियाली नै अब बाँकी रहेन
त्यो दिन फर्केर फेरि आएन

नभेटेको भए तिमीलाई मेरो मनको खोज रहिरहन्थ्यो
तिमीलाई कहाँ भेटूँ भइरहन्थ्यो
थाहै नदिई तिमी आयौ; फर्कियौ लगत्तै दिएर सपनाको चैन
त्यो दिन फर्केर फेरि आएन

पहिलो भेट त्यो सधैँको चाहना बनी मनमा रहिरह्यो
हजार खुशीहरु अरुका मेरा आँखामा उदासी बनी छाईरह्यो
तिम्रो एकै पलको दर्शन जीवनभरलाई सहारा भएन
त्यो दिन फर्केर फेरि आएन
(२०४४।८।२४)



मेरो सम्भावनाहरुले आत्महत्या गरे

आफ्नो घरबाट निस्केर
गल्लीको अँध्यारोबाट जोग्गिँदै-जोग्गिँदै
जुन घुम्तीबाट मानिसहरुको भीडमा उनी देखिन्छन्
अहिले म त्यही घुम्तीको पूर्वपट्टि
सडकको पेटीमा उभिएको छु
तीखो दृष्टि लगाएर अगाडि
उनीलाई पर्खिरहेछु
मलाई विश्वास छ
उनी पक्कै पनि आउँछिन्
र त्यही घुम्तीबाट सधैँ कार्यालय धाउँछिन्

आउँछिन् ! आउँछिन् ! भन्दा-भन्दै
उनी त ए ! साँच्चिनै आइनन्
बरु आयो
मेरा सम्भावनाहरुले भर्खरै
रानीपोखरीमा डुबेर आत्महत्या गरेको खबर
घण्टाघरको बूढो स्वरमा
किन कि घण्टाघरले यसबेला
उनी देखा पर्ने समयमा पनि आधा घण्टा थपेर
बिहानको १० बजाईसकेको छ !
(२०४४।८।१४)


केही तिम्रा: केही मेरा

ऐना हेरेर
आफ्नो बैँसालु गालामा
हातका औँलाको हलुका स्पर्श दिएर
थप्थपाउने; सुम्सुम्याउने बानी
सुन्दरताको हो बल्दो जवानी

भुक्क परेको गालामा
लाली चढेछ
मन फुलेर कल्पनाभरि ढकमक्क
मायाको वायुयानमा उडेछ

ऐनामा देख्दा आफैँलाई
शर्माएर मुस्कायौ किन ?
मुटुभरि माया सल्बलाए
दुई हत्केलामा मुख लुकायौ किन ?

आफ्नै आँखामा हराउने मन हुन्छ
ऐना हेर्दा
हिजोको दिन खोज्ने उत्साह हुन्छ
फर्की-फर्की हेरेको बटो हिँड्दा

कति नजाऊँ भन्छु
त्यो बाटो अब कैल्यै
हिँडने गोडाभन्दा हिँडाउने मन बलियो
पाईला बढ्छ त्यतैतिर पैल्यै

एउटी सुन्दरी
एउटी स्वर्गकी परी !
के भनूँ तिमीलाई बढी
सम्पूर्णमा तिमी स्नेहकी छहारी !

बसिरहेकी छौ एकान्तमा
साथी बनाई ऐनालाई
सपना तिम्रो विपना जस्तै राम्रो
रमाईरहू सपनामै सन्तुष्टि छ भने तिमीलाई

भ्रममा छौ तिमी
लाएर म कैल्यै भन्दिनँ
लाएर प्रीत मसंग
वाचा गर म कैल्यै भन्दिनँ

आँखामा कोही आएर बस्यो
आँखाको सलाम लिएर हाँस्यो
ईन्द्रेणी सपनामा वासन्ती सुवास
दिलको माया नाचेर आफ्नै आँखामा हाँस्यो
(२०४३।११।९)


कस्तो हुन्थ्यो होला !

(पहिलो भाग)
आँसु जमेर हिउँभन्दा चिसो भएको-
मनलाई
स्नेहको न्यानो तपाएर
बाँच्ने उत्साह घरिघरि जगाईदिने
मुमाको मुखमा व्याप्त
खिन्नता मेटाउन पाए
कस्तो हुन्थ्यो होला !
छोरा बन्नुको सार्थकता पाईन्थ्यो होला
(दोश्रो भाग)
काँधमा काँध मिलाएर
सधैँ साथ दिने
अप्ठ्यारो परेको बेलामा
दरिला हातले हैँसेको बल दिने;
पूर्णिमाको जूनको निर्मलतामा
हृदयलाई राखेर
न्यानो स्वागत गर्ने;
साथीको अगाडि सम्पूर्ण
आफ्नो निम्नस्तर खोलेर
सधैँ लागिरहने किरिकिरिको
जरा उखेल्न पाए
कस्तो हुन्थ्यो होला !
एकै दिनमा हजार वर्ष
बाँचेको खुशी पाइन्थ्यो होला
(तेश्रो भाग)
मनभरि मायाको तृप्ती भरिरहने
ती राम्रो हृदय भएकी
केटीको सम्झनाले
मेरो उराठ एकान्तलाई
रमाइलो पारिरहन्छ
जीवनको जटिलतालाई
सरलतामा साटिरहन्छ
त्यसैले सोच्दछु-
तिनको मायाको साटोमा
मुटु पगालेर घुरुधुरु रुन पाए
कस्तो हुन्थ्यो होला !
त्यतिनै खेर तिनले
आफूले ओडिराखेको सेतो घरेलु पछ्यौराले
मेरो आँसु पुछिदिए
कस्तो हुन्थ्यो होला !
रुवाई बन्द भएपछि
मेरो शीरलाई काखमा राखी
आफ्ना कोमल हातहरु
सुस्तरी कपालमा चलाउँदै
मायाले सुम्सुम्याइदिए
कस्तो हुन्थ्यो होला !
मान्छेभित्र मायाले अमरत्व पाउँथ्यो होला
विश्वासको वास्तविक अनुहार देखिन्थ्यो होला
जीवनको एक्लोपन नै मेटिन्थ्यो होला


र(चौथो भाग)
छोराको भविष्यका सुन्दर सपनाहरु
सोच्दा-सोच्दा
साकार पार्ने कुनै
उपाय केही नभेटेर
आजित भएका थुप्रै बाहरुको हूलमा
मेरा बा पनि स-गर्व उभिनु भएको छ
मेरा वृद्ध बा !
आज-भोलि किन-किन निकै गम्भिर हुनु भएको छ
थुप्रै मान्छेहरुको उपस्थितिमा पनि
भारी एकान्त अनुभव गर्न थाल्नु भएको छ
डेराको कुच्रूक्क परेको कोठाको झ्यालबाट
एकतमासले बाहिर हेरेर टोलाइरहनु हुन्छ
के हेरिरहनु भएको होला भनी
आफ्ना आँखालाई म
बाको दृष्टि अल्झेको
ठाउँमा लगेर उभ्याउँछु
त्यहाँ त गगनचुम्बी घरहरु देखिन्छन्
कहालिन्छु र
आफ्नै सीमित परिवेशमा फर्किन्छु
बुबा त मलाई आफ्नो गम्भिरताको रहस्य
झ्याल बाहिरै बताएर
झ्याल माथिको भित्तामा झुण्डिरहेको
मेरो बाल्यकालको बाटुलो गोरो अनुहार भएको
तस्वीर पो हेरिरहनु भएको रहेछ
लाग्छ-
मेरो बा त्यस बेलाको मलाई हेरेर
सोचेको सपनाको निरर्थकता माथि
खिस्सि उडाईरहनु भएको छ
र केही गर्न नसक्ने आफ्नो दुर्बलतालाई सम्झेर
हाँसिरहनु भएको छ
सबै सपनाहरु मेरा बाका
पूरा गरिदिन पाए
संसारका जम्मै खुशीहरु ल्याएर
बाका गोडामा राखिदिन पाए
त्यत्ति पनि नसके
सम्मानपूर्वक आफ्नो खुट्टामा उभिएर
बाँचिदिन पाए
कस्तो हुन्थ्यो होला !
६० वर्षीय बाको बैँस फर्केर आउँथ्यो होला
थाकेका हाडहरुमा नयाँ शक्ति पलाउँथ्यो होला
उहाँ गाउँदै नाच्न थाल्नु हुन्थ्यो होला
(२०४४।९।२१)


विगतको नाममा वर्तमान एउटा सम्झौता-पत्र

तिमीले मलाई
मैले तिमीलाई
सधैँभरिको लागि
आफ्नो बनाउन सकेनौँ त
के भयो !
यत्तिकैमा प्रेमको
शाश्वतता सकिने रहेनछ
मानवीय स्थिर प्रवृत्ति भन्छु म त
यसलाई तिमी मेरो स्वार्थीपन भन्छौ भने पनि
नामर्द र धोकेबाज ठान्छौ भने पनि
तिमीले पनि प्रेमको नौलो रंगीन संसार भेट्ने छौ
किन कि सम्भावनाहरु भनेको जीवनमा कहिल्यै मर्दैनन्
कहिल्यै सकिँदैनन्
त्यही सम्भावनाको आश्रयमा तिमी पनि बाँचिरहेकी छौ
म पनि
तिमीसंगको सुखद् सामीप्य
जुन दु:खद् रुपमा टुंगियो
त्यसैको पीडाबोधमा छट्पटाउँदा-छट्पटाउँदै
अलिकति साहस समेटेर
हार्दिक उत्साहमा उठेर
प्रेमको नयाँ क्षितिज उघारेर
एउटा छुट्टै परिपक्व अनुभूतिमा बाँच्ने सिलसिलामा लागेको छु
किन कि तिमी बाहेक पनि
तिमी नहुँदा पनि
म अरु कसैलाई आफ्नो मान्न सक्छु
अरु कसैले मलाई आफ्नो बनाउन सक्छ
किन कि म प्रेम नगरी बाँच्नै सक्दिनँ
अरु कसैलाई आफ्नो नमानी बाँच्नै सक्दिनँ
म सधैँ प्रेम गर्न सक्छु
र संसार स्वयम् नै प्रेममय छ
मात्र यति बुझ्नु परेको छ अब हामी दुबैले-
मलाई सम्झेर तिमीले विलाप गर्नु
र तिमीलाई सम्झेर मैले बिलौना गर्नु
हामी दुबैको मूर्खता हुनेछ
र मूर्खतामा सम्भावनाहरु मर्छन्
र आत्मबललाई कमजोर पार्छन्
आत्मबल कमजोर हुनु भनेको
आफूभित्रको दिव्यज्योतिलाई
आफैँ कुइरो भएर छेक्नु
र आफैँलाई हराइरहनु
अनि संसारलाई वितृष्णामा भेट्नु हो ।
(२०५०।९।२८)


तिमीले बिर्सेको साँच्चै हो त !

त्यताको यता
यताको त्यता
धेरै दिन भो
चिठ्ठी नआएको; नपठाएको

किन-हो-किन
तिमीले नलेख्दा
तिम्रो सञ्चो-विसञ्चो पनि
थाहा पाउन सकेको छैनँ
एक शब्द- “सम्झना” मा पनि
आत्मीयता पठाउन सकेको छैनँ
यसरी नै तिमीलाई सम्झँदैमा-
धेरै रात राम्ररी निदाउन पाएको छैनँ

हाम्रो विगतमा –
तिमी र म युगल गायक थियौं
समयलाई दोहोरी बनाएर गाउँथ्यौं
कहिलेकाहीँ टाढा हुनु पर्दा
आ-आफ्ना मनका कुराहरु लेखी पठाउँथ्यौं
मनका कुराहरु लेख्ने क्रममा
एक पटक-
तिमीले आफूलाई ‘पगली’ भनेकी थियौ
मैले भने धेरै पटक
आफूलाई चिन्तित मानेको थिएँ

आज भने
अचम्म लाग्छ
हामीले आपसको चिनारीलाई; मित्रतालाई
कसरी अपरिचयमा बदल्न सक्यौँ !
मलाई आक्कल-झुक्कल
एक्लै हुँदा कहाली लाग्छ

तिमीले बिर्सेको
साँच्चै हो त !
हो भने मलाई
किन सताईरहन्छ त अतीत ?

तिमीले कहिल्यै
अतीतलाई उग्राएर हेरेकी छौ ?
छैनौ भने अब थाल
शान्त मनले
दिने छ तब शान्ति
तिमीलाई अतीतले

आफ्नो विगतलाई उग्राउँदा
मलाई सम्झन पुगौली
तर दोहोर्याई दोहोर्याईकन
सम्झना भने नगरेको राम्रो
नत्र भने स्मृतिमा तिम्रो
अजङ्गको ख्याक म भइदिन सक्छु
पिटिक्कै भाँचिन सक्ने
तिम्रो कमलो हृदयमा
नङ्ग्रा भएका औँलाले
अनेकौँ चोटि चिथोर्न सक्छु
लाखौँ घाउ लगाउन सक्छु
त्यसैले, बिन्ति छ-
मलाई सम्झने गल्ती नगर्नू
जीवनको त्यो अध्यायलाई
सक्छौ भने आफैँबाट लुकाउनू
हूरीको पत्कर
मलाई मान्नू
जो उड्दा-उड्दै तिम्रो
गालामा छुन पुगेथ्यो
अब यो संसारमा
छँदै छैन भन्ने ठान्नू
(२०४४।१०।१६)


भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु

सरक्क मेटेर
बोझिला दिनहरुको सम्झनालाई
बिस्तारै बटुलेर
असरल्ल परेको जाँगरलाई
हठात् निकालेर
अन्धकारमा चुर्लुम्म डुबेको जीवनलाई
स्फूर्ति-गंगामा पसेर
साहसका अमिट-छापमा झरिझुट्ट सजाएर पाखुरालाई
भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु ।

बेला लामो बित्यो
अलपत्र परेर प्रवासमा
फूर्तिलो यौवन ढल्यो
पराइको खुशामद गर्दैमा
कसले सुन्यो ?
दीर्घ सुस्केरा मेरो निश्वासमा
कसले देख्यो ?
उदासी गाढा यो युवा वयमा

भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदैछु ।

त्यसै पनि थकित हातगोडा
एक्लै-एक्लै आफैँमा चिन्तित मन
त्यतै कतै रद्दि-टोकरीमा छोडेर
विदेशको भूलभूलैयामा चटक्क बिर्सेर
आफ्नै माटोलाई सिँच्न आउँदै छु
भाउजू, म तपाईंको स्नेहको छहारीमा आउँदै छु ।

प्रत्येक भेटमा-
साँझको गलित फुर्सदमा
आ-आफ्नो दु:ख बिर्सन
हामीले उग्राएका
पुराना मीठा तर छोटो सम्झनाहरु
अब त दोहोर्याउन हुन्न
त्यसमा क्रमश: तह-तह मिलाएर
मिलेर सुखका दिनहरु राख्दै जानुपर्छ
किन कि रहस्यको कुइरो हटाएर
यी दिनहरुमा एक-अर्कालाई हामीले
ज्यादै नजीकबाट चिनिसकेका छौं
परस्परको आँसुको तातोलाई पनि
मुटुको स्पन्दनले बुझिसकेका छौं
त्यसैले-
बाँड्न हाँसोका गीतहरु
ल्याउन प्रगतिका प्रभातहरु
हटाउन काला रातहरु
लेख्न्न जीवनका जीतहरु
अनि,
थप्दै आपसी मेलमिलापका कडीहरु
हाम्रो समस्त जीवनलाई नयाँ गति दिन
म हौसला लिएर आउँदै छु
संसारलाई चकित पार्न
म संघर्ष लिएर आउँदैछु
हाम्रो सफलताको शंखघोष गर्न
अटूट गतिशीलताका निम्ति उठेका
दृढ पाइला बढाउँदै
म सचेत भएर आउँदै छु
भाउजू, म तपाईंको स्नेहको छहारीमा आउँदै छु ।
(२०४५।२।५)


साथी २०५० प्रति

तिमी जब आयौ
ममा पुन: वहार आयो
तिमीलाई साधुवाद छ
हार्दिक नमस्कार छ
शब्दै-शब्दको पुरस्कार छ
सधैँभरि न्यानो अँगालो छ
(२०५०।९।२८)


यो दिल कसैको यादमा रोयो

कल्पनाले मलाई छोयो
यो दिल कसैको यादमा रोयो

एकलास बाटोमा बढिरहेछु
भएर एक्लै डराईरहेछु
शून्यता व्याप्त छ भयंकर
साथी, एक अकेला म रईरहेछु

छातीभित्र जलिरहेछ मुटु
सास उड्ने दिन पर्खिरहेछु
कैलेकाहीँ झझल्को बनी तिमी सुम्सुम्याईदिन्छ्यौ
आयौ कि तिमी भनी जलनमा हाँस्छु

दिलले चाहेछु क्यारे तिमीलाई मैले
खोजिरहेछु लक्ष्यविहिन भएर ऐले
तिमी आए दिलमा घर बनाउँला
नआए उजाड भई प्रेमको गीत गाईरहूँला
(२०४३।६।२४)


म फेरि जन्मेर आउँला

मुखमा हाँसो बोकेर उज्यालो
म गाउँदै आउँला कविता खुशीको
उत्साहको कुचोले भई आशावादी
म बढारुँला कसिङ्गर बाटोको

असफलताहरु जति आउँछन् छेक्न भनी
उर्लँदो मेरो प्रगति-बाढी
म सफलता उति धेरै थपूँला
निराशाको भाव दिलमा बस्न नदिई

अन्धकार विनाशी भई सूर्य लाखौं
म ज्योति सबमा छरुँला
पर्खेर बस्नू यही फूलबारीमा
म फेरि जन्मेर आउँला
(२०४३।२।२५)





कल्पना भित्रको संसारमा हराएर तिम्रो
तस्बिर कोरेको थिए। राती अन्धेरोमा
भएपनी मधुर प्रकाशमा तिमीलाई कल्पेको
थिए। निस्च्ल अनी निर्धोस् तिम्रो अनुहारको
चमकले अगाडि सबै उज्यालो भएझै देखिन्थियो।
तिम्रो तस्बिर सँग मेरो प्रेम भएछ ।
दिनहु भेट भए जस्तो लग्थियो ,
परदेशको मौन्तामा । कल्पना नै कल्पना --------------?



यस्तै रहेछ मान्छेको जिन्दगी, कहिले हाँसो कहिले आँशु,
कहिले मिलन कहिले विछोड, कहिले सुख कहिले दुख।
कहिले समयले मान्छेको जिन्दगी लाई डोर्याउछन् त
कहिले समयलाई मान्छेको जिन्दगीले डोर्याउछन्।
यसरीनै समयको चक्रव्युहमा मान्छेको जिन्दगी घुमिरहेको हुन्छ
। यसलाई न कसैले रोकेर रोक्न सकिन्छ न कसैले छेकेर छेक्न सकिन्छ।

खुशी अनी उल्लासमा झुल्दैछु आज म,
तस्वीरआ लि ई हातमा चुम्दैछु आज म ।
कालन्तर पछि आगमनअ छ कसैको,
दर्शनआ पाउने आशाइमा खुल्दैछु आज म ।
भावना र कल्पनाको अपूर्ण --------‘



नसोध तिमी कहिल्यै
कति माया गर्छौ भनेर
नगर्नु शंका कहिल्यै
कताइ वीरसियौ की भनेर
यी धरती र आकाशअ साक्षी छन
मा तिम्रै हु भनेर
मेरो यो दिलामा चियाएर हेर
जहाँ तिमी बाहेक अरु नै छना की भनेर

यी अखाहरुलाई नियालेर हेर
त्यहाँ तिम्रो तस्बियरअ देखाने छौ
मेरो मुटुको हरेक धडा ?कनहरुलाई सुना
त्यहाँ तिम्रो नामको पुकार सुन्ने छौ
मेरा हरेक सांशहरउलाई महसुश गर
त्यहाँ तिम्रो शुभआशा चारइएको पाउने छौ
मेरा हरेक पैलाहरुलाई पक्षउदै हेर
गन्तब्य तिमी स्व्यमलाईइ पाउने छौ ?

तिमीले भुलेका कथा

तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ
बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।

केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउँथ्यौ,
जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरेँ ।

न पर्खिएँ मैले न तिमीले थोरै समय दियौ,
बाँकी के नै अब छ र मोह सारा सल्काई हेरेँ ।

धारिला तिनै आँखाबाट दियौ जेजे पिएँ सबै,
पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरेँ ।

गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो,
मरिसकेँ कि थाहा पाउन आफैलाई हल्लाई हेरेँ ।








मलाई जस्तै तिम्लाई पनि मुटु दुखी राको होला ।
यो रातभरी बिछौनामा जलन सधै छाको होला ।
चार्डपर्व दशैं तिहार घर गाउँमा र्छाई दिदाँ सगै साथ
बसी मनाउँदाको झझल्को आको होला । बाटो भरी
हिडीराका पर्राईहरुको जोडी देख्दाँ तिम्लाई पनि सगैं
माईत हिड्न मन लाको होला । फुलपातीमा मार हानी
घरमा बोका ढाल्दा खेरी छोरा च्यापी मलाई सम्झी त्यो
मासुभात खाको होला । यो यौवनको रापले पोली, दिनरात
जलाउँदा मेरो प्राण ! प्रदेशबाट कैले आउँछ भाको होला ।



कठोर मुटु, पत्थर मुर्ति, न भगवान न अल्हामा छु ,
जित्न हिंडेको संसार म, आमा तिम्रै आशिषमा छु ।।
मेरी प्यारी सान्नानीलाई, पिर नमानी बस्न भन्नु,
सुखका ती दिन साथै, लिई आउने कोशिसमा छु ।
न्यास्रो लाए आँगनीमा, निस्कीएर हेर्नुस् आमा,
गोधुली की क्षितिज पारी, त्यतैं कतै झिसमिसमा छु ।
बुढ्यौलीमा तिम्रा पनि, आँखा कमजोर भए होलान्,
नियालेर हेर्नुस् फोटो, साथी-भाईकैं छिसमिसमा छु
सुखमा साथ थिएँ
सुखमा साथ थिएँ,
टाढा भएँ पीरमा ।
ग्लानी हुन्छ आफैलाई,
गुहार दिन नसक्दा ।
घरी घरी ब्युँझन्छु,
निदबाट राति ।
जसै तिम्रो याद आउँछ,
चस्कन्छ यो छाती ।
रमिते बनि हेर्नु पर्यो,
तिम्रो चोटलाई ।
दुखमा साथ दिन सकिन,
धिक्कार्छु आफैलाई ।

भतभती चहर्याउँछ,
पश्चातापको घाउ ।
हालतले बाँधी दियो,
मेरो हात पाउ ।
लाचार बनि हेर्नु पर्यो,
तिम्रो आँशुलाई ।
दुख
भाग्यचक्र
म भाग्यको कुरा गर्न खोजिरहेछु
मानै हराइरहेको विश्व
ससाना गल्लीहरु
सन्सारबाट पर हटेर
आशाको विषयान्तरमा
हैकम जमाइरहेछन् ।

मेरा पागल सन्यासी आँखाहरु
मेरा सपनालाई पर लखेट्न खोज्दै छन्
मेरो ऐना प्रतिविम्बलाई बेलाबेलामा
झुक्क्याएर लुक्न खो

भाग्यचक्र
म भाग्यको कुरा गर्न खोजिरहेछु
मानै हराइरहेको विश्व
ससाना गल्लीहरु
सन्सारबाट पर हटेर
आशाको विषयान्तरमा
हैकम जमाइरहेछन् ।
तिमी हिड्ने वाटो भरी फूलै फूलको वोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो

एउटै विचार मन लिई हिडिरहन्थ्यौ हामी
त्यही बाटो छुटिट्एर उता गयौ तिमी
तिमी हिड्ने गोरेटोमा वर पीपल को बोट भयो
विझाउने काडा मलाई निको नहुने चो ट भयो

हाते मालो गरी गरी खोला खोल्छी तर्यौ
सम्झना भई त्यही मा

सुक्क-सुक्क तिमी रोएको हेर्न पाउँ मैले
आँशुबाट प्रितहरु चोर्न पाउँ मैले ।

अँधेरी रातहरु तिम्रो साथमा हुँदा
पूर्णिमाकी जुन तिमीलाई हर्न पाउँ मैले ।

प्रेमको जुवा खेली तिम्रो ऋणी हुँदा
जिन्दगीभर कर्जा तिम्रो तिर्न पाउँ मैले ।
जिस्किएर ठग्दा कैले तिमी रिसमा पर्दा
झुक्याएर रिसको गजल कोर्न पाउँ मैले ।

सिरानी यो हातको लगाइ मेरो साथमा सुत्दा
आनन्दले दे
 धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु

राम राम भन्ने हराम भए रे

कस्तो जाली रहिछ्यौ
झरेको फूलमा हात हालें
पवित्र थियो पक्कै भनी
सोन्दर्यको लेपन रहेछ मात्र
सडेको त्यहां थिइन भनी

कस्तो तिमी जाली रहिछ्यौ
अग्नि परीक्षा हो कि मेरो
प्रण गर्छु मेरो उदारतालाई
कस्तो आंशु झर्ला मेरो

कस्तो थियो मेरो दिल
तिमीले खै बुझ्न सक्यौ
कस्तो थियो मेरो माया
तिमीले कति लिन सक्यौ

दीर्घायू होस त्रि्रो
मेरो अन्त्य अवश्य देख्नु
अर्को जु
कसैलाइ बाध्य पनि होइन नाही पनि भनिन ।
जे भन्यौ त्यो नै माने धोका पनि दिन जानिन ।।
कसैले माया गछौ भन्दा गदिर्न पनि भनिन ।
कसैलाइ मलाइ माया गर भनि कर पनि गरीन ।
के गरू होइन दोश गल्ति कसैको पनि ।
तर महिले पनि गरेको होइन जानि जानि।।
त्यस बेला म बाध्यतामा परे प्रेम पनि गरे ।
के गरू म पनि नचिताएको बाटो मा आफै भरे।।
निष्ठूरीको पनि मनै हो । गइ धोका दिएर मलाइ ।
माया दिन नसक्नेले किन सपना देखाइ खै ।।
दलित माथी गरीब म थिएन मेरो बोल्ने कोही ।
कुनै गल्ति नभइ रूदै बस्नु पर्छ किन मलाइ ।।




हरियाली बसन्त सग किन रमाउनुर ?
यदी उजाड मरु-भुमी मा हराउनुछ भने !
अतित का पल हरु किन सम्झनुर ?
यदी तिरस्कार याद ले सताउछ भने !!
आशा को दीयो ब्यर्थै किन बाल्नुर ?
यदी निराशा को घुम्टो ओड्नुछ भने !!!
किन आफन्त सम्झी माया दीनुर ?
यदी जिबन भर धोका खानु पर्छ भने !!!!:-""



म सृष्टि हुँ सम्भावनाको
सृजनाका आँख्लाहरूमा चाँबी पड्काएर
उन्मेषका मुनाहरू नभाँच
आदिम आकांक्षाको पुलमाथि चढेर
नसम्झ हामीलाई रोमका दासहरू
मैले प्रस्टै भनिदिएको छु
अब सप्रिन्न वनमारा बगैंचामा
र झुक्दैनन् फूलहरू फक्रन बगैंचामा



नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा

म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

सागर बोहरा

उज्यालो मुहारको
उज्यालोका हारहरू
उनेर मनको इन्द्रेणीमाला

उज्यालो तिम्रो सुन्दर रूपको
छङ्छङ् बग्ने झरनाबाट
गुलाफ झरेको हुन्छु ।

आफ्नाहरूको भीडबाट भीर खसेको
म सुदूर नियति
एक्लै डुबेर एक्लै उत्रने
एक्लै पकाएर एक्लै पस्कने
तीखा र भोकको, पीर र व्यथाको
आफ्नोपन हराएको
नितान्त एकलकाँटे गुलाफको बोट
खोज्न अनुरोध गरिरहेछु
मैले गुमाएको प्रेमिल गुलाफको देश ।

यो शताब्दीको अन्तिम रात
सम्झनाहरूको नदी बग्दै
म कल्पनाको सुन्दर गुलाफ बगैँचामा
तिम्रो र मेरो प्रथम भेट कल्पिरहेछु

शायद मेरो वर्तमान
कथित भेट र प्रेमप्रारम्भबीच
औषत आयु मापनपर्व खोसिएको मेरो समय
खसेको मेरो मनको प्रेमिल सम्बेदना बाँचिरहेछ
किनार लागेका सौर्न्दर्य प्रेमी
बैँश र उल्लासले मातेका यौवना नियत
खोज्दै मेरो प्रिय समय
र शताब्दी कै अन्तिम रात
कहाली लाग्दो भूत बोक्दै
ए मेरो बर्तमान !!?
म तिमीलाई गर्भाधान गर्दैछु !!?

बसन्तको प्रथम वषर्ापछि
मेरो प्रिय जमिनबाट उठेको
धूवाँझैँ प्रिय लाग्छ
आइन्स्टाइन छोरा र क्यूरी छोरी जन्माउने
तिम्रो शताब्दीअनुकुल प्रस्ताव

मेरो युगान्तकारी शताब्दीको
अन्तिम रात
तिम्रो जन्मदिनको अन्तिम साक्षी
बिहान हुनुपूर्व
तिम्रो विचार र चेतनाको क्षितिजबाट
मीठो धून बनिरहेछ बादल
कर्णप्रिय विम्बको कोलाज
भावनाको क्यानभासमा कैद मनपराइरहेछ
तिमीलाई मनपर्ने शब्द पोट्रेट
मलाई छोएर भागेका
सुदूर सपना फर्किरहेछन्
पुनः शब्दचेतनामा उनिएर
तिम्रो प्रेमको स्पर्स विम्बको उन्मुक्त उडान
यात्रामय जीवनको अविस्मरणीय संविधान
अतिरमणीय, मेरो शताब्दी
तिम्रो जन्मदिनमा गुलाफ चढाइरहेछ
शुभयात्रा धुन बजाइरहेछ ।

मुसु मुसु हाँसी दिन्य्थौ
देउराली अनि चौतारीमा भेट्दा
पहिलो भेटको मुस्कान
अझै अमर छ
सपनी अनि बिपनीले
सोधिरहन्छ ...... खोजिरहन्छ ......
पागल झै भए
धेरै वर्ष तिमी नआउँदा
स्वर्ग जस्तो मेरो बस्ती
उराठ उराठ लाग्छ
दिन दिन भरी सगै गएको गीत
जन्म जन्मको प्रित झुटो झै भा छ
सँगै जिउने सँगै मर्ने बाचा
कथा झै भा छ
कतै फर्की आउँछौ कि भन्ने आशमा
बाटो भरि सप्तरङीफुल सजाएँ
हामी लुकामारी खेल्ने चौतारीको वरिपरि
आज लहलह साकुरा फुलेर पर्खिरहेछ
म त्यही ओइलिएर झरेको फुल तिपेर माला गाँसिरहेछु
तिम्रो आगमनले मभित्र ल्याएको हाँसो र खुशी
अलि अलि गर्दै तिम्रो सुगन्धसँगै टाढिन थालेको छ
दिनहरु तिमी हिड्सदक र गोरेटो हेरेरै बिते
तिमीलाइ हृदय भरि तस्बिर कोरेर सजाएँ
म सपनीमा कैयौ पल्ट झस्के तिमीलाई भेटेर
रातहरु छट्पटिएर पीडामा परिणत भए
हृदयको हरेक ढोका खुल्ला छ स्वागतको लागि
धेरै पल्ट खुल्यो .........सम्झनाले ढुखेर
तिम्रो यादले कति पोले कति आँसु बगे
न त बिर्सिएर बिर्सिन सक्ने भएँ
न सम्झिएर मनै बुझ्ने भयो
सम्झनाले सताइरहन्छ ..... जलाइरहन्छ ..... !

मिरमिरे देखि झपक्क साँझसम्म
तिमी हिंड्ने बाटोहरुमा
ओहोर दोहोर गरिरहन्छु
धेरै वर्ष साकुरा फुले, झरे
नयाँ पलाए फेरि फुले झरे
ह्र्दय दुख्छ ह्जारौ पटक
रक्ताम्य भएर फुटे, टुटे
छताछुल्ल पोखिन्दा आफुले आफैलै सम्हाले
अस्ति तिमी जस्तै हु बहु चन्चल, लजालु देखे
पातलो ओठ, तिलको कोठी, स्याउ जस्तो गाला
हावाको झोक्कामा फर-फरिएको कालो लामो केस
इन्द्रेनीको मुस्कान, गुलाबी मीठा ओठ
आशा र बिस्वासमा कैयौ बर्ष आँखा बिच्छ्याएर पर्खे
रातहरु पिडामा छट्पटिन्दै मडारिन्दा सम्झनमा बिते
तिम्रो अनुपस्थितीले मेरो गन्तब्य टुक्रिन थालेको छ
म सहाराबिहीन जिउदो लास झै जिएको छु
मैले दिन अनि रात पर्खि बसे
न रात भर एक झलक निन्द्रा नै आयो
न तिमी नै आयौ
अन्धकारको छ्ट्पटिले तडपाईरहयो........ जलाइरहयो


खुशीले मुस्काएर बोलेको त्यो दिन
पहिलो भेटमा उपहार गुलदानी दिएको त्यो पल
हेरन सदा झै साकुरा फुले ओइलिएर झरे
वर्षमा खहरेहरु पनि उर्लिए सुसाए केही पल
नयाँ दुलही झै वारिपाखा पारिपाखा फुले झुले
तिमी हिड्ने बाटोहरु सप्तरङी फुलले सजाई राखे
जाने बेलामा जान्छु नभनी गयौ मलाई के थाहा?
अचम्म मानेर हेर्यौ
आँखा रसाएक थिए, मुटु ढुखे जस्तै
यता उता हेरी अनकनाइरहयौ
केही भुलेकी जस्तै गरेर
त्यो दिन तिनीले माला छाडेको भए, पत्र कोरेको भए
ऐनामा हेरेको भए, भित्ताभरि तस्बिर कोरेको भए
अबस्य तिमी फर्किएर आउने थियौ
तर केही छुटेन छ?
एक्लै एकान्तमा बाटोभरी आउँचौ भनेर पर्खिरहे
पागल झै छट्पटिन्दै
आश्थाको दियो बालिरहे
बर्षौ बर्ष म तिमीलाई पर्खिरहेछु
बिश्वास अमर छ अझै
दिन अनि रात सम्झिरह्न्छु
याद अझै आलै छ
सपनीमा बिउझाउछ्यौ कि भनी
म ननिदाई - ननिदाई पर्खिरहेछु
कल्पनामा छल्किन्दै पोखिन्दा कति आँसु बगे
मेरो गिन्दगी दिनप्रति दिन यसरी नै बितिरहेछ
न तिमी नै आयौ
मुटुमा बाण लागे झै धुखिरहन्छ पोलिरहन्छ
न तिमी नै आयौ न त सपनीमा बोलायौ
तिम्रो सम्झनाले सताइ रहन्छ जलाइ रहन्छ
तिमी आउँछ्यौ भनेर

हावा नै नचली जब पात हल्लियो
लाग्यो नदेखिने कुनै हात हल्लियो

खस्न थाले जब ताराहरु नभका
अँध्यारोको मुटुसँगै रात हल्लियो

सत्यलाई सजिलै चबाउँछु भन्थ्यौ
चबाउन नथाल्दै किन दाँत हल्लियो

कतिपल्ट तिमीले झुक्यायौ सम्झ त !
सोच किन हाम्रो प्यारो साथ हल्लियो

पिपलको जरोले अँगालो के हाल्यो
ढुङ्गाजोमौनथियोउसकोआँतहल्लियो।

الاثنين، 10 أغسطس 2009





एउटा बिशेष उपहार

• अन्य बिधा (कथा)
• पुष्प जोशी
चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच मिनेटसम्म अनबरत खोकी लगाइरह्ह्यो, फोक्सोसम्म पुगेर नाकबाट फिर्ता आएको धुँवाले आँखाबाट पानी पनि बगाइरह्यो। तर केहि दिन पछि नै चुरोटसँग को नयाँ मित्रताले आफुले आँफैलाई स्टाइलिस र 'कुल' देख्न थालियो।
कलेज पुग्दा सम्म त प्रोफेसनल चुरौटे नै भईसकिएको थियो। साथीहरु पनि सबै धुँवाका पारखी नै थिए, एउटा गजबको बातावरण हुन्थ्यो हाम्रो जमघटमा। धुँवाको गोलो गोलो चक्का बनाउने कम्पिटिसन र चारैतिरबाट फ्यान चलाएर बिचमा बसि चुरोट सल्काउने कम्पिटिसन सँधै जस्तो भई नै रहन्थे। हरेक पिरियड पछि पाँच मिनेटको चुरोट ब्रेक लिन हाम्रो ग्रुप हुलै बाहिर निस्किन्थ्यो। चुरोट नतान्ने केटाहरुको अगाडि आफुलाई सुपेरियर ठान्दै ति केटाहरुलाई पाखे र अनकुल सम्झियिन्थ्यो।
केटीहरुलाई चुरोट पिउने स्टाइलिस केटाहरु मन पर्छन भन्ने भ्रम त्यतिबेला भङ्ग भयो जतिबेला देखि स्नेहा मेरो जीवनमा आइन। एउटै क्लासमा पढ्ने हामीहरु कतिबेला राम्रो साथी बनिसकेछौं, थाहै भएन। स्नेहा मलाई नोट बनाउन देखि लिएर प्र्याक्टिकल फाइल अपडेट गर्न र अरु व्यबहारिक कुराहरुमा संधै सहयोग गर्थिन।
जहिले पनि स्नेहाको कम्प्लेन मेरो चुरोट पिउने बानी, चुरोट गन्हाउने श्वास, चुरोट्ले प्वाल परेका लुगा र चुरोट प्रतिको अति-आसक्ती नै हुन्थ्यो। अर्थात चुरोटसँग सम्बन्धित मेरा हरेक कृयाकलापप्रति स्नेहाको गुनासो हुन्थ्यो। स्नेहाको मन राख्न चुरोट छोड्ने धेरै प्रयास गरे तर दुई तीन दिन भन्दा बढि चुरोटसँग अलग्गिन कहिल्यै सकिएन। अब त चुरोटप्रति आँफैलाई पनि त्यति लगाव त थिएन तर सजिलै सकिंदैन रहेछ चुरोट छोड्न।
पढाई सकेर ब्यबहारिक दुनियाँमा प्रबेस गर्दा स्नेहा मेरी जीवनसाथी भईसकेकी थिइन। बिहेभन्दा पहिला उनले मलाई चुरोट छोडाउने धेरै प्रयास गरेकि हुन तर सफलता हाल नलाग्दा उनले मेरो चुरोट पिउने बानिसँग सम्झौता गर्नै पर्‍यो। चुरोट हाम्रो सम्बन्धको बिचमा तगारो बन्न सकेन भन्दा पनि हुन्छ तर स्नेहाका पुराना कम्प्लेन अध्याबधिक भई नै रहन्थे।
चुरोट छोड्छु भन्दा पनि साथीहरुको संगतले गर्दा फेरि सुरु भई नै हाल्थ्यो। अफिसमा पनि धेरैजसो साथीहरु स्मोकर नै थिए, अफिस बाहिर त झन मेरा पुराना मित्र मन्डलीहरु छँदै थिए। अझै पनि विकएन्डमा र अरु कुनै जमघटमा तिनै पुराना धुँवाको चक्का बनाउने र फ्यान चलाएर चुरोट जलाउने कम्पिटिसनहरु भई नै रहन्थे।
त्यो दिन शायद एक रात भरिमा सबैभन्दा बढी चुरोट पिएको थिए मैले। स्नेहा डेलिभरी रुमभित्र थिइन, डाक्टरले केस कम्प्लिकेट भएको कुरा बताएका थिए। नर्मल डेलिभरी हुन नसक्ने हुनाले सिजेरियन गर्नुपर्ने थियो र त्यो क्रममा धेरै समय लाग्यो। अस्पातलभित्र चुरोट पिउन नपाउने हुनाले म हरेक पाँच मिनेटमा बाहिर पार्किङमा आएर गाडीमा बसेर चुरोट पिउँदै भित्र जाँदै गर्दै थिए। टेन्सनको बेलामा सधैं धेरै चुरोट पिउँने बानी थियो।
बिहान पाँच बजेतिर बल्ल मेरो टेन्सन सिद्धियो जब डेलिभरी रुमबाट बाहिर आएर नर्सले म बाबा बनेको र स्नेहा र बच्चाको स्वास्थ्य राम्रो भएको खुशीको कुरा सुनाइन। स्नेहाको हातबाट पहिलोपल्ट छोरीलाई मैले आफ्नो हातमा लिंदा स्नेहाले मतिर हेरेको प्रश्नवाचक नजरले 'रातभरि कति चुरोट पिइयो?' भनेर सोधेको मैले थाहा नपाउने कुरै थिएन। यो प्रश्नको उत्तर मैले दिइरहनु पर्ने जरुरी पनि थिएन किनकि मेरो मुख र कपडाहरुबाट आइरहेको चुरोटको गन्धले सबै कुरा बताइरहेको थियो।
घरमा छोरीको आगमन पछि मैले फेरि एकचोटि चुरोट छोड्ने कोशीस गरें तर सकिएन। चुरोट छोड्न नसके पनि छोरीको स्वस्थमा नराम्रो असर पर्छ भनेर कमसेकम अब घरभित्र चुरोट पिउन पाउने ठाउँहरु सिमित गरिए। मैले चुरोट पिउनु पर्दा बाहिर चौरमा अथवा बाल्कोनिमा गएर मात्रै पिउनु पर्ने अघोसित नियम बन्यो। हुन त चुरोट पिउन बाहिर निस्किन गार्है हुन्थ्यो, झन जाडो महिनामा त महाभारत नै हुन्थ्यो राती बाहिर निस्कन, तर छोरीको लागि मैले त्यती त गर्नै पर्थ्यो।
अब मेरा साथीहरुले पनि मेरो घरमा आउँदा घरभित्र चुरोट पिउन नपाईने नियम बन्यो। कहिलेकाही साथीहरुले ' कसैको घरमा नभएको नियम तेरै घरमा रैछ', भनेर ब्यङ्ग हान्थे तर छोरीको स्वास्थको लागि अलिकति ब्यङ्ग सहनु कुनै ठुलो कुरा थिएन।
मैले छोरीसँग खेल्दा, शायद चुरोट गन्हाएर होला, नमिठो मुख बनाउँथि। स्नेहाले कर गरिरहन्थिन चुरोट पिउन छोड अथवा कमसेकम पिउन कम त गर भनेर। तर जति कोशीस गरें पनि सबै ब्यर्थ मात्रै हुन्थ्यो। अब त मलाई पनि चुरोटसँग को मेरो लामो सहवास टुङ्याउन साँच्चिकै मन लागिसकेको थियो। मैले 'चुरोट कसरि छोड्न सकिन्छ' भन्ने आसयका धेरै लेखहरु पढे, आयुर्बेदिक औषधीहरु पनि प्रयोग गरे, पत्रिकामा छिनभर मै चुरोट छोडाइन्छ भन्ने आसयका बिज्ञापन दिने ठाउँहरुमा पनि संपर्क राखे तर खासै उपलब्धि कतैबाट पनि भएन। जे होस सकेसम्म चुरोट पिउन कम गर्ने कोशीस भने जारि नै थियो।
आमाको देखासिखी गरेर होला छोरी पनि अलि ठुलि हुँदै गए पछि मेरो चुरोटको बट्टा, लाइटर, सलाईहरु लुकाउने र कहिलेकाही मेरो मुखबाट चुरोट झिकेर फाल्दिने जस्ता कृयापलापहरु गर्थी। मलाई पनि छोरी कै लागि भए पनि चुरोट छोड्ने मन त थियो तर अहँ चुरोट छोड्न अपनाएका कुनै पनि उपाए काम लागेनन।
यस्तैमा एकचोटि अफिसको कामको सिलसिलामा भियतनाम जानु पर्ने भयो। जाँदा खेरि एक हफ्ता ब्याङ्ककको रिजनल अफिसमा ओरियन्टेसन, पछि तीन हफ्ता भियतनाममा वर्कसप संचालन गर्नुपर्ने । फर्किंदा फेरि रिपोर्ट बुझाउने र अरु प्रकृयागत कामको लागि एक हफ्ता ब्याङ्ककमा बस्नुपर्ने।
रिजनल अफिस नै ब्याङ्ककमा भएको हुनाले धेरैचोटि ब्याङ्कक र प्यासिफिक क्षेत्रका अरु पनि देशहरुको भ्रमण गरेको भएता पनि भियतनाम मेरो लागि बिल्कुलै नयाँ देश थियो। साठीको दसकको युद्द र छाते टोपी लगाएका मान्छेहरु, मेरो दिमागमा यही बिम्ब थियो भियतनामको।
हरेक पल्टको बिदेश भ्रमणमा जस्तै यसपालि पनि स्नेहाको लागि के के ल्याउने, छोरीको लागि के के ल्याउने अनि परिवारका अरु सदस्यहरुको लागि के के ल्याउने भनेर लामै लिस्ट बन्यो। छोरी भरखरै किन्डरगार्टेन जान सुरु गरेकि हुनाले उसको लिस्टमा कपडा र चकलेट बाहेक स्कुल ब्याग, सिसा कलमको सेटजस्ता स्टेसनरी सामानहरु पनि थपिएका थिए।
हो चि मिन्ह सिटिको भब्य एअरपोर्टमा पहिलोपल्ट उत्रिदा मैले सोचेको भन्दा धेरै फरक भियतनाम देखियो। युद्दले जरजर पारेको भए पनि छिट्टै धेरै प्रगती गरिसकेको रहेछ, कमसेकम नेपालको तुलनामा। सानै भए पनि हो चि मिन्हले कता कता बेइजिङ र ब्याङ्ककको झल्को दिन खोज्दो रहेछ।
एअरपोर्टमा मेरो नेपाली पासपोर्ट देखेर नेपाल भनेको देश कहाँ पर्छ भनेर त्यहाको कर्मचारीले सोध्दा एकछिन अचम्मको माहौल बन्यो। अन्तरराष्ट्रिय बिमान्स्थलमा काम गर्ने मान्छेले यस्तो प्रश्न सोध्दा नरमाइलो लाग्यो तर पछि अर्को कर्मचारीले अहिलेसम्म नेपालबाट एकदमै थोरै यात्रीहरु मात्रै भियतनाम आएका हुनाले धेरै जसो मान्छेहरुलाई नेपालको बारेमा त्यति जानकारी छैन भनेर प्रस्टिकरण दिएर माफि माग्यो।
राती हामीहरु सबैको लागि होटेल मै सानो पार्टी आयोजना गरिएको थियो। तर शायद नेपालबाट म एकजना मात्र भएको र भियतनामीहरुलाई नेपालको बारेमा राम्ररी थाहा नभएको हुनाले होला मेरोलागि खान पिउन लायक केहि पनि थिएन। गाइको मासुका परीकार, बिभिन्न किरा फट्याङ्राहरुका परीकार र सबैभन्दा मुख्य आकर्षण थियो, टेबलको बिचमा पकाएर गोलो पारेर राखिएको अजङ्गको सर्प । अझ त्यो सर्पको मुख आँsss गरेर डेकोरेसनको लागि एउटा चेरी पनि घुसाइएको थियो।
खाना देखेरै बान्ता आउला जस्तो भयो। अर्को दिनदेखि मेरोलागि खान लायक परिकारको लिस्ट दिएपछि मात्रै मेरोलागि छुट्टै खानाको ब्यबस्था गरियो, नत्र तीन हफ्ता कि भोकै बस्नु पर्ने थियो नभए हिजोको जस्तै भियतनामी खाना खानु पर्ने थियो।
वर्कसप राम्रैसंग चलिराखेको थियो। हुन त हरेक दुई तीन दिनमा घरमा फोनमा कुरा भईरहन्थ्यो तर 'त्यो दिन' बिशेष थियो। बिशेष भन्दा पनि डबल बिशेष भनुँ न, त्यो दिन मेरो छोरीको जन्मदिन थियो र संयोगबस नेपालि मिति अनुसार हामी बाउ छोरीको जन्मदिन एकै दिन पर्छ। तसर्थ त्यो दिन हाम्रो लागि सधैं डबल सेलिब्रेसनको दिन हुन्छ। पहिलोपल्ट म छोरीको जन्मदिनमा छोरीभन्दा टाढा थिए तसर्थ फोन मै भए पनि छोरीलाई बर्थ डे विस गरेर चित्त बुझाए। फोन मै मैले छोरीलाई फर्केर आउँदा बर्थडेको उपहार के ल्याइदिउँ भनेर सोधेको थिए।
छोरीलाई जन्मदिनको उपहारको बारेमा सोध्दा मेरी चार बर्षकि अबोध छोरीले एउटा अचम्मको उपहार मागिन। आफ्नो मायालु तोते बोलीमा मेरी छोरीले निर्दोस आग्रह गरिन, ' बाबा फर्केर आउँदा चुरोट नखाने गरेर आउनु है, मेरो बर्थ डे गिफ्ट!'
छोरीको आग्रहले म जहाँको त्यँही फ्रिज भएछु, केही बोल्न सकिन, छोरी उताबाट 'बाबा.....बाबा' भन्दै थिइ क्यारे ! जलाएर राखेको चुरोट कुन बेला हातबाट भुँइमा झरेछ थाहै भएन, आँखा पुरै भिजिसकेछन। हुन त स्नेहाले गर्दा नै छोरीले पनि सिकेकी हो मेरो चुरोट पिउने बानीप्रति कम्ल्पेन गर्न तर यो उपहार उसले आँफैं मागेकी हो कसैले नसिकाइ। छोरीको निर्दोस आग्रह मेरो मुटुमा, मेरो दिमागमा यसरि स्ट्राइक भयो कि त्यही दिन हुन गयो चुरोट र मेरो लामो सहवासको अन्तिम दिन, त्यसपछि अहिलेसम्म मैले चुरोट छोएको पनि छैन।
अहिले सात बर्ष भयो मेरी छोरीले आफ्नो जन्मदिनमा त्यो 'बिशेष उपहार' मागेको र यि सात बर्षभित्र मैले आफुभित्र एउटा नयाँ उर्जा थपिएको महसुस गरेको छु, शब्दले बर्णन गर्न नसकिने एउटा अलौकिक अनुभुती।
अझै पनि साथीहरुका जमघट हुन्छन, पहिला जस्तो चुरोट जलाउने अथवा धुँवाको गोलो चक्का बनाउने कम्पिटिसन नभए पनि मुख्य आकर्षण त चुरोट नै हुन्छ तर पहिला जस्तो सबैले त्यहा चुरोट पिउनै पर्छ भन्ने अघोसित नियम अब परिमार्जन भईसकेको छ।
साथीहरुले कहिलेकाँही ' तँ जस्तो चुरोटको पारखिले पनि कसरि चुरोट छोड्न सकिस?!! ' भनेर सोध्छन । म उनिहरुलाई जवाफ दिन्छु, ' छोड्छु भनेर मात्रै हुँदैन रहेछ, कुनै पनि कुलत छोड्न ठीक समयमा ठीक ठाउँमा साइकोलोजिकल झट्का लाग्नै पर्दो रहेछ'।





उपहार ससुराको फैसला हजुरबाको
• लघु कथा
• नारायण तिवारी
• गोरखापत्र
हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन 'भागी' बिहा गरेको थिएँ । अर्थात् 'प्रीति' बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब ।
पछि त चलिहाल्छ नि । चल्यो, आउने जाने चल्यो । पढेलेखेकै भएकाले भनौँ न ससुरालीमा मेरो पानी चल्यो र मेरो सिक्का पनि चल्यो । सासु-ससुराले माया गर्न थाले, इज्जत गर्न थाले । संयुक्त परिवारमा बसेका मेरा ससुराका अरू भाइहरू पनि थिए । अर्थात् मेरा काका ससुराहरू । उनीहरूमध्ये काइँलाले मलाई घुरेर हेर्थे । माइलाले व्यङ्ग्य वाण चलाउँथे । साहिँलाले अलि अलि माया गरेजस्तै गरे पनि मौकाका खसाएर कुरा गर्थे ।
"ज्वाइँ ! तपाईंलाई एउटा मोटरसाइकल किनिदिएको छु ।" ससुराले सुनाउनु भएको थियो ।
मनमनै खुसी भए पनि मुखले भनेका थिएँ - "मलाई किन चाहियो र ....?!"
"तपाईंलाई नचाहिए पनि मेरी छोरीलाई चाहियो नि, उसलाई राखेर कुँदाउनु होला ...." म हाँसिदिएको थिएँ ।
मोटरसाइकलको चर्चा धेरै चल्यो । भित्रभित्रै लड्डु फुटिरहेको थियो मेरो पनि र मेरी श्रीमतीको पनि । मोटरसाइकल चलाउन नजाने पनि 'सिकिहालिन्छ नि कुन ठूलो कुरा हो' भनेर म रमाइरहेको थिएँ ।
दसैँ आउन आँटेको थियो । ससुराले फोनमा फेरि जिस्क्याउनु भयो - "ज्वाइँ ! चलाउन सिक्नुभो के ? यसपल्ट दसैँमा मोटरसाइकल लिएर जानुहोला ... !"
यस्तैमा दसैँ आयो । मुटु ढुकढुक गर्यो । जोई-पोइ मोटरसाइकलको सपना ओढ्दै लाग्यौ दसैँमा ससुराली ...!
ओसरैमा देख्यौँ - नयाँ मोटरसाइकल .. । मोटरसाइकलतिर देखाएर ससुराले भन्नुभयो - "यो ज्वाइँलाई मोटरसाइकल !"
त्यतिबेला त कोही बोलेनन् तर दसैँभरि कसैले मलाई घुरेर हेरे, कसले वयङ्ग्य वाण प्रहार गरे । कसैले खसाएर कुरा गरे ।
-"ज्वाइँलाई त साइकल चाहिन्छ, साइकल ! कहाँको मोटरसाइकल ...!"
-मोटरसाइकल भनेर मात्र हुन्छ, धान्न सक्नुहुन्छ ज्वाइँले यसको खर्च ?"
-"मोटरसाइकलको त मलाई आवश्यकता छ । म ज्वाइँलाई नयाँ गेयरवाला साइकल किनिदिउँला !"
यो भारी छ, ज्वाईं सक्नुहुन्न ! दुब्लो पातलो मान्छेलाई त साइकल नै ठीक हुन्छ, कहाँ मोटरसाइकल !"काका ससुराहरूको बचनले घोच्नुसम्म घोचे । 'मैले मागेकै थिइन किन दिने भनेको ?' स्वाभिमान माथिको प्रहारलाई मनले भित्रभित्रै प्रतिरोध गर्यो । प्रकटमा बोली फुटेन ।
आखिर संयुक्त परिवारमा काकाहरूकै पहिलो हक स्थापित भयो । हजुरबाले फैसला गरिदिनुभयो -"यो मोटरसाइकल जेठाले ज्वाइँलाई किनिदिएको भए पनि काइँलाले लैजा, काइँलालाई अफिस जान खाँचो छ ।
अनि सुन् काइँला ! तैले ज्वाइँका लागि एउटा राम्रो साइकल १० दिनभित्र किनिदिएस्...!"
मेरा आफ्ना सासु ससुराले मेरो आँखामा हेरे र शिर निहुर्‍याए । म आफू छातीमा अपमानबोधको पीडा झेल्दै थिएँ । अकिति आफैँद्वारा उत्पेरित लालस र धेरैजति भावनालाई उचालेर पछारिदिने ससुराली व्यवहारबाट मर्माहत हुँदै श्रीमतीका अनुहारमा पुलुक्क हेरेँ । ऊ आँखा रसिलो पादर्ैै मलाई नियालिरहेकी थिई ।

बाल कथा ,आधुनिक कथा ,सामाजिक कथा

एउटा बिशेष उपहार • अन्य बिधा (कथा) • पुष्प जोशी चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच मिनेटसम्म अनबरत खोकी लगाइरह्ह्यो, फोक्सोसम्म पुगेर नाकबाट फिर्ता आएको धुँवाले आँखाबाट पानी पनि बगाइरह्यो। तर केहि दिन पछि नै चुरोटसँग को नयाँ मित्रताले आफुले आँफैलाई स्टाइलिस र 'कुल' देख्न थालियो। कलेज पुग्दा सम्म त प्रोफेसनल चुरौटे नै भईसकिएको थियो। साथीहरु पनि सबै धुँवाका पारखी नै थिए, एउटा गजबको बातावरण हुन्थ्यो हाम्रो जमघटमा। धुँवाको गोलो गोलो चक्का बनाउने कम्पिटिसन र चारैतिरबाट फ्यान चलाएर बिचमा बसि चुरोट सल्काउने कम्पिटिसन सँधै जस्तो भई नै रहन्थे। हरेक पिरियड पछि पाँच मिनेटको चुरोट ब्रेक लिन हाम्रो ग्रुप हुलै बाहिर निस्किन्थ्यो। चुरोट नतान्ने केटाहरुको अगाडि आफुलाई सुपेरियर ठान्दै ति केटाहरुलाई पाखे र अनकुल सम्झियिन्थ्यो। केटीहरुलाई चुरोट पिउने स्टाइलिस केटाहरु मन पर्छन भन्ने भ्रम त्यतिबेला भङ्ग भयो जतिबेला देखि स्नेहा मेरो जीवनमा आइन। एउटै क्लासमा पढ्ने हामीहरु कतिबेला राम्रो साथी बनिसकेछौं, थाहै भएन। स्नेहा मलाई नोट बनाउन देखि लिएर प्र्याक्टिकल फाइल अपडेट गर्न र अरु व्यबहारिक कुराहरुमा संधै सहयोग गर्थिन। जहिले पनि स्नेहाको कम्प्लेन मेरो चुरोट पिउने बानी, चुरोट गन्हाउने श्वास, चुरोट्ले प्वाल परेका लुगा र चुरोट प्रतिको अति-आसक्ती नै हुन्थ्यो। अर्थात चुरोटसँग सम्बन्धित मेरा हरेक कृयाकलापप्रति स्नेहाको गुनासो हुन्थ्यो। स्नेहाको मन राख्न चुरोट छोड्ने धेरै प्रयास गरे तर दुई तीन दिन भन्दा बढि चुरोटसँग अलग्गिन कहिल्यै सकिएन। अब त चुरोटप्रति आँफैलाई पनि त्यति लगाव त थिएन तर सजिलै सकिंदैन रहेछ चुरोट छोड्न। पढाई सकेर ब्यबहारिक दुनियाँमा प्रबेस गर्दा स्नेहा मेरी जीवनसाथी भईसकेकी थिइन। बिहेभन्दा पहिला उनले मलाई चुरोट छोडाउने धेरै प्रयास गरेकि हुन तर सफलता हाल नलाग्दा उनले मेरो चुरोट पिउने बानिसँग सम्झौता गर्नै पर्‍यो। चुरोट हाम्रो सम्बन्धको बिचमा तगारो बन्न सकेन भन्दा पनि हुन्छ तर स्नेहाका पुराना कम्प्लेन अध्याबधिक भई नै रहन्थे। चुरोट छोड्छु भन्दा पनि साथीहरुको संगतले गर्दा फेरि सुरु भई नै हाल्थ्यो। अफिसमा पनि धेरैजसो साथीहरु स्मोकर नै थिए, अफिस बाहिर त झन मेरा पुराना मित्र मन्डलीहरु छँदै थिए। अझै पनि विकएन्डमा र अरु कुनै जमघटमा तिनै पुराना धुँवाको चक्का बनाउने र फ्यान चलाएर चुरोट जलाउने कम्पिटिसनहरु भई नै रहन्थे। त्यो दिन शायद एक रात भरिमा सबैभन्दा बढी चुरोट पिएको थिए मैले। स्नेहा डेलिभरी रुमभित्र थिइन, डाक्टरले केस कम्प्लिकेट भएको कुरा बताएका थिए। नर्मल डेलिभरी हुन नसक्ने हुनाले सिजेरियन गर्नुपर्ने थियो र त्यो क्रममा धेरै समय लाग्यो। अस्पातलभित्र चुरोट पिउन नपाउने हुनाले म हरेक पाँच मिनेटमा बाहिर पार्किङमा आएर गाडीमा बसेर चुरोट पिउँदै भित्र जाँदै गर्दै थिए। टेन्सनको बेलामा सधैं धेरै चुरोट पिउँने बानी थियो। बिहान पाँच बजेतिर बल्ल मेरो टेन्सन सिद्धियो जब डेलिभरी रुमबाट बाहिर आएर नर्सले म बाबा बनेको र स्नेहा र बच्चाको स्वास्थ्य राम्रो भएको खुशीको कुरा सुनाइन। स्नेहाको हातबाट पहिलोपल्ट छोरीलाई मैले आफ्नो हातमा लिंदा स्नेहाले मतिर हेरेको प्रश्नवाचक नजरले 'रातभरि कति चुरोट पिइयो?' भनेर सोधेको मैले थाहा नपाउने कुरै थिएन। यो प्रश्नको उत्तर मैले दिइरहनु पर्ने जरुरी पनि थिएन किनकि मेरो मुख र कपडाहरुबाट आइरहेको चुरोटको गन्धले सबै कुरा बताइरहेको थियो। घरमा छोरीको आगमन पछि मैले फेरि एकचोटि चुरोट छोड्ने कोशीस गरें तर सकिएन। चुरोट छोड्न नसके पनि छोरीको स्वस्थमा नराम्रो असर पर्छ भनेर कमसेकम अब घरभित्र चुरोट पिउन पाउने ठाउँहरु सिमित गरिए। मैले चुरोट पिउनु पर्दा बाहिर चौरमा अथवा बाल्कोनिमा गएर मात्रै पिउनु पर्ने अघोसित नियम बन्यो। हुन त चुरोट पिउन बाहिर निस्किन गार्है हुन्थ्यो, झन जाडो महिनामा त महाभारत नै हुन्थ्यो राती बाहिर निस्कन, तर छोरीको लागि मैले त्यती त गर्नै पर्थ्यो। अब मेरा साथीहरुले पनि मेरो घरमा आउँदा घरभित्र चुरोट पिउन नपाईने नियम बन्यो। कहिलेकाही साथीहरुले ' कसैको घरमा नभएको नियम तेरै घरमा रैछ', भनेर ब्यङ्ग हान्थे तर छोरीको स्वास्थको लागि अलिकति ब्यङ्ग सहनु कुनै ठुलो कुरा थिएन। मैले छोरीसँग खेल्दा, शायद चुरोट गन्हाएर होला, नमिठो मुख बनाउँथि। स्नेहाले कर गरिरहन्थिन चुरोट पिउन छोड अथवा कमसेकम पिउन कम त गर भनेर। तर जति कोशीस गरें पनि सबै ब्यर्थ मात्रै हुन्थ्यो। अब त मलाई पनि चुरोटसँग को मेरो लामो सहवास टुङ्याउन साँच्चिकै मन लागिसकेको थियो। मैले 'चुरोट कसरि छोड्न सकिन्छ' भन्ने आसयका धेरै लेखहरु पढे, आयुर्बेदिक औषधीहरु पनि प्रयोग गरे, पत्रिकामा छिनभर मै चुरोट छोडाइन्छ भन्ने आसयका बिज्ञापन दिने ठाउँहरुमा पनि संपर्क राखे तर खासै उपलब्धि कतैबाट पनि भएन। जे होस सकेसम्म चुरोट पिउन कम गर्ने कोशीस भने जारि नै थियो। आमाको देखासिखी गरेर होला छोरी पनि अलि ठुलि हुँदै गए पछि मेरो चुरोटको बट्टा, लाइटर, सलाईहरु लुकाउने र कहिलेकाही मेरो मुखबाट चुरोट झिकेर फाल्दिने जस्ता कृयापलापहरु गर्थी। मलाई पनि छोरी कै लागि भए पनि चुरोट छोड्ने मन त थियो तर अहँ चुरोट छोड्न अपनाएका कुनै पनि उपाए काम लागेनन। यस्तैमा एकचोटि अफिसको कामको सिलसिलामा भियतनाम जानु पर्ने भयो। जाँदा खेरि एक हफ्ता ब्याङ्ककको रिजनल अफिसमा ओरियन्टेसन, पछि तीन हफ्ता भियतनाममा वर्कसप संचालन गर्नुपर्ने । फर्किंदा फेरि रिपोर्ट बुझाउने र अरु प्रकृयागत कामको लागि एक हफ्ता ब्याङ्ककमा बस्नुपर्ने। रिजनल अफिस नै ब्याङ्ककमा भएको हुनाले धेरैचोटि ब्याङ्कक र प्यासिफिक क्षेत्रका अरु पनि देशहरुको भ्रमण गरेको भएता पनि भियतनाम मेरो लागि बिल्कुलै नयाँ देश थियो। साठीको दसकको युद्द र छाते टोपी लगाएका मान्छेहरु, मेरो दिमागमा यही बिम्ब थियो भियतनामको। हरेक पल्टको बिदेश भ्रमणमा जस्तै यसपालि पनि स्नेहाको लागि के के ल्याउने, छोरीको लागि के के ल्याउने अनि परिवारका अरु सदस्यहरुको लागि के के ल्याउने भनेर लामै लिस्ट बन्यो। छोरी भरखरै किन्डरगार्टेन जान सुरु गरेकि हुनाले उसको लिस्टमा कपडा र चकलेट बाहेक स्कुल ब्याग, सिसा कलमको सेटजस्ता स्टेसनरी सामानहरु पनि थपिएका थिए। हो चि मिन्ह सिटिको भब्य एअरपोर्टमा पहिलोपल्ट उत्रिदा मैले सोचेको भन्दा धेरै फरक भियतनाम देखियो। युद्दले जरजर पारेको भए पनि छिट्टै धेरै प्रगती गरिसकेको रहेछ, कमसेकम नेपालको तुलनामा। सानै भए पनि हो चि मिन्हले कता कता बेइजिङ र ब्याङ्ककको झल्को दिन खोज्दो रहेछ। एअरपोर्टमा मेरो नेपाली पासपोर्ट देखेर नेपाल भनेको देश कहाँ पर्छ भनेर त्यहाको कर्मचारीले सोध्दा एकछिन अचम्मको माहौल बन्यो। अन्तरराष्ट्रिय बिमान्स्थलमा काम गर्ने मान्छेले यस्तो प्रश्न सोध्दा नरमाइलो लाग्यो तर पछि अर्को कर्मचारीले अहिलेसम्म नेपालबाट एकदमै थोरै यात्रीहरु मात्रै भियतनाम आएका हुनाले धेरै जसो मान्छेहरुलाई नेपालको बारेमा त्यति जानकारी छैन भनेर प्रस्टिकरण दिएर माफि माग्यो। राती हामीहरु सबैको लागि होटेल मै सानो पार्टी आयोजना गरिएको थियो। तर शायद नेपालबाट म एकजना मात्र भएको र भियतनामीहरुलाई नेपालको बारेमा राम्ररी थाहा नभएको हुनाले होला मेरोलागि खान पिउन लायक केहि पनि थिएन। गाइको मासुका परीकार, बिभिन्न किरा फट्याङ्राहरुका परीकार र सबैभन्दा मुख्य आकर्षण थियो, टेबलको बिचमा पकाएर गोलो पारेर राखिएको अजङ्गको सर्प । अझ त्यो सर्पको मुख आँsss गरेर डेकोरेसनको लागि एउटा चेरी पनि घुसाइएको थियो। खाना देखेरै बान्ता आउला जस्तो भयो। अर्को दिनदेखि मेरोलागि खान लायक परिकारको लिस्ट दिएपछि मात्रै मेरोलागि छुट्टै खानाको ब्यबस्था गरियो, नत्र तीन हफ्ता कि भोकै बस्नु पर्ने थियो नभए हिजोको जस्तै भियतनामी खाना खानु पर्ने थियो। वर्कसप राम्रैसंग चलिराखेको थियो। हुन त हरेक दुई तीन दिनमा घरमा फोनमा कुरा भईरहन्थ्यो तर 'त्यो दिन' बिशेष थियो। बिशेष भन्दा पनि डबल बिशेष भनुँ न, त्यो दिन मेरो छोरीको जन्मदिन थियो र संयोगबस नेपालि मिति अनुसार हामी बाउ छोरीको जन्मदिन एकै दिन पर्छ। तसर्थ त्यो दिन हाम्रो लागि सधैं डबल सेलिब्रेसनको दिन हुन्छ। पहिलोपल्ट म छोरीको जन्मदिनमा छोरीभन्दा टाढा थिए तसर्थ फोन मै भए पनि छोरीलाई बर्थ डे विस गरेर चित्त बुझाए। फोन मै मैले छोरीलाई फर्केर आउँदा बर्थडेको उपहार के ल्याइदिउँ भनेर सोधेको थिए। छोरीलाई जन्मदिनको उपहारको बारेमा सोध्दा मेरी चार बर्षकि अबोध छोरीले एउटा अचम्मको उपहार मागिन। आफ्नो मायालु तोते बोलीमा मेरी छोरीले निर्दोस आग्रह गरिन, ' बाबा फर्केर आउँदा चुरोट नखाने गरेर आउनु है, मेरो बर्थ डे गिफ्ट!' छोरीको आग्रहले म जहाँको त्यँही फ्रिज भएछु, केही बोल्न सकिन, छोरी उताबाट 'बाबा.....बाबा' भन्दै थिइ क्यारे ! जलाएर राखेको चुरोट कुन बेला हातबाट भुँइमा झरेछ थाहै भएन, आँखा पुरै भिजिसकेछन। हुन त स्नेहाले गर्दा नै छोरीले पनि सिकेकी हो मेरो चुरोट पिउने बानीप्रति कम्ल्पेन गर्न तर यो उपहार उसले आँफैं मागेकी हो कसैले नसिकाइ। छोरीको निर्दोस आग्रह मेरो मुटुमा, मेरो दिमागमा यसरि स्ट्राइक भयो कि त्यही दिन हुन गयो चुरोट र मेरो लामो सहवासको अन्तिम दिन, त्यसपछि अहिलेसम्म मैले चुरोट छोएको पनि छैन। अहिले सात बर्ष भयो मेरी छोरीले आफ्नो जन्मदिनमा त्यो 'बिशेष उपहार' मागेको र यि सात बर्षभित्र मैले आफुभित्र एउटा नयाँ उर्जा थपिएको महसुस गरेको छु, शब्दले बर्णन गर्न नसकिने एउटा अलौकिक अनुभुती। अझै पनि साथीहरुका जमघट हुन्छन, पहिला जस्तो चुरोट जलाउने अथवा धुँवाको गोलो चक्का बनाउने कम्पिटिसन नभए पनि मुख्य आकर्षण त चुरोट नै हुन्छ तर पहिला जस्तो सबैले त्यहा चुरोट पिउनै पर्छ भन्ने अघोसित नियम अब परिमार्जन भईसकेको छ। साथीहरुले कहिलेकाँही ' तँ जस्तो चुरोटको पारखिले पनि कसरि चुरोट छोड्न सकिस?!! ' भनेर सोध्छन । म उनिहरुलाई जवाफ दिन्छु, ' छोड्छु भनेर मात्रै हुँदैन रहेछ, कुनै पनि कुलत छोड्न ठीक समयमा ठीक ठाउँमा साइकोलोजिकल झट्का लाग्नै पर्दो रहेछ'। उपहार ससुराको फैसला हजुरबाको • लघु कथा • नारायण तिवारी • गोरखापत्र हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन 'भागी' बिहा गरेको थिएँ । अर्थात् 'प्रीति' बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब । पछि त चलिहाल्छ नि । चल्यो, आउने जाने चल्यो । पढेलेखेकै भएकाले भनौँ न ससुरालीमा मेरो पानी चल्यो र मेरो सिक्का पनि चल्यो । सासु-ससुराले माया गर्न थाले, इज्जत गर्न थाले । संयुक्त परिवारमा बसेका मेरा ससुराका अरू भाइहरू पनि थिए । अर्थात् मेरा काका ससुराहरू । उनीहरूमध्ये काइँलाले मलाई घुरेर हेर्थे । माइलाले व्यङ्ग्य वाण चलाउँथे । साहिँलाले अलि अलि माया गरेजस्तै गरे पनि मौकाका खसाएर कुरा गर्थे । "ज्वाइँ ! तपाईंलाई एउटा मोटरसाइकल किनिदिएको छु ।" ससुराले सुनाउनु भएको थियो । मनमनै खुसी भए पनि मुखले भनेका थिएँ - "मलाई किन चाहियो र ....?!" "तपाईंलाई नचाहिए पनि मेरी छोरीलाई चाहियो नि, उसलाई राखेर कुँदाउनु होला ...." म हाँसिदिएको थिएँ । मोटरसाइकलको चर्चा धेरै चल्यो । भित्रभित्रै लड्डु फुटिरहेको थियो मेरो पनि र मेरी श्रीमतीको पनि । मोटरसाइकल चलाउन नजाने पनि 'सिकिहालिन्छ नि कुन ठूलो कुरा हो' भनेर म रमाइरहेको थिएँ । दसैँ आउन आँटेको थियो । ससुराले फोनमा फेरि जिस्क्याउनु भयो - "ज्वाइँ ! चलाउन सिक्नुभो के ? यसपल्ट दसैँमा मोटरसाइकल लिएर जानुहोला ... !" यस्तैमा दसैँ आयो । मुटु ढुकढुक गर्यो । जोई-पोइ मोटरसाइकलको सपना ओढ्दै लाग्यौ दसैँमा ससुराली ...! ओसरैमा देख्यौँ - नयाँ मोटरसाइकल .. । मोटरसाइकलतिर देखाएर ससुराले भन्नुभयो - "यो ज्वाइँलाई मोटरसाइकल !" त्यतिबेला त कोही बोलेनन् तर दसैँभरि कसैले मलाई घुरेर हेरे, कसले वयङ्ग्य वाण प्रहार गरे । कसैले खसाएर कुरा गरे । -"ज्वाइँलाई त साइकल चाहिन्छ, साइकल ! कहाँको मोटरसाइकल ...!" -मोटरसाइकल भनेर मात्र हुन्छ, धान्न सक्नुहुन्छ ज्वाइँले यसको खर्च ?" -"मोटरसाइकलको त मलाई आवश्यकता छ । म ज्वाइँलाई नयाँ गेयरवाला साइकल किनिदिउँला !" यो भारी छ, ज्वाईं सक्नुहुन्न ! दुब्लो पातलो मान्छेलाई त साइकल नै ठीक हुन्छ, कहाँ मोटरसाइकल !"काका ससुराहरूको बचनले घोच्नुसम्म घोचे । 'मैले मागेकै थिइन किन दिने भनेको ?' स्वाभिमान माथिको प्रहारलाई मनले भित्रभित्रै प्रतिरोध गर्यो । प्रकटमा बोली फुटेन । आखिर संयुक्त परिवारमा काकाहरूकै पहिलो हक स्थापित भयो । हजुरबाले फैसला गरिदिनुभयो -"यो मोटरसाइकल जेठाले ज्वाइँलाई किनिदिएको भए पनि काइँलाले लैजा, काइँलालाई अफिस जान खाँचो छ । अनि सुन् काइँला ! तैले ज्वाइँका लागि एउटा राम्रो साइकल १० दिनभित्र किनिदिएस्...!" मेरा आफ्ना सासु ससुराले मेरो आँखामा हेरे र शिर निहुर्‍याए । म आफू छातीमा अपमानबोधको पीडा झेल्दै थिएँ । अकिति आफैँद्वारा उत्पेरित लालस र धेरैजति भावनालाई उचालेर पछारिदिने ससुराली व्यवहारबाट मर्माहत हुँदै श्रीमतीका अनुहारमा पुलुक्क हेरेँ । ऊ आँखा रसिलो पादर्ैै मलाई नियालिरहेकी थिई । छट्टु साथी • बाल कथा • अनुप पोखरेल • मुना २०६६ साउन एकपटकको कुरो हो । रामको स्कुलमा दसैँको छुट्टी भयो । दसैँको छुट्टी मनाउन ऊ मामाघर जान चाहन्थ्यो । उसले बाबुआमासँग 'मामाघर जाने', 'मामाघर जाने' भनेर किचकिच गर्न थाल्यो । बाबुआमाले पनि हुन्छ भन्नुभयो । राम भोलिपल्ट मामाघर जाने पक्का भयो । भोलिपल्ट बाबुआमासँग अनुमति लिएर ऊ मामाघरतर्फ लाग्यो । बेला-बेलामा मामाघर गइरहने हुनाले उसलाई साथी चाहिँदैनथ्यो । ऊ बस बिसौनीमा पुग्यो । त्यसैबेला उसले साथी हरिलाई देखेर सोध्यो - 'ए हरि ! कता जान लागेको ?' हरिले भन्यो - 'म मेला हेर्न जाँदैछु ।' तिमी नि 'म मामाघर जान लागेको' रामले भन्यो । रामको कुरा सुनेर हरिले भन्यो - कि जाउँ मेला हेर्न ! कस्ता राम्रा राम्रा कुरा हेर्न पाइन्छ । हरिले धेरैबेर सम्झाएपछि राम पनि मेला हेर्न जान तयार भयो । मेला नजिकैको बजारमा थियो । जाने बेलामा रामले र र्फकने बेलामा हरिले पैसा तिर्ने सहमति भयो । दुवै बसमा चढेर मेला भइरहेको ठाउँतिर लागे । रामले बसको भाडा तिर्‍यो । मेलामा हरिले रामको पैसाले खानेकुरा किनेर बाँडेर खायो । विभिन्न खेल पनि खेल्यो । रामसँगको सबै पैसा सकियो । फर्किने बेला भयो । हरिसँग त एकजनाको बस भाडा तिर्ने पैसा मात्र रहेछ । ऊ बसको टिकट काटेर खुरुक्क फक्र्यो । रामसँग पैसा थिएन । ऊ र्फकन सकेन । उसले यताउता हेर्‍यो । चिनेका कोही थिएनन् । नजिकै एकजना प्रहरी उभिरहेको रहेछ । उसले गएर प्रहरीलाई सबै कुरा भन्यो । प्रहरीले उसँग घरको फोननम्बर सोध्यो । उसलाई बाबुको मोबाइल नम्बर कण्ठै थियो । प्रहरीले नम्बर थाहापाएपछि फोन गरेर बाबुलाई सबै कुरा भन्यो । केही बेरमा नै बाबुआमा आइपुगे । रामको अनुहार हँसिलो भयो । उसले मनमनै हरिजस्ता छट्टु साथीहरूको कुरा सुनेर लहलहैमा नलाग्ने वाचा गर्‍यो । एकता र साहस Submitted by kbs on Sat, 08/01/2009 - 14:36 • बाल कथा • सुधा भट्टराई • मुना २०६६ साउन कोसी टप्पुमा धेरै खालका जीवजन्तुको वासस्थान थियो । त्यहाँ हात्ती, बाघ, भालु, अर्ना, मृग, जरायो आदि बस्तथे । त्यहाँ हात्तीको बथान निस्कँदा सम्पूर्ण झाडी नै सखाप पार्दथे । यसै जङ्गलको बीच भागमा एउटा तलाउ थियो । तलाउको छेउमा दुलाहरू बनाएर खरायो, मुसा, न्याउरी, सर्प आदि बस्तथे । तलाउको छेउछाउमा धेरै रूख थिए । ती रूखमा बस्ने विभिन्न प्रकारका चराहरू आफ्ना-आफ्ना भाषामा गीत गाइरहन्थे । एक रातको कुरो हो । गर्मीको समय थियो । चन्द्रमाको उज्यालो चारैतिर छरिएको थियो । त्यसै समय टाढा हात्ती कराएको सुनियो । हात्तीको बथान तलाउतिरै आइरहेको थियो । हात्तीहरू खुब आवाज निकाल्दै कराउँदै आउँदै थिए । पोखरीका भ्यागुताले त्यो चर्को आवाज सुनेपछि टर्रटर्र गरेर कराउन थाले । चराका बचेराहरू पनि च्याँ च्याँ चिँ चिँ चिँ गर्दै डराएर कराउन थाले । खरायो, मुसा, न्याउरी आदि पनि आफ्ना दुला छाडेर लाखापाखा दौडन थाले । यसरी यस जङ्गलका जनावर पशुपक्षी आदिमा खैलाबैला मच्चियो । त्यही तलाउको एक छेउको रूखमा फिस्टो चरा पनि बस्तथ्यो । त्यो बाहिरबाट भर्खरै त्यहाँ आएको हुनाले हात्तीको अत्याचारबारे केही थाहा थिएन । आफ्ना छिमेकी चराचुरुङ्गीहरू आत्तिँदै भाग्न थालेको देखेर फिस्टोले भन्यो - साथीहरू हो किन यसरी भाग्न थालेको ? त्यसपछि एउटा भ्याकुर चराले फिस्टोलाई हप्काउँदै भन्यो - तँ नयाँ छस् । हात्तीको अत्याचार तँलाई थाहा छैन । हात्तीको बथान आएपछि यी रूखहरू उखेलिन्छन्, चराको गुँडहरू भत्किन्छन्, बच्चाहरू मर्छन् । हात्तीको कुल्चाइले खरायो, मुसा, न्याउरी, आदिका दुलाहरू भत्किन्छन् । त्यसैकारण हामीहरू यहाँबाट भाग्नुपर्छ । फिस्टोले सोध्यो - यी हात्तीलाई रोक्न सकिँदैन र । भ्याकुरले भन्यो - तिमी किन यस्तो मूर्ख कुरा गर्छौ ? हात्तीलाई पनि रोक्न सकिन्छ ? भ्याकुरको निराशापूर्ण कुरा सुनेर फिस्टोलेे भन्यो - संसारमा सबैभन्दा ठूलो बल भनेको नै बुद्धि हो । आपत्ति परेको बेला साहस गरेर बुद्धिले काम लिनुपर्छ । विपद पर्‍यो भनेर भाग्नु हुँदैन । पख ! हात्तीलाई रोक्न म केही बुद्धि लगाउँछु । पहिला त यी डराएर भागेकालाई रोक ! फिस्टोको कुरो सुनेर ढुकुर पहिले त फिसिक्क हाँस्यो । तैपनि के हो सोचेर ढुकुरले सबै चरालाई भन्यो - यस फिस्टोले हात्तीलाई रोक्ने बुद्धि लगाउँदैछु भन्दैछ । एकछिन पर्खौँ । फिस्टोले फेरि भन्यो - साथीहरू हो, संसारमा सबैभन्दा ठूलो भनेको बुद्धि हो । आपत्ति पर्‍यो भनेर भाग्न खोज्दा त त्यो आपत्तिले पछ्याइरहन्छ । त्यसकारण साहस र बुद्धिसँग धैर्यसाथ काम गर्नुपर्छ । त्यसैबेला हात्तीहरूको चर्को स्वर फेरि सुनियो । सबै चरा डराए तर फिस्टोले सबैलाई हात्ती भगाउन कसले के गर्ने भनेर कामको भाग लगायो । हात्तीको सरदार पोखरीको छेउ आई नपुग्दै फिस्टो, चिरबिरे काग, चिबे र अरू सैयौँ चराले हाडे र सिउँडीका काँडा, चुच्चामा च्यापेर हात्तीका कान र आँखामा घोच्न थाले । हात्तीका आँखा फुटे कुनै चराले कानका जाली फुटाइदिए । यसरी केही बेरमा नै हात्तीहरू अन्धा र बहिरा भए । हात्तीहरू आत्तिएर जताबाट आएका थिए उतै फर्किए । हात्तीहरू यसरी फर्किएको देखेर त्यस ठाउँमा चराचुरुङ्गी र स-साना जनावरहरूले 'यो सानो फिस्टोको बुद्धिले गर्दा' भनेर प्रशंसा गर्न थाले । फिस्टोले पनि गमक्क पर्दै एउटा रूखको हाँगामा बसेर पखेटा हल्लाउँदै भन्न थाल्यो हेर साथी हो यो हाम्रो जित एकता, साहस र बुद्धिको जित हो । सबै प्राणी एकता, साहस, बुद्धिकै बलमा मात्र बाँच्न सक्तछन् । आपत्ति आइलाग्यो भनेर डराएर भाग्नेहरू जीवित रहन सक्तैनन् । आपत्तिको सामना गर्न सक्नुपर्छ । तसर्थ साथी हो सबै एकै स्वरले भन-एकता, साहस र बुद्धिको जय होस् । हराएकी उनी र जूनकीरीहरू • बाल कथा • यशु श्रेष्ठ • मुना २०६६ साउन उनी यता कुदिन् । उता कुदिन् । यता पो बाटो हो कि ? उता पो बाटो हो कि ? चारैतिर हेर्दै कुदिन् । अहँ, कतै पनि छैन बाटो । 'घर जाने बाटो कता होला ?' एकछिन सोचिन् । 'ए ! यता पो हो कि ?' झाडी पन्छाउँदै अगाडि बढिन् । अहँ, त्यहाँ पनि बाटो छैन । अब के गर्ने होला ? उनलाई डर लाग्न थाल्यो । मुटु ढुकढुक गर्न थाल्यो । आँखाबाट आँसु पनि र्झन लागे । 'आमा ! आमा हो !' रूवाइ मिसिएको आवाजमा चिच्याइन् उनी । 'ए आमा ! आमा .....!' उनी अझै आमालाई बोलाउन लागिन् । अहँ, कतैबाट पनि आमाको आवाज आएन । आमा ! मलाई लिन आउनुस् । बाबा हो ! मलाई लिन आउनुस् । उनी रुँदै झाडी झाडी कुद्न लागिन् । झन् रात पर्दै गयो । जङ्गलमा झनै अँध्यारोले छोप्यो । बाँदरहरू ख्याक् ...ख्याक्.... घ्वाँक्क......घ्वाँक्क कराउँदै-उफ्रदै सुत्ने रूखतिर जाँदै थिए । झ्याउँकीरीहरू झिं ....झिं ... झिं ...चीं...झिं..गरेर एकै स्वरमा कराउन लागेका थिए । उनलाई डरले झन् झन् सताउन थाल्यो । "ए बाँदरदाइ ! मलाई घर पुर्‍याइदेउ न ।" उनी बाँदरहरूसँग मद्दत माग्दै थिइन् । बाँदर उनको कुरा नसुनेरै हाँगा-हाँगामा उफ्रदै थिए । "ए रूख ! मलाई मेरी आमासँग भेटाइदेउन ।" उनी रूखहरूलाई भन्दै थिइन् । रूखहरू सिरसिर पात हल्लाउँदै उभिरहे । "आमा ! आमा हो !" अझै आमालाई बोलाउँदै, रूँदै उनी हिँड्न लागिन् । अँध्यारो गाढा भयो । अब त रूखहरू पनि देखिन छाडे झेँ भयो । बाँदरहरू पनि उफ्रन छाडे । झ्याउँकीरीहरू किरिरि ..... किरिरि गरेको मात्रै सुनिन्थ्यो । "आमा ! आमा !!" उनी त्यहीँ बसेर ग्वाँ ग्वाँ रुन लागिन् । उनी रोएकोबाहेक कुनै मान्छेको पनि आवाज आउँदैन थियो । उनको पछाडिपट्ट िएउटा पात छिसिक्क झर्‍यो । "ए आ...मा ! आबुई !!" उनी त्यहँाबाट जुरूक्क उठेर भागिन् । भाग्दा एउटा रूखमा ठोकिन पुगिन् । उनी त्यहीँ लडिन् । उनलाई त्यहाँबाट उठ्नै मन लागेन । उनी रोइरहिन् । डरले उनको मुटु काँपिरहेको थियो । उनी लडेको ठाउँनिरै एउटा जूनकीरी आइपुग्यो । जूनकीरीको पुच्छरमा पिलपिल बत्ती बलेको थियो । उनले पुलुक्क जूनकीरीतिर हेरिन् । जूनकीरीले पनि उनीतिर हेर्‍यो । "तिमी किन रोएकी ?" जूनकीरीले सोध्यो । कोही बोलेको सुनेर उनी झसङ्ग भइन् । कताबाट आउँदैछ यो आवाज ? कसको आवाज हो यो ? डर मान्दै मान्दै चारैतिर आँखा डुलाइन् । "उठ ! उठ ! त्यसरी भुइँमा सुत्नु हुँदैन ।" उनको अगाडि नै बसेर जूनकीरीले भन्यो । जूनकीरी बोलेको सुनेर उनलाई अचम्म लाग्यो । एकटकले जूनकीरीलाई हेरिरहिन् । "यति राति जङ्गलभित्र ? किन एक्लै सुतिरहेकी ?" जूनकीरीले जिज्ञासा जनायो । उनी बोलिनन् । रोइरहिन् मात्र । "तिमीलाई बोल्न आउँदैन कि क्या हो ?" जूनकीरीले उनको आँसु पुछिदिँदै सोध्यो । "होइन," रुवाइ मिसिएको स्वरमा भनिन् उनले । "अनि भन न त । किन यति राति पनि एक्लै जङ्गलमा बसिरहेकी ?" जूनकीरीले सोध्यो । "मलाई घर जाने बाटो नै थाहा छैन । म कसरी घर जानु त ?" उनले भनिन् । "तिमी एक्लै जङ्गलमा आएकी ?" जूनकीरीले सोध्दासोध्दै 'अँ' भनेर टाउको हल्लाइन् उनले । "घर फर्किने बाटो नै थाहा नपाउने । बच्चा मान्छे पनि एक्लै जङ्गलमा आउने हो त ?" जूनकीरीले मायालु बोलीमा सोध्यो । "म आमालाई खोज्दै जङ्गल आएको हुँ ।" उनले भनिन् । "किन तिम्री आमा हराउनुभएको छ र ?" अचम्म मान्दै जूनकीरीले सोध्यो । "हैन ! मेरी आमा घाँस काट्न जङ्गल आउनुभएको थियो । उहाँलाई भेट्छु कि भनेर म पनि जङ्गलमा आएँ । मैले आमालाई धेरै बोलाएँ । धेरै खोजेँ तर अहँ भेट्न सकिनँ । हुँ ऽ...हुँ ऽ" त्यति भन्दा नभन्दै उनी फेरि रुन थालिन् । "त्यत्रो ठूलो जङ्गल छ । तिम्री आमा एकातिर जानुभयो होला । तिमी अर्कैतिर आयौ होला । अनि कसरी भेट्छौ त आमालाई ? तिमीले बुद्धि पुर्‍याइनछौ । धत्तेरिका ।" भन्दै हात पड्कायो जूनकीरीले । "मलाई त कस्तो डर लागिरहेको छ । म अब कसरी घर र्फकने होला ?" सुँक्क-सुँक्क गर्दै उनले भनिन् । "लौ लौ धन्दा नमान । म तिमीलाई तिम्रो घरसम्म पुर्‍याउने उपाय निकाल्छु । बरु भन त , तिम्रो घरको रङ कस्तो छ ?" जूनकीरीले सोध्यो । "रातोमाटोले पोतेको छ हाम्रो घरलाई ।" उनले भनिन् । "अँ छानाचाहिँ केले छाएको छ नि ?" जूनकीरीले सोध्दै गयो । "खबटाले ।" उनले उत्तर दिँदै गइन् । "घर अगाडितिर के छ नि ?" "अँ ! एउटा आँपको बोट । एउटा टिकुलीको बोट ।" "पछाडिपट्ट ि नि ?" "ठूला-ठूला पाटा भएको खेत छ ।" "तिम्रो घरमा कतिजना छन् ?" "म, भाइ, आमा, बाबा अनि ठूल्दाजु ।" जूनकीरीले उनको घरठाउँबारे धेरै कुरा सोध्यो । त्यसपछि कराउँदै आˆना साथीहरूलाई बोलायो । एकैछिनमा धेरै जूनकीरीहरू आइपुगे । धेरै जूनकीरी आएपछि धेरै उज्यालो पनि भयो । उनलाई अलि कम डर लाग्यो । ल अब हामी तिम्रो घर खोज्न जान्छौँ है ?- धेरै जूनकीरीले एकै आवाजमा भने । केही जूनकीरी उनी भएकै ठाउँमा बसे । उनलाई केही खुसी लाग्यो । जूनकीरीहरू त्यहाँबाट उडे । अन्य ठाउँका, अर्को-अर्को जूनकीरीहरूसँग सम्पर्क राख्दै, सोध्दै उनीहरूले घर खोज्न थाले । जूनकीरी- जूनकीरीबीचको सम्पर्कले गर्दा छिट्टै उनको घर पत्तो लाग्यो । त्यसपछि झन् धेरै जूनकीरीहरू उनी भएको ठाउँमा आए । सबै जूनकीरीहरूको बत्तीको प्रकाशले चारैतिर उज्यालो बनायो । जूनकीरीहरूले भने- लौ हिँड घरमा । "कताबाट जाने त ?" उनले सोधिन् । "हामी बाटो देखाउँदै उड्छाँै । तिमी त्यही बाटैबाटो आउ ल ?" जूनकीरीहरूमध्ये एउटाले भन्यो । "हुन्छ ।" टाउको हल्लाइन् उनले । त्यसपछि जूनकीरीले देखाएकै बाटो पछ्याउन थालिन् । केहीबेरको हिँडाइपछि उनी घर पुगिन् । आमा, बा, ठूल्दाजु उनलाई खोज्दै रहेछन् । आमा त पिलपिल आँसु बगाउँदै रोइरहनुभएकी रहेछ । "आमा .... !" भन्दै उनी गम्लङ आमालाई अँगालो हाल्न पुगिन् । एक्कासी छोरी घरमै आइपुगेको देखेर सबैजना दङ्ग-छक्क परे । कहाँ गएकी थियौ यति रातिसम्म ? धेरै प्रश्नको उत्तर दिनुपथ्र्यो उनले । आफू आमालाई खोज्दै जङ्गल गएको कुरा, जङ्गलमा भएका कुरा सुनाउँदै उनले भनिन्- "मलाई त बाबै, जूनकीरीहरूले घर ल्याई पुर्‍याइदिएका ।" उनको कुरा सुनेर सबै चकित भए । हुन पनि त्यतातिर धेरै जूनकीरीहरू उडिरहेका थिए । कति जूनकीरीहरू 'वाई.... । वाई ..... !' गर्दै फर्किरहेका थिए । कतिपय जूनकीरीहरू रूखको वरिपरि घुम्दै नाचिरहे झैँ गर्दै थिए । "कति जाति बाबै जूनकीरीहरू त !" उनी पनि हात हल्लाउँदै थिइन् । शीर्षक के हो ? (मुना २०६६ साउन ) • बाल कथा • नर्वदा जोशी • मुना २०६६ साउन वर्षाका कारण तराईका अधिकाँश गाउँ डुबानमा परेका थिए । भवानीपुर पनि बाढीकै कारण पूरै जलमग्न भएको थियो । भवानीपुरका सबै घरपरिवार बाढीबाट प्रभावित भएका थिए । कसैको घरबारी बाढीले बगाएको थियो भने कसैका गाईवस्तु बगाएको थियो । गाउँ नै बाढीपीडित भएको थियो । घरमा खानका लागिसमेत केही बाँकी थिएन । बाढीपीडितको सहयोगका लागि केही सङ्घसंस्थाले हात अगाडि बढाए । रेडक्रसले पनि गाउँलेहरूलाई खाद्यान्न र लत्ताकपडा बाँड्यो । विस्तारै बर्षात रोकियो र पानी कम हुँदै गयो । घाम लाग्न थालेपछि त्यहाँका बासिन्दाहरूमा बाँच्ने आशा पलाउन थाल्यो । गाउँमा रहेको एकमात्र प्राथमिक विद्यालय लामो समयदेखि बन्द थियो । त्यहाँ दुई सय बालबालिका पढ्थे । विद्यालयका बेन्च, मेच सबै बाढीले बगाएको थियो । भवनबाहेक केही बाँकी थिएन । स्थिति सामान्य हुन थालेपछि बालबालिका स्कुल जान थाले । भवन र पढाउने गुरुहरू थिए पढ्ने किताब र कापीहरू थिएनन् । बाढीका कारण कापी, किताब काम नलाग्ने भएका थिए । नयाँ कापी किताब किन्ने पैसा कसैका आमाबाबुसँग थिएन । विद्यार्थीहरू विनाकापीकलम स्कुल जान थाले । किताब, कापी नै नभएपछि गुरुहरूले के पढाउने ? एक सातासम्म त जसोतसो काम चलाए तर पनि सबैजना निराश हुन थाले । उनीहरूको समस्याका विषयमा केही समयपछि राष्ट्रियस्तरको एक दैनिक पत्रिकामा समाचार प्रकाशित भयो । समाचारको शीर्षक थियो - कापी किताब बाढीले बगायो, कसरी पढ्ने ? भवानीपुरका स-साना विद्यार्थीहरूले कापी र कलमको अभावमा पढाइ प्रभावित भइरहेको समाचार पढे र कुमारको मन चसक्क भयो । ऊ काठमाडौंको एउटा विद्यालयमा पढ्दथ्यो । आपत् परेको बेला एक नेपालीले अर्को नेपालीलाई सक्दो सहयोग गर्नु परम धर्म हो । त्यसैले भवानीपुरका विद्यार्थीलाई सबै मिलेर रहयोग गर्नुपर्छ । उसले मनमनै सोच्यो । कुमारको विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी पढ्दथे । भोलिपल्टै साथीहरूसँग सबै मिलेर भवानीपुरका साथीहरूलाई सहयोग प्रस्ताव राख्यो । कुमारको सेवामुखी भावना देखेर सबैले सक्दो सहयोग गर्ने वचन दिए । उसको प्रस्ताव सुनेपछि प्रधानाध्यापकलगायत गुरुहरू पनि खुसी भए । 'हामीले यस्तै आपत्मा परेका मानिसलाई सहयोग गर्नुपर्छ । तिम्रो योजनालाई सफल बनाउन हामी सबै लाग्नेछौँ ।' प्रधानाध्यापकले भने । कुमार, शरद, मनीषा र सपनाको समूहले राहत सङ्कलन गर्न समिति बनाएर एक विद्यार्थी एक कापी र किताबका लागि सक्दो आर्थिक सहयोग दिन आहृवान गरे । सबैले दिल खोलेर सहयोग गरे । एकजनाले एक कापीको सट्टा दुई पनि दिए । किताब किन्न आफ्नो एक दिनको खाजा खर्च कटाएर १०/१५ रुपियाँ गर्दै पैसा जम्मा गरे । 'एकले थुकी सुकी सयले थुकी नदी' भने त्यहाँ एक हजारवटा कापी र सात हजार रुपियाँ सङ्कलन भयो । जम्मा भएको कापी र सात हजारको पुस्तक किनेर भवानीपुरका विद्यार्थीका लागि पठाइयो । किताब, कापी पाएपछि भवानीपुरका विद्यार्थी खुसी भएर आफ्नो पढाइलाई अगाडि बढाउन थाले । नयाँ वेद • बाल कथा • शारदारमण नेपाल • मुना २०६६ साउन हाम्रो आफ्नो वेद छैन हजुर बा ? उनीहरूको जस्तै हाम्रो पनि आफ्नै वेद छैन ? "के भन्छ यो ?" हजुरबाले विद्यालयमा पाँच कक्षा पढिरहेको नाति रिठ्ठेतिर हेर्दै भन्यो- "के कुरा गर्‍या तैँले ?" "आज विद्यालय चाँडै छुट्टी भो' ! विद्यालयमुनि बराजुको घरमा कथा लाग्या छ नि ! म पनि हेर्न सुन्न गा'थेँ । पर्खालमा बसेर सुनेँ । कथामा वेदका कुरा आ'थ्यो । बराजुहरूको वेद छ रे ! वेदमा ज्ञानगुणका कुरा छन् रे ! मान्छे कसरी बुद्धिमान हुन्छ सबै कुरा वेदमा छ रे ! त्यो वेद जनै लगाउने बराजुहरूले मात्रै पढ्न सुन्न हुन्छ रे ! मलाई पनि जनै लाइदिनुस् न । म पारिघरे पण्डित बराजुकोमा वेद पढ्न जान्छु, हुन्न हजुरबा ? मलाई पनि ज्ञानगुण पढेर बलियो हुन मन छ । बुद्धिमान हुन मन छ । मलाई पनि बराजु हुन मन छ । हुन्न हजुरबा ?" बेलुका आरनमा कामका औजार ठाउँ-ठाउँमा तह लगाएर राख्न लागेका गुन्जमान कामीसित रिठ्ठेले सोध्यो । नातिका कुरा सुनेर गुन्जे डरायो । कलिलैमा यो नाति बहुलाउन त लागेन ? कामी भएर जनै लाउने, वेद पढ्ने कुरा गर्छ ? बहुलायो भने के गर्ने ? लक्का जवान छोरो गोल पोल्न जाँदा जङ्गलमा अरिङ्गालले टोकेर मर्‍यो । यो एउटा फूलको बिरुवा ! लाहुरे जेठाले पढाउनुपर्छ भनेर हप्काए । पढ्न पठाएँ । अब के गर्ने ? हजुरबा ट्वाल्ल परेको चाल पाएर रिठ्ठेले थप चासो राख्दै सोध्यो- "किन हजुरबा ? वेद पढेर मैले बुद्धिमान बन्न हुँदैन ? म बुद्धिमान बनेँ भनेँ ठाउँ ठाउँ जान्छु । बुद्धिको काम गर्छु । धन कमाउँछु । तपाईंले आरनमा काम गर्न पर्दैन नि ! यति बुढो हुँदा पनि तपाईंले घन चलाएको देख्दा मलाई तपाईंको माया लाग्छ ।" नातिका कुरा सुनेर गुन्जका आँखामा आँसु भरियो । चिमिक्क चिम्लेर आँसुका ढिक्का बाउलाले पुछ्दै गुन्जले भन्यो- "उनीहरूको वेद हामीले पढ्न सुन्न हुँदैन बाबै ! सुन्यो भने बहुलाइन्छ भन्छन् ।" "त्यो त मैले पनि सुनेँ । कथामा त्यो कुरा पनि भनेका थिए । त्यही सुनेर त मैले तपाईंसित सोध्या' नि ! भन्नुस् न हाम्रो आफ्नो चाहिँ वेदै छैन ? छ भने अक्षर जानेकै छु । कसैले नपढाए म आफैँ पढ्छु । हाम्रो वेद पढेर त बहुलाइँदैन होला नि ! बराजुका जस्ता नबुझिने भाषामा पनि छैन होला हाम्रो वेद ।" नातिका कुरा सुनेर गुन्ज थप डरायो । यो त अहिल्यै बर्बराउन थाल्यो के गर्ने ? जान्नेकोमा लानुपर्छ क्यारे । गुन्जले लिङ्गेधामी सम्झ्यो । लिङ्गेले धामी बसेर कार्मी कान्छालाई 'बोल् बोल्' भन्दै बकाएको सम्झ्यो । कुन चाहिँ बदमासले मेरो नातिलाई बहुलठ्ठी सल्काइदिएछ । "गुन्जे दाइ ! मेरो फाली बनिसक्यो त ?" अचानक आरनमा उभिन आइपुगेका खोल्चे लाउरेको आवाजले गुन्ज झसङ्ग भयो । हेर्दै भन्यो- "ओहो, ढुङ्गो खोज्दा देउता भेटियो । तपाईं त देश परदेश गएको जाने बुझेको मान्छे । मेरो यो नाति पाँचमा पढ्छ । यसले आज कहाँ के सुन्यो कुन्नि ? वेद पढ्छु भन्न थाल्या छ । यसलाई कहाँ लगेर ठीक पार्ने ? झाँक्री साहिँलाकोमा लाने कि ? उसले वन झाँक्रीसँग पनि सिकेको रे, हैन ?" "कुरा के हो भन त बाबु ?" - लाहुरेले रिठ्ठेको काँधमा हात राखेर आत्मीयता जनाउँदै सोध्यो । रिठ्ठेले मेसैसित आफ्नो कुरा भनेपछि लाहुरे मुक्त कण्ठले हाँस्यो । गुन्जलाई अचम्म लाग्यो । यो लाहुरे त हामीजस्ताको भलो गर्ने मान्छे थियो । भबकाजीले साइतमा म देखिएँ भनेर ठाँटीको मूल बाटोमा मलाई कुट्न झम्टँदा यसैले छेक्या'थ्यो । काजीलाई कुरैकुराले र्‍याख्र्‍याख्ती पार्‍या'थ्यो । "गुन्जे दाइ, तपाईं किन डरा'को ? रिठ्ठे बिरामी भा'को त हैन नि ! यो त ज्ञानको भोक जागेको हो । हामीलाई बेलाबेला पेटको भोक जागे जस्तै यसको टाउकोमा ज्ञानको भोक जाग्यो । यसलाई आफ्नो वेद खोज्न र पढ्न मन लाग्यो । मैले लाहुरमा छँदा एकजना भयङ्कर पण्डित कामी भेटेको छु । उनको भाषण सुनेको छु । उनलाई वेद पुराण धर्मशास्त्र सबै कण्ठ थियो । उनको अगाडि कुनै बराजु आँऽ गर्न सक्दैनथ्यो । उनी भन्थे 'वेद सबैले पढ्न हुन्छ । त्यसमा राम्रा ज्ञानका कुरा छन् भने सबैले लिन हुन्छ । मानिसलाई अछुत भन्ने र वेद पढ्न नदिनेहरू अपराधीहरू हुन् । ज्ञान पनि कसैले पाउनहुने कसैले पाउन नहुने भन्ने कुरा हुन्छ र ? त्यस्तो हुँदै हुँदैन । हुनै हुँदैन । बरु हामीले बुझ्नुपर्ने नयाँ कुरा के छ भने त्यो पुरानो वेद पुराणले आज हाम्रो काम चल्दैन । हामीले सङ्घर्षमा उत्रेर आफ्नो लागि वेद आफैँले लेख्नुपर्छ । नयाँ वेद लेख्नुपर्छ । नयाँ वेद लेख्नका लागि पुराना वेदहरू पनि पढ्न चाहिँ पर्छ । हामी पढौँ । भेटे जति पढौँ । संसारमा ज्ञान गुनका जति किताप पाइन्छन् सबै पढौँ र आफ्नो वेद आफैँ लेखौँ ।' मैले अहिले रिठ्ठे बाबुका कुरा सुनेर ती पण्डितलाई सम्झेँ । तिनको भाषण सम्झेँँ । हेर्नुस् गुन्जे दाइ, यो बाबु भोलि गएर हाम्रो मुलुकका त्यस्तै ठूला मान्छे बन्ने छाँट पो देखेँ मैले त !" बोल्दाबोल्दै आवाजको गति मन्द पार्दै लाहुरेले भन्यो- "मसित धन हुँदो हो त म यी बाबुलाई पढ्न उतै पठाइदिन्थेँ ।" यो आजभन्दा पैंतीस-चालीस वर्ष अगाडिको संवाद-घटना हो । राजधानीको नजिकै जिल्लाका गाउँको घटना हो । आज त्यस गाउँमा गुन्जकामी र खोल्चे लाहुरे दुवै छैनन् । हजुरबा बितेपछि आमा लिएर रिठ्ठे कलिलै उमेरमा सहर पस्यो । धेरै हण्डर खायो तर कहिल्यै हरेस खाएन । काम खोज्दै कति कारखानामा पुग्यो । कतिमा खटेर काम गर्‍यो । जतिसुकै खटेर काम गर्नुपर्दा पनि रिठ्ठेले पढ्न छाडेन । बालाजुमा डेरा गरी बस्ने रिठ्ठे पढ्नको लागि बेलुका नक्साल पुग्थ्यो । त्यसताका काठमाडौंमा रात्रि हाइस्कुलहरू धेरै थिएनन् । दुःखमा पिल्सेको शरीर । त्यसमा पनि दमको रोगी । काठमाडौंको चिसो कोठा तताउने साधनको अभाव । आमा गौंथलीले आफ्नो होनहार असल छोरा रिठ्ठेलाई धेरै वर्ष साथ दिन सकिनन् । माघमा एसएलसीको जाँच थियो । त्यसै वर्ष पुसमा गौंथली बितिन् । बित्नुअघि पीडा दबाउँदै सासको भाषामा गौंथलीले भनेकी थिइन्-"रिठ्ठे मेरो प्यारो छोरा तिमी जस्तै परे पनि पढाइ नछोड है ! तिमीले पढेर सिकेर यस मुलुकको ठूलो मान्छे बन्नुपर्छ । खराब चलन उखेलेर असल चलन रोप्ने हुर्काउने मान्छे बन्नुपर्छ । आफ्नो वेद आफैँ लेख्न सक्ने मान्छे बन्नुपर्छ ।" आमाका इच्छा सुनेर रिठ्ठेका मुटुमा गाँठो परेको थियो । कष्टका बेला आमालाई अरू कष्ट नथपियोस् भनेर ऊ रुन सकेको थिएन । घुँक्क हुनलागेकालाई रोक्दै सम्हालिँदै रिठ्ठेले भनेको थियो- "आमा म पढ्छु । धेरै धेरै पढ्छु । म असल मान्छे बन्छु । अहिले तपाईंको रोग निको पार्न सकिनँ । राम्रा ठाउँमा पुर्‍याएर उपचार गर्न सकिनँ । मलाई यसको घिड्घिडो छ आमा । म यो बिर्सन्नँ । म भोलि तपाईं जस्ता लाखौँ आमाको दुःखकष्ट हटाउनसक्ने छोरा बन्छु । नेपाल आमाको दुःखकष्ट हटाउन सक्ने छोरा बन्छु बन्छु आमा, म रातदिन खटेर पढ्छु सिक्छु । म मेरी आमाको इच्छा पूरा गर्छु ।" छोराको आश्वासन सुनेर सास जाने बेला पनि गौंथली मुस्कुराएकी थिइन् । आमाको त्यो सन्तोषको अनुहार रिठ्ठेको सम्झनामा अहिले पनि ताजा छ । यसैबीच समय फेरिएको छ । ठूला ठूला जनसङ्घर्षका क्रममा जनताको सोच समयमा पनि परिवर्तन आउन थालेको छ । रिठ्ठे अर्थात्् रिठ्ठे कामी अहिले नेपालका ठूला विद्वान् समाजसेवीमध्येको अगाडि गनिने नाम बनेको छ । जनसङ्घर्षका नायकहरू मध्ये गनिने नाम अगाडि बनेको छ । ऊ प्राध्यापन गर्छ । राजनीति पनि गर्छ । उसमा ज्ञान गुनको गहिराइ देखेर विद्यार्थीहरू हुरुक्क हुन्छन् । भाषण गर्दा लाखौँको जनसमूहलाई जुरुक्क पार्न सक्छ रिठ्ठे । सादा जीवन उच्च विचार । यस भनाइको नमुना जस्तो छ रिठ्ठे । गाउँमा पुगेको बेला रिठ्ठे अहिले पनि हजुरबा र लाहुरे काकाको कुरा गर्छ । तिमीहरूका नाममा रिठ्ठेले आफ्नो जग्गा-जमीन बेचेर जेहेनदार छात्रवृत्तिको लागि त्यहाँका स्कुलको खातामा पैसा राखिदिएको छ । रिठ्ठेले यति ठूलो मान्छे हुँदा पनि आफ्नो नाम उपनाम केही फेरेको छैन । यसै नाममा गर्व गर्छ ऊ । रिठ्ठे कुनै एउटा जात जातिलाई मात्र होइन सारा नेपाल र नेपालीलाई माया गर्छ । रिठ्ठे अहिले नेपाली जनतासित मिलेर जनताको वेद लेख्ने अभियानमा लागेको छ । ऊ अहिले जनताका संविधान जनताबाट लेख्ने लेखाउने महान् अभियानमा लागेको छ । अहिले पनि ऊ जोड दिएर भन्छ- त्यसै कहाँ लेखिन्छ र जनताको वेद ? जनताको ठूलो सङ्घर्ष र आन्दोलनले मात्र लेखिन्छ । क्रान्तिले लेखिन्छ । यो काम गर्न धेरै वर्ष लाग्न सक्ला तर एकदिन त्यो लेखिन्छ । हाम्रो अतीत उज्यालो थिएन र वर्तमान पनि झलमल्ल छैन । भविष्य भने उज्ज्वल छ- जनताको भविष्य उज्ज्वल छ । हामी त्यही उज्ज्वल भविष्यका लागि नयाँ वेद लेख्दैछौं । नादिया र परेवाहरू • सामाजिक कथा • मणि लोहनी • गोरखापत्र 'उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।' आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान हुँदैन भन्नेमा ऊ विश्वस्त थियो । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे । 'मैले मानिन ।' नादियाले लामो सुस्केरा फाली । इराकी नौजवानहरूका खुनमा दौडिएको राष्ट्रियता उनको खुनमा पनि थियो । किनभने मेरा पति पनि इराकी जवान थिए ।' अफरोज इराकी सेनाको ज्यादतीलाई नरोकी बाबु बन्न पनि चाहँदैनथे । उनी अक्सर नादियासँग भन्थे रे, 'हेर हामै्र जीवनको कुनै ठेगान छैन । यस्तोमा के सन्तानको लोभ गर्नु ? हामी मर्यौं भने तिनीहरूको विचल्ली हुँदैन ?' 'अफरोजको यो प्रश्नको मसँग कुनै जवाफ थिएन । त्यही भएर पछिल्ला दिनहरूमा मैले उनीसँग सन्तानको जिद्दी गर्न छाडिदिएँ ।' पछ्यौराजस्तो सानो कालो कपडाले उनले कपाल छोपिन् । मोटो भए पनि फुर्तिलो कालो ज्यानकी उनी मसँग पति वियोगका कुराहरू गरिरहेकी छिन् । आफूलाई आत्मघाती विस्फोटमा मर्न प्रोत्साहन गर्ने निर्दयी पतिको वियोगमा उनी विहृवल थिइन् । भनिन् 'ऊ त मरिहाल्ने रैछ । मैले उसले भनेको मानेको भए पनि हुने रहेछ । कम्तीमा ऊ खुशी त हुन्थ्यो ।' यतिखेर हामी इराकी राजधानी बग्दादमा रहेको एक महिला शरणार्थी शिविरमा छौँ । यहाँ सयौँ विधवा महिलाहरू छन् । मानिसका लागि सहयोग भन्ने एक अन्तर्राष्ट्रिय संस्थाले मलाई यहाँसम्म आउने अवसर दिएको हो । विश्वका प्रायः सबै मुलुकमा सञ्जाल भएको मानिसको लागि सहयोग भन्ने संस्थाले विशेषगरि द्वन्द्व र युद्धका चपेटामा परेका महिलाहरूको पक्षमा काम गर्छ । यसै संस्थामा आवद्ध रहेकी महिला अधिकारकर्मी हाना हदवरले यस महिला शरणार्थी शिविरमा भएका कामहरू हामीलाई बताइरहेकी छिन् । मसँगै पाकिस्तानका फारुक रहमान, जापानका अकिहितो नोकु र भारतकी शलिना वर्मा छिन् । अकिहितो र शलिना महिला अधिकारकर्मी हुन् भने फारुक र म पत्रकारका नाताले यहाँ छौँ । शिविर आइपुगेको दोस्रो दिन बिहान म आफ्नो कोठाको झ्यालमा बसेर बैराग लाग्दो इराकी राजधानी नियालिरहेको थिएँ । टाढा टाढासम्म रुखविरुवा कतै नदेखिने यो रङ्गहिन सहरभन्दा पनि निरिह छ यो शिविर जहाँ हामी छौँ । शान्त र जीवनहीन जस्ता देखिने सयौँ महिलाहरू मौन र चुपचाप छन् यहाँ । कोही कसैसँग बोलेको सुनिदैन । हाना बताउँदैन थिइन् । शिविरभित्रका महिलाहरू अकसर एक आपसमा बोल्दैनन् रे । पीडाले आक्रान्त उनीहरू थाहा छैन मौनतामा कस्तो शान्ति भेट्थे ? त्यसो त मौनतामा झन् ठूलो कोलाहल हुन्छ । झन् ठूलो तनाव र झन् ठूलो पीडा हुन्छ । 'बोल्नै पर्ने कुरामा पनि थोरै बोल्छन् यिनीहरू' हानाले भनेकी थिइन् 'यिनीहरूको मनमा अलि राम्रो जीवन पनि बाँच्न सकिन्छ भन्ने भावना जन्माउनु निकै कठिन काम हो ।' त्यसो त इराक प्रवेश गरेदेखि नै मैले त्रास र तनावमुक्त आँखा कसैको पनि देखिन । यही हाना जो लामो समयदेखि यस शिविरमा काम गरिरहेकी छिन् उनकै आँखामा पनि विचित्रको डर छ । 'हाना, यो के को डर हो तिम्रो आँखामा ?' शिविर आइपुगेकै साँझ मैले सोधेथेँ । 'अरूलाई भन्ने त हुँदैन लोहनी, तर हामी पनि कहाँ सुरक्षित छौँ र ?' मन डरले ढक्क फुल्यो । 'किन के भनेकी ?' म आँत्तिए । 'हामी इराकी आतङ्ककारी र अमेरिकी सैनिक दुवैको तारो छौँ । किनभने हामीले इराकी सामान्य नागरिक होस् या आतङ्ककारी सबैका विधवालाई यहाँ शरण दिएका छौँ । आतङ्ककारी र अमेरिकी सैनिक दुवैलाई लाग्छ, यहाँभित्र बसेर हामी उनीहरूका विरुद्धमा योजना बनाइरहेका छौँ । त्यही भएर यहाँ पटक पटक आक्रमणका प्रयास पनि भएका छन् ।' हानाको कुरा नसकिँदै शलिना डरले मेरो हात चपक्क समाउँछे । म उनको कुममा हात राख्छु र नडराउन अनुनय गर्छु आँखाले । म अघि कुरा गर्दैथिएँ शिविर आइपुगेको दोस्रो दिन बिहानको । त्यस बिहान झ्यालबाट बाहिर हेरिरहँदा मैले जीवनविहिन झैँ शिविरको एक कुनामा एउटी २४-२६ की महिलाले परेवालाई चारो खुवाउँदै गरेको देखेँ । आफ्नै जीवनमाथि विश्वास र सम्मान गर्न नसकिरहेकाहरूको यो भीडमा अरूको जीवनको ख्याल गर्दै चारो खुवाइरहेको दृश्यले मलाई निकै रोमाञ्चित बनायो । म कोठाबाट तल ओर्लिएँ । उनीसँग परिचय गरिहालेँ । त्यही चारो खुवाउँदै गरेको अवस्थामा भेटेकी महिला नै हुन् नादिया हुसेन । उनका पति र तीन दाजुभाई अमेरिकी सैनिकबाट मारिए । बाबुआमा पहिल्यै स्वर्गे भइसकेका थिए । उनको घर जलाइयो । पछिल्ला महिना नादियाले अझ बढी कष्टमय दिनहरू झेल्नुपर्‍यो । अहिले उनी यही शरणार्थी महिला शिविरमा छिन् । यो ठाउँ इराकी विधवाले समाजमा खेप्नु परेको जोखिम र सास्तीबाट बच्ने ठाउँ हो । यहाँ उनको काम भनेको खाना पकाउने हो । बिहानको एक समय भने उनी सधैँ परेवालाई चारो खुवाउन भुल्दिनन् । 'यिनीहरूको जीवनको पनि के भर, कतिवेला कहाँ बमको छर्राले भेट्टाउने हो ?' उनले फेरि लामो सुस्केरा फालिन् 'यहाँ कसैको पनि जीवन सुरक्षित छैन । तपाईंहरूको पनि छैन ।' नादियाका शब्दहरू गोलीका पर्राजस्तो लाग्छ शलिनालाई शायद र उनी फेरि मेरो हात समाउन आइपुग्छिन् डरले । 'मेरा श्रीमान् मलाईभन्दा बढी देशलाई माया गर्थे र म उनलाई भन्दा बढी माया कसैलाई पनि गर्न सक्दिनँें । मलाई आफ्नो जीवनको माया लागेकै उनको कारणले हो । उनी नहुँदा हुन् त म उहिल्यै शरीरमा आत्मघाती बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा छिरिसकेकी हुन्थेँ ।' प्रेममा पनि यो कत्रो आतङ्क । यो कत्रो विध्वंस । सुनेर हामी हैरान हुन्छौँ । अकिहितो त आँखाभरि आँसु बोकेर नादियालाई हेरिरहन्छ । इराक छिरेदेखि नै उ त नर्वस जस्तै भएको छ । राम्रोसँग बोल्न पनि सकिरहेको छैन । बेलाबेलामा जापान फर्किन नपाइने हो कि भन्ने चिन्ताले ऊ व्याकुल पनि हुन्छ । 'तर अब मलाई डर छैन ।' नादियाका काला ठूला आँखा राता हुन्छन् । 'हेर्नोस् अफरोज मारिए पछि मेरो जीवनको पनि कुनै सार रहेन । अब म बमले आफैँलाई उडाइदिन चाहन्छु । म मलाई अति नै प्यारो लागेको मानिसलाई मबाट छिनेर लैजानेहरूलाई मार्न चाहन्छु ।' नादियाको मनमा उम्लिएको बदलाको भाव देखेर हामीलाई नरमाइलो लाग्छ । यो शिविरमा अन्य कैयौँ विधवाहरू छन् । उनीहरू कसैको मनमा पनि यस्तो बदलाको भाव देखिएको थिएन । उनीहरू जे भयो त्यसलाई 'अल्लाहको इच्छा' भन्ने ठान्दा रहेछन् । नादिया बदलाभाव भएकी एक्ली महिला भए पनि पतिवियोगको पीडा आउने उनी एक्ली महिला होइनन् । सन् २००३ मा आक्रमण हुनु अघि नै इराकमा लाखौँ विधवा थिए । धेरैले सन् १९८० को इरान युद्धमा पनि पति गुमाएका थिए । अहिले पनि प्रतिदिन सय जना इराकी महिलाहरू विधवा हुने गरेका छन् । बग्दादमा जहाँ गए पनि मस्जिदको बाहिर सिँढीमा माथिदेखि तलसम्म कालो बुर्काले छोपिएका महिलाहरू भेटिन्छन् र ती सव विधवा इराकी हुन् । साता दिन लामो बसाई सकेर हामी जोर्डन फर्किन्छौँ । तीन दिनपछिका लागि हामी सबैको एयर टिकट मिल्छ । यहाँबाट हामी चारैजना आ-आफ्नो देश फर्किंदै छौँ । मानिसका लागि सहयोगको जोर्डनस्थित कार्यालयलाई हामीले बग्दादको रिपोर्ट बुझाउनु पर्नेछ । साँझ म कोठामा बसेर रिर्पोटको खेस्रा गरिरहेको हुन्छु । शलिना हुत्तिदै आउँछिन् र मलाई अँगालेर रुन थाल्छिन् । त्यत्तिकैमा फारुक र अकिहितो पनि रुँदै आइपुग्छन् । म केही बुझ्दिन । 'के भयो किन रोएको ?' म काखको ल्यापटप टेबुलमा राख्छु । मेरा आँखा पनि भरिसकेका छन् डरले । 'हामी बग्दादमा बसेको महिला शिविरमा अमेरिकी सेनाले बम आक्रमण गरेछ । हाना लगायत ३७ विधवाहरू मरेछन् ।' शलिनाले रुँदै भनिन् । 'अनि नादिया ?' मैले एक्कासी नादियालाई सम्भिmएँ । कोही पनि बोलेनन् । मलाई त्यो ३७ जनामा नादिया नपरे हुन्थ्यो झँै लागिरहृयो । पछि थाहा भयो हामी आएकै बिहान नादिया शिविरबाट भागिछिन् र शरीरभरि आत्मघाती बम बेरेर बग्दादको उत्तरमा पर्ने फालिका रोडमा अवस्थित अमेरिकी सैनिक क्याम्पमा छिरिछिन् । विस्फोटमा ११ अमेरिकी सैनिकको ज्यान गएछ । त्यही घटनाको बदलामा अमेरिकी सैनिकले भोलिपल्ट बिहान शिविरमा बम प्रहार गरेको रहेछ । सयौँ हताहत छन् भनेर अलजजिरा टेलिभिजनले बताइरहेको थियो । मलाई भने नादिया र चारो खान आउने परेवाहरूको मात्र याद आइरहृयो । खम्बुवान्को लोककथाः रिथु चरा • लोक कथा • चन्द्रकुमार हतुवाली • मधुपर्क २०६६ साउन नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए । कामको विभाजनअनुसार बुहारीले घरधन्दा गर्नु पर्दथ्यो । गाउँको चलनअनुसार बुहारीले भालेको पहिलो डाकमा उठेर पिउरी काढ्ने, ढिकी कुट्ने, जातो पिस्ने काम गर्नु पर्दथ्यो । त्यसरी नै पानी ल्याउने र बिहानको लागि खाजासमेत सखारै तयारी गरिसक्नुपर्दथ्यो । त्यसपछि मात्र बाहिरफेरको काममा निस्कनु पर्दथ्यो तर बुहारी भने महाअल्छिनी थिई । घामले ओछ्यान भेट्टाउँदासम्म पनि सुतेकै हुन्थी । यतिबेलासम्म गाउँका बुहारीहरूले सारा घरभित्रको धन्दा सकेर पनि बाहिरफेरको काममा जान भनी तम्तयार हुँदासम्म पनि उठेकी हुन्नथी । यसैकारण उनको सारा काम थाँती रहन पुग्थ्यो । कामको मेलो नसरेर आजको काम भोलि हुन पुग्दथ्यो । भोलिको काम पर्सी रहन्थ्यो । बुहारी मान्छेको काम थाँती राख्नु स्वभावैले राम्रो हुन्नथ्यो । त्यसैले सारा गाउँलेले उनको कुरा काट्ने गर्दथे । बाउसे हली पनि बुहारीजस्तै अल्छे थियो । उनको मन भने कसरी दिन काट्ने र कति बेला घाम जान्छ भन्ने मात्र थियो । घाम हेर्दै गोरु दौडाउने गर्दथ्यो । काम नाम मात्रको हुन्थ्यो, राम्रो हुँदैन थियो । उसले जोतेका मेलोमा छेउभित्ता त खाली रहन्थ्यो नै, बीच भागतिर पनि लुम्सो छाडिएको हुन्थ्यो । मेलो राम्ररी नजोतिएकोले छेउकुना गर्ने तथा डल्ला फुटाउनेले मजाले कतै नछाडी खन्नुपर्दथ्यो । नत्र बालीनाली लगाएर खाउँला भन्ने नचिताए पनि हुन्थ्यो । राउसेको काम भने घाँस काट्नु र गाईवस्तु चराउने गोठालो थियो । उसको बानी भने जङ्गलमा गाईवस्तु छोडेर गीत गाउँदै रउस गर्नुपथ्र्यो । यसको लागि गोठालो र जङ्गल नै उपयुक्त थियो । यहाँ कसैको कचकच सुन्नु पर्दैनथ्यो । विनाबाधा एकसुरले गीत गाउन पाउँथ्यो । वस्तुलाई चरणमा छोडेर आफूखुसी एकोहोरो गीत गाउन पाउने भएकोले बिहान एकभारी घाँस ल्याई खाना खाई बेलैमा गाई फुकाएर गोठालो गर्न जङ्गलतिर लाग्ने गर्दथ्यो । वस्तुहरूलाई जङ्गल मात्र के पुर्‍याएको हुन्थ्यो, चरणमा छाडिदिएर ऊ भने कि अग्लो ढुङ्गा, कि त डाँडा वा यस्तै गीत गाउने अनुकूल ठाउँ खोजेर गीत गाउन थालिहाल्थ्यो । प्रायः दिनभरि जस्तै गीत गाइरहेकै हुन्थ्यो । एकदिन सधैँझैँ राउसेले वस्तुहरूलाई चरणमा छोडेर ठूलो ढुङ्गामाथि चढेर मन मारेर गीत गाउन थालिहाल्यो । गीत गाउँदै गयो सधैँको भन्दा झन् भन्दा झन् गीत मीठो लाग्दै गयो । गीत गाउने धूनमा साँझ परेको पनि पत्तै भएनछ । गाउँदागाउँदै अचानक रोकिन पुग्दा पो पूरा साँझ परिसकेको रहेछ । गाईवस्तु कता गए थाहापत्तै पाउन सकेन । उसका गाईहरूमध्येको एउटा गाईको नाम रिथु थियो । कतै रिथुलाई बोलाउँदा पो आउँछन् कि भनेर बोलायो पनि, होइन । अहँ, कतै रिथुको स्वर आएन । गोठतिर फर्किसके कि भनेर ऊ पनि फक्र्यो तर यहाँ पनि आएका रहेनछन् । गोठ रित्तै थियो । त्यसैले फेरि वस्तु खोज्न जङ्गलतिर नै फर्क्यो । जङ्गल पुगेर ओल्लोडाँडो र पल्लोडाँडो गर्दै रिथु गाईलाई बोलायो । घरि रूखको टुप्पो र घरि ढुङ्गामाथि चढेर बोलाउँछ, अहँ, थाहापत्तो लागेको होइन । उसको केही सीप लागेन । सबै वस्तु हराएकाले डरले घर र्फकन पनि सकेन । जङ्गलतिर नै रिथु गाई बोलाउँदै वस्तुको खोजी गर्दै बस्न थाल्यो । यही क्रममा उसले चरोको रूप धारणा गर्न पुग्यो । चरो भएर पनि रिथु गाईको नाम बोलाउन छोडेन । चरो भएपछि त झन् रूखको टुप्पोटुप्पोमै बस्दै रिथु गाई बोलाउँदै उड्दै घुम्न थाल्यो । रिथु गाईकै नामबाट उसलाई पनि रिथु चरीकै नामबाट मानिसहरूले बोलाउन थाले । अहिलेसम्म पनि रिथु चरीले रिथु गाई भेट्न सकेको छैन, एकाहोरो रिथुरिथुको बोलमा बोलाउँदै कराइरहेकै छ । राई गाउँमा रिथु चरी एकोहोरो कराइरहेको सुनेमा साह्रै दुःख पाएको सम्झन्छन् । त्यो समयमा राई बूढाबूढीहरू आफ्नो वरपर केटाकेटीहरू भएमा रिथु चराको कहानी सुनाउन थाल्दछन् । त्यसरी नै कोही राईले साह्रै मन मारी गीत गाएको सुनेमा पनि राई बूढाहरूले- ''लौ न यो मान्छेले पनि दुःख पाउने भयो''’ भन्ने गर्दछन् । अर्थात् राई जातिमा धेरै र मीठो गीत गाउनेले दुःख पाउँछ भन्ने मान्यता रहेको पाइन्छ पूनरावृत्ति • सामाजिक कथा • हेमनाथ घिमिरे सधैं झैं आज पनि बिहानको नित्यकर्म सकेपछि स्वास्थ्यचौकीबाट मूल सडकतिर ओर्लिएर मायाको चिया पसलतिर लागेँ । स्वास्थ्य शिविरको लागि यहाँ आएको दोश्रो पटकदेखि नै उनको पसलमा गएर बिहानको चिया पिउने बानी परेको थियो । स्वास्थ्यचौकीबाट उनको पसल पुग्न करीब १२-१५ मिनेट हिँड्नु पर्ने हुँदा मलाई बिहानको कसरत पनि हुन्थ्यो । त्यसैले अरु साथीहरू नगएको बेलामा म एक्लै भए पनि जाने गर्थेँ । वरपरका सबैले मायाकी आमालाई जेठी भन्ने गरेकोले मैले पनि उनलाई जेठीदिदी भन्थेँ । जे-जस्ता समस्या र छिमेकीसँग तीतो-मीठो जे परे पनि म पुगेको हरेक समयमा जेठीदिदी हँसिलो मुहार सहित मीठो बोलीमा “बाबुलाई सञ्चै छ ?” भनेर सोध्थिन् र मीठो चिया बनाएर दिन्थिन् । उनको त्यो हँसिलो मुहार र काम गराइको फुर्ती देख्दा मलाई अचम्म लाग्थ्यो । यस्तो पीडा र कष्टकाबीच पनि यी जेठीदिदी आफूले काँडाको घोचाइ सहेर अरुलाई फूलको जस्तो मीठो मुस्कान बाँड्न कसरी सकेकी होलिन्, आफूले बिष पिएर पनि अरुलाई अमृतरुपी बचन प्रदान गर्ने शक्ति यिनमा कहाँबाट आयो होला जस्तो लाग्थ्यो । तर आज पसलमा पुगेपछि पहिलो पटक यिनैलाई मुर्झाएको देख्दा मेरो मन पनि खिन्न भयो र “के भो जेठीदिदी आज ?” भनेर सोध्दै आफू सधैं बस्ने गरेको ठाउँमा गएर बसेँ । सधैं यति बेलासम्ममा तरकारी, सेल, मासु, अचार र चिया समेत तयार गरेर पाउनाको स्वागतमा मीठो मुस्कान छर्दै बस्ने जेठीदिदीको अनुहार आज फुङ्ग उँडेको थियो भने उता चूलोमा दाउरा समेत जोडिएको थिएन । एकदम मलिन स्वरमा उनले “बाबुलाई चिया बनाउँ है ?” भनेर सोधिन् । म सधैं यहाँ चिया पिउन नै आउँथेँ र कहिल्यै पनि उनले मलाई चियाकोलागि सोध्नु पर्थेन । तर आज मलिन स्वरमा उनले सोधेको देख्दा मलाई लाग्यो आज यिनलाई पक्कै कुनै ठूलो चोट परेको छ र यी होश हराए झैं भएकी छिन् । मैले सान्त्वनाको स्वरमा “जेठीदिदी आज म चिया पिउँदिन, भो दुःख नगर्नुस्” भनेँ र “माया कता गइन् त खै ?” भनेर सोधेँ । मायाको नाम सुन्नासाथ उनी झन् निद्याउरो भएर रुन पो थालिन् । मैले आफ्नो शंका सायद यथार्थमा बदलिएछ भन्ने लख काटेँ । जेठीदिदी छेउमै बसेर गुनासो गर्न थालिन् “बाबु, मैले त्यसलाई कति दुःख कष्ट गरेर हुर्काएँ, अरुको कस्तो बचन सहेर ठूली बनाएँ र स्कूल समेत पठाएँ । अहिले ल हेर्नुस् त, मलाई एक बचन नसोधी, मैले भनेको नटेरेर त्यही तिले डाईबरसित पो हिँडिछ । बाबुलाई थाहै छ मैले जति दुःख गरेर भएपनि त्यसलाई हाईस्कूल पास गराएर गाउँकै स्कूलमा पढाउन सक्नेसम्म बनाउँछु भनेकी थिएँ । तर आज त्यस्ले मेरो मुटु टुक्रा पारेर गई बाबु । मेरो जस्तो कष्ट त्यस्लाई खप्न नपरोस् भनेर सधैं आफैं खटेर भगवानसँग त्यस्को जिन्दगी राम्रो होस् भनेर प्रार्थना गरेँ । जे नहोस् भनेर चिताएको थिएँ, त्यही भयो । त्यो तिलेको घर ठेगान केही छैन रे । अब म के गरुँ बाबु ?” यति भन्दै उनी रुन लागिन् । जीवनमा अनेक दुःख कष्ट ब्यहोरेकी र खपेकी यिनलाई म भर्खरको युवाले के सम्झाउन सक्थेँ र । तैपनि ढाढस दिनको लागि “दिदी के गर्ने, आफ्नो भाग्यमा जे लेखिएको छ त्यही नै परि परि आउँछ, कसैले टार्न सक्दैन । अब चिन्ता लिएर बसेर मात्रै के हुन्छ र । हामीले त अब उसको भविष्य राम्रो होस् भनेर आशीक दिने, सकेको सहयोग गर्ने न हो । चिन्ता नलिनुस् दिदी, तपाईंको दुःखी जीवनमा अर्को एउटा दुःख थपियो, त्यत्ति सोच्नुस् र मलाई मीठो चिया बनाएर दिनुस्” भनेँ । मेरा कुराले मन केही हल्का भएछ क्यारे, उनी उठेर चूलोमा आगो जोरिन् र चियाको कित्ली बसालिन् । आफ्नो पढाइ सकेर काठमाडौंको नर्सिङ्होममा डाक्टरको जागीर गर्न थालेपछि हामी ४–५ जना सहपाठीहरू मिलेर जागीरसँगै समाज सेवा पनि गर्ने उद्देश्यले एउटा संस्था खोलेका थियौँ । प्रायः ४–५ महिनाको अन्तरमा उपत्यका नजीकैको गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर केही मात्रामा गाउँलेहरूलाई सहयोग गर्ने क्रम शुरुगरेका थियौँ । त्यही शिलशिलामा अलि परकै गाउँसम्म सेवा पुर्याउने उद्देश्यले करीब २ बर्ष अघि स्थानीय पक्की सडकले छोए पनि स्वास्थ्य सेवा नपुगेको यस गाउँमा हामी आएका थियौँ । गाउँलेहरूको सहृदयता, यो ठाउँको रमणियता र यहाँको आवश्यकताले गर्दा हामी यहाँ २–३ पटक नै आएर हरेक पटक २ हप्ता जति बस्ने गरेका थियौँ । गत बर्ष मात्रै अन्य गैर सरकारी संस्था र गाउँलेहरूको सहयोग लिएर यहाँ एउटा सानो स्वास्थ्यचौकी स्थापना गरी गाउँलेहरूलाई केही बढी सुविधा प्रदान गर्न सफल भएका थियौँ । त्यही शिलशिलामा नै हाम्रो दोश्रो पटकको कार्यक्रम पछि नै सडक छेउको जेठीदिदीको यो पसलमा म हरेक बिहान आउने गरेको थिएँ । यी जेठीदिदी एक्लै थिइन् र आफूले कष्ट गरेर भए पनि छोरी मायालाई डेढ-दुई घण्टा परको स्कूलमा पढ्न पठाएकी थिइन् । शुरुमा यहाँ आएदेखी नै यिनको बोलीचाली र सहृदयताले मलाई तानेको थियो र हरेक बिहान चिया पिउँदै यिनका बिगतका तीता मीठा कहानीहरू दङ्ग पर्दै सुन्ने गर्थेँ । यिनी आफ्नो गाउँको हुनेखाने गनिएको घरकी एक्ली छोरी थिइन् । गाउँका ठूला ठालू भएपनि यिनका बाबु सहयोगी र सहृदयी भएकाले सबैका मान्य थिए । त्यसैले यिनी गाउँले सबैको हाई हाई मै हुर्केकी थिइन् । सबैले यिनलाई माया गरेर फूलमाया मैयाँ भनेर बोलाउने गर्थे । गाउँमा स्कूल नभए पनि बाबुले यिनलाई घरमै अलि अलि पढाएर चिठी लेख्नसम्म सक्ने बनाएका थिए । सबैको हाई हाई मै हुर्केकीले यिनलाई आवश्यकताभन्दा बढी नै उत्ताउलोपनाले छोएको थियो र नजानिदो रुपमा लुकिछिपी गाउँकै हर्केलाई आफ्नो लाली जोवन सुम्पेकी थिइन् । हर्के गाउँको गरीब परिवारमा हुर्केको भए पनि सानैमा घरबाट भागेर बजारतिर गई बरालिँदै बसेको थियो । पछि कताबाट हो गाडीवालाहरूको सङ्गतमा परेर आफूले पनि साहुको गाडी चलाउने भएछ र थोरै तिनै पैसा कमाएर हरेक पटक ४-५ महिनामा गाउँमा आउँदा लाहुरे झैं ठाँटिएर हिँड्ने गर्थ्यो । उसकै अनेक मीठा गफ र लोभ लालचमा फसिन् यी बिचरी फूलमाया । बाबुले सहरमा पढेर उतै राम्रो जागीर गर्ने पल्लो गाउँको मुखियाको छोरासँग यिनको बिहेको कुरा चलाएका थिए । तर यिनलाई किन किन हर्केको देखावटी पिरतीले नै बढी तान्यो र कसैलाई थाहा नदिई एक दिन सुटुक्क हर्केसँग भागेर यो सानो बजारमा आईपुगिन् र फूलमायाबाट जेठी भइन् । यहाँ हर्केको एउटा सानो कोठा बाहेक अरु केही थिएन । उसको डाइबरी पेशाले सबै धान्न गारो हुने भएकोले साहुसँग ऋण मागेरै भए पनि जेठीले चियाको सानो दोकान खोलिन् र त्यसमै मिहिनेत गर्न थालिन् । सुरुमा त हर्केले निकै माया पिरतीका कुरा गर्थ्यो, गाडी लिएर टाढा पुगे पनि २–३ दिनमा जसरी पनि फर्कने गर्थ्यो । तर बिस्तारै उसलाई अझ टाढा जानुपर्ने भयो र प्रायः हप्ता दश दिनमा मात्रै फर्कने गर्न थाल्यो । कहिले कहिँ त एक महिनामा बल्ल एक पटक आउने गर्थ्यो । तैपनि उसले जेठीलाई उत्तिकै माया गर्थ्यो र कमाएको पैसा पनि सबै ल्याएर दिन्थ्यो । उता हर्केले गाडीबाट पनि राम्रै आम्दानी गर्दै थियो र यता पसलबाट पनि राम्रो आम्दानी भएको थियो । अब उनीहरूको आफ्नै सानो घर बनेको थियो र त्यहीँ अलि ब्यवस्थित पसल चलाएकी थिइन् जेठीले । यसरी मिहिनेत अनुसार जेठीको जिन्दगी राम्रै बित्न थालेको थियो । तर माया जन्मेपछि भने हर्केको घरमा आउने क्रम पनि कम हुँदै गयो र जेठीलाई त्यति पैसा पनि दिन छोड्यो । “पसलकै आम्दानी छँदैछ, आजकाल गाडीमा त्यति कमाउन सकिएन” भन्ने र यस्तै अरु बहाना बनाएर हर्केले जेठीलाई सहयोग गर्नै छोड्यो । छोरी समेत भएपछि जेठीलाई पसलमा धेरै खट्न पनि गारो भएको थियो र आम्दानी घट्ने तर खर्च बढ्ने भएको थियो । उता हर्के भने अब केबल ४-५ महिनामा एक पटक आउने र उल्टै जेठीसँग पैसा माग्ने गर्नथाल्यो । पछि बुझ्दै जाँदा उसले कान्छी ल्याएर अर्कै ठाउँमा राखेको थाहा पाइन् जेठीले । त्यसपछि उनका दुःखका दिन सुरु भए । छिमेकीले पनि उनलाई नराम्रो ब्यवहार गर्न थाले र पसलमा ग्राहक पनि घट्न थाले । जेठीलाई अब बिहान बेलुकीको छाक टार्न समेत गारो भयो । सानी छोरी च्यापेर भएपनि पसल राम्ररी नचलेको मौसममा यिनले गाउँलेहरूसँगै मेलापात समेत गर्न थालिन् । आफ्नो भाग्य यस्तै रहेछ भनेर चित्त बुझाउँदै आफूले जति कष्ट गरेर भए पनि छोरीलाई हुर्काइन् र स्कूलमा समेत पठाइन् । माया स्कूल जाने भएपछि यिनले अझ बढी कष्ट गर्नु पर्यो । तर भगवानले यिनको दुःख देखेछन् क्यारे बिस्तारै पसलबाट आम्दानी बढ्न थाल्यो र यिनी फेरि पसलमै व्यस्त भइन् र त्यही आम्दानीले गर्जो टार्न सक्ने भइन् । हर्के पनि यसो ६–७ महिनामा एकपटक झुल्किने र छोरीलाई भनेर हरेक पटक एक दुई हजार दिने गर्नथाल्यो । त्यसपछि यिनले बल्ल फेरि ढुक्कको शास फेर्न पाएकी थिइन् । आफ्नो जस्तो दुःख कष्ट छोरीलाई नपरोस् भनेर आफूले जती कष्ट गर्नु परे पनि मायालाई हाईस्कूलसम्म पढाएर आफ्नै खुट्टामा उभिनसक्ने बनाउन उनी तल्लीन थिइन् । मायालाई आफूले गरेको गल्ती तथा दुःखकष्टका कहानी सुनाएर सधैं सजग गराइरहन्थिन् । तर माया भने आमाको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउने गर्थी । उसको साथी सङ्गत पनि त्यस्तै भएकाले ऊ उत्ताउली पाराकी बन्दै गएकी थिई । दिउसो स्कूल गएपनि बिहान बेलुका ऊ पसलमै हुन्थी र त्यहाँका मुख्य ग्राहक स्थानीय गाडीवालाहरूसँग उसको सङ्गत हुन्थ्यो । जेठीले उसलाई आफ्नै कोठामा गएर पढ् भन्दा पनि ऊ पसलमै आउन र ग्राहकहरूसँग जिस्किन मन पराउँथी । मायाको यो ब्यवहारले जेठीलाई झन् शंका र पीर थपेको थियो र आफ्नो जस्तो हालत उसको नहोस् भनेर सक्दो सचेत भएकी थिइन् । मैले पनि मायालाई बेलाबेलामा पढाइमै बढी ध्यान दिन सम्झाउथेँ । तर ऊ भने झर्कंदै उल्टै मलाई गाली गर्थी । “कस्तो यो दाइ त, आफू पनि नजिस्किने अरुसँग पनि जिस्किन नदिने” भनेर मनका कुरा ठाडै बाहिर पोख्थी । म उसलाई आफ्नै पाराले सम्झाउन कोशिष गर्थेँ “हेर माया, यो सबै मैले तिम्रो राम्रो भविष्यको लागि भनेको हो । म त तिमीलाई बैनी भन्छु, बैनीसँग मैले त्यसरी छिल्लिएर जिस्किन सुहाउँदैन । अझ तिमी मान्छ्यौ भने त म तिमीलाई शहर लगेर धेरै पढाउन र उतै राम्रो ठाउँमा बिहे गरिदिन तयार छु ।” तर मेरा कुरा उसलाई बिष जस्तो हुन्थ्यो र उल्टै चर्को डाँकोमा मलाई हप्काएझैं ऊ भन्थी “पर्या छैन कसैको बैनी-सैनी हुन । बैनी त मलाई तिले डाइबरले नि भन्छ नि ! तर ऊ कस्तरी जिस्किएर मीठा कुरा गर्छ ।” यी सोझी केटीलाई के थाहा कि शब्द एकै भएपनि मैले भन्ने बैनी र तिलेले भन्ने बैनी बीचको भावनात्मक अर्थ, सम्बन्ध र उद्देश्यमा कति फरक छ । मैले अझ राम्ररी अर्थ्याउन खोज्दा ऊ झर्केर ठाडै भन्थी “भगाएर लैजाने हो भने जान्छु, तर बैनी-सैनी बन्न त जान्न ।” आफ्नो कुरकुरे बैंशको भावनालाई यसरी उत्ताउलोपनमा छरपष्ट पार्थी ऊ । सायद भर्खर उत्ताउलो बैंशले छोएकोले र अरुको बनावटी मीठा गफ र अनावश्यक लोभ लालचले पनि होला यिनको कलिलो दिमागमा नराम्रो छाप छाडेको थियो । त्यही सङ्गतले गर्दा यिनलाई अभिभावकत्वको शितल छायाँ रुपी हातले अङ्गालेर उज्ज्वल भविष्यतिर लम्किने चाहनाभन्दा पनि बनावटी माया पिरतीको निष्ठूर अङ्गालोमा मसक्क कस्सिएर अन्जान भविष्यको काल्पनिक मीठासपूर्ण खाडलमा हामफाल्ने तिर्सना बढी थियो । त्यसैले एक दूई पटकको प्रयासपछि मैले यिनलाई सम्झाउन छोडेको थिएँ । आज तीनै शंका उपशंका सच्चाइमा बदलिएको थाहा पाएर मलाई त्यति सारो अचम्म लागेन । तर यी जेठीदिदीको हालत देखेर भने सारै नरमाइलो लाग्यो । चिया पिइसकेर यिनलाई फेरि एकपटक सम्झाएँ र मनमनै अब फेरि पनि जेठी र मायाको जीवनको पूनरावृत्ति नहोस् भन्ने कामना गर्दै स्वास्थ्यचौकीतिर उकालो लागेँ । बेबारिसे उजुरी • लघु कथा • शेखर ढुङ्गेल चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, "ए पसले नानी यो फोटो किन टासेको हँ ?" पसलेले उनी हिजो मात्र शहिद भए भनी घटनाको बिबरण के बताउदै थिए, त्यो सुनेर उनी लत्र्याक लुत्रुक्क परिन। एकै क्षणमामा बुढीको धडकन् बन्द नै भयो भनी सबैलाई सुनाउदै थिए। तैपनि वरिपरिका मानिसहरू प्रश्न गरिराखेका थिए, "के तिमी उन्लाई चिन्छौ ? ", "ती सैनिक र उनको नाता के हो ?", "के भन्दै थिइन उनी ?", "कहाँ हो उनको घर ?", आदि आदि। त्यत्तिकैमा प्रहरी अाइपुगे । भीडलाई हटाउँदै लासलाई घेरे अनि अनुसन्धानको नाममा फेरी पत्रिका पसलेसित सोधपुछ गर्न थाले । लासको प्रकृति मुचुल्का लेखे । बृद्धाको सनाखत अँझै हुन सकेको थिएन । अनुसन्धान अधिकृतले ती बृद्धा र हिजै शहिद भएका सैनिकको कतै नाता पो पर्दछ कि भनी सैनिक मुख्यालयसित जानकारी माग्न आफ्नो माथिको अड्डालाई अनुरोध गरे । सनाखतको अन्तिम बिन्दुमा पुग्नै लाग्दा उनले बाँधेको पटुकीको एउटा कुनामा केही चानचुन पैसा र नेपाली कागजमा लेखिएको खेस्रा भेटियो । त्यसैमा रहेछ बुढीआमाको संसारिक विवरण । बुढीआमाको उजुरी खेर्सा र पत्रिकामा छापिएको शहिद सैनिकको विवरण दाँजेपछि अनुसन्धान अधिकृतलाई स्पष्ट हुन गाह्रो परेन कि उनी तिनै शहिदकी अभागी आमा थिइन जो छोरा अनि न्याय खोज्न भर्खर शहर पसेकी । प्रकृति मुचुल्का समाप्त गर्दा गर्दै बुढीआमाको पटुकीमा मिलेको कागजको टुक्रा पढिसकेका अधिकृतको आँखाभित्र आँसु रोकिन सकेन र छछल्किएर बाहिर निस्क्यो । केही बर्ष अघि मात्र उनकै आमाको पनि त्यस्तै खबरले हृदयगति बन्द भै मृत्यु भएको थियो । बिस्मात त के भने उनी जिउँदै थिए तर मर्यो भन्ने खबर पुगेको थियो । यहाँ भने छोराको खोजीमा आउँदा छोरो शहिद भएको समाचारको फोटो देखेर बुढीआमा सम्हालिन सकिनन । सैनिक मुख्यालयबाट शहिद सैनिक शिवबहादुरकै गाउँले मित्र पनि घटनास्थलमा आए अनि अनुसन्धान अधिकृतलाई राम काहानी बताउन थाले "बिचरा बुढीआमा बर्ष दिनअघि मात्र म घर जाँदा शिवको खबर लिएर गएको थिएँ। 'कहिले छोराले धन कमाइ ल्याउला ? कहिले बुहारी आउलिन् ? नाती-नातिना खेलाउने मेरो धोको कहिले पुरा होला ? र म आरामसित मरौंला ? मेरो छोरो अर्को हफ्ता आउछ रे । फेरि छुट्टी मिलेन रे । अर्को हप्ता त पक्का आउँछ रे,' भन्दै गाउँलेलाई खबर गरी राख्दथिन् रे उनी । केही बर्ष अगाडि देखि मात्र गौरबशाली शाही नेपाली शेनामा भर्ना भएका शिवबहादुरकी आमालाई सामन्तको सेवक भन्दै घर र पाखा बारी कब्जामा लिएर गाउँबाट नै निकाली दिएका रहेछन् । बुढीआमाले कसैलाई लेखाएकी त्यो उजुरी पत्रले उनको ब्यथा बोली राखेको थियो । बिडम्बनाको सानो पात्र मात्र हुन शिवकी बुढीआमा । उनीसँगै उनका दर्जनौ बिन्ती पत्र र उजुरी बेवारीसे भैसकेका थिए । बुढीआमा घरजग्गा फिर्ता पाउँ भन्दै गाउँ , जिल्लामा निवेदन गर्न पुगिन्, कसैले सुनेन । शहर पुगिन्, कसैले "हुन्छ हेरौंला। भोलि आउ" भने। कसैले "तिम्रो मात्र हो र? सबैको एकैचोटि हुन्छ, पर्ख" भने । कसैले कब्जा गर्नेको अनुमति चाहिन्छ भने । प्रहरी प्रशासन त झन् "राजनैतीक सहमति जुटाउ अनि मात्र तिम्रो काम हुन्छ हामीले केही गर्न सक्दैनौं" भन्दा रहेछन । कोहि "हाम्रा पनि सन्तान छन कब्जा गर्नेसित दुष्मनी मोल्न सक्दैनौ भन्थे" र तर्कन्थे । शिवकी आमाको रोदनलाई कसैले वास्ता गरेनन कसैलाई गोष्ठीमा, कसैलाई सम्मेलनमा, कसैलाई उद्घाटनमा जान चटारो । आफ्ना गाउँका नेतालाई भेटेर कब्जा पाखोबारी फिर्ता गराउँला भनी सपना बोक्दै भोक भोकै नेताहरूका घर घर चाहर्दै गरेकी शिवकी आमा एक्कासी आफ्नो छोरोको फोटो पत्रिकामा देखेर बहुत खुशी के भएकी थिइन कहाली लाग्दो यथार्तता सुनेर सम्हालिन सकिनन् । आज अनुसन्धान अधिकृतको टेबुलमा गिज्याइरहेको छ बुढीआमाको पटुकीमा च्यापिएको त्यो कसैले नसुनेको उजुरी पत्र । जेब्राक्रसमा उभिएर • आधुनिक कथा • अनमोलमणि • नेपाल साप्ताहिक म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो । ऊसँगको मेरो यो दोस्रो भेट थियो । म उभिएको पछिल्तिर पुस्तक पसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ, त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि नसुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए तर त्यसभन्दा माथि खुला आकाश घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए । आकाशमा कतै पनि बादलका राँटा देखिएका थिएनन् । म नीलो आकाशले छोपिएको थिएँ । बाँचेको प्रमाण दिन मान्छेहरू सडकमा ठमठम हिँडिरहेका थिए । बत्तासिएर कुद्ने गाडीको बेगले उडाउन खोजेको साडीको सप्को, कुर्ताको सल र स्कर्टका फेरहरू समातेर केही युवतीहरू पारपिट्ट िअर्को सडक छिचोल्दै सम्हालिएर किनारै किनार हिँडेका थिए । त्यो भीडमा चिनेको अनुहार कोही पनि थिएन । त्यत्रा मान्छेबीच कसैको अनुहार कसैसँग मिल्ने खालको थिएन । सोच र बुद्धि मिल्ने कुरै भएन ! जेब्राक्रसमा नीलो बत्ती बलेको थिएन । तेस्रोपटक भेट हुँदा थाहा भयो, ऊ केही वर्षअघि यही विश्वविद्यालयकी विद्यार्थी थिई । परचिय भयो । नाम बताई, सिन्थिया । बालुवाझैँ कहिल्यै नबाटिने र फुस्किरहने जिन्दगी बोकेर हिँडिरहेकी छु भन्थी । साँझको घाम छेकिएर कतै खुला चौरमा देखिएको हिमालको छायाजस्तो सधैँ उदास देखिन्थी । कम हाँस्थी । ऊ विस्तारै मसँग नजिकिई । एकदिन कफी गफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, "मैले खोज्नु छ सर ! धेरै खोज्नु छ । मैले यहाँ जिन्दगी हराएकी छु । आफैँलाई हराएकी छु ।" मेरालागि ऊ रहस्यमयी बन्दै गएकी थिई । त्यसपछि ऊ निकै दिन हराई । "कहाँ गएकी थियौ ?" भेटपछि क्याम्पस गेटमै मैले सोेधेको थिएँ, "निकै दिन हरायौ नि !" "त्यत्तिकै सर, आफ्नै काममा हिँडेकी थिएँ तर यसपटक काम हुन सकेन," उसले यत्ति भनी । "मैले गर्न सक्ने सहयोग केही छ ?" "होइन सर केही छैन । म एक्लै गर्न सक्छु ।" त्यसको केही दिनपछि ऊ फेर िहराई । ललल विदेशी नियोगको मेरो म्यादी जागिर भर्खरै सकिएको थियो । केही जिल्लामा १२ वर्षे द्वन्द्वको असर हेरेर म भर्खरै फर्किएको थिएँ । यो घुमाइमा मैले डढेका घरहरू हेरेँ । भत्किएका र गोलीले छियाछिया बनाएका पुराना ऐतिहासिक दरबारहरू हेरेँ । काटिएको झोलुंगे पुल र छिनाएको तुइन हेरेँ । गारो भत्किएको स्कुल हेरेँ । बम पड्किएको र गोली चलेको आवाजले स्वर हराएका, श्रवण गुमाएका मान्छेको विक्षिप्त मानसिकतालाई पढेँ । जो अझै पनि नयाँ मान्छेसँग बोल्न डराइरहेका थिए । त्यो अध्ययन भ्रमण सकेर म केही दिनअघि मात्रै फर्किएको हुँ । म फेर िमनोविज्ञान केन्द्रीय विभागमै हाजिर भएको थिएँ । यहीँबाट जिन्दगीको करअिर सुरु भयो । सायद अन्त्य पनि यहीँबाट होला । मास्टर भएँ । चक-डस्टरसँग खेल्दै दिन बिताएँ । थरीथरीका विद्यार्थी भेटेँ । छाँटछाँटका मास्टरहरू देखेँ । पुरानो मोटरसाइकलमा हुइँकिएर विश्वविद्यालय छिर्थें । थेसिसका चाङहरूमा आफूलाई हराइरहेँ । अनुसन्धानका रिपोर्ट केलाउँदै त्यसको परिणाममा घोत्लिएँ । विद्यार्थी आउँथे, नमस्कार गर्थे । मनोविज्ञानका नयाँनयाँ कुरा सुनाउँथे । म लोभिन्थेँ । मोटरसाइकल बिग्रिएको केही दिन भएको थियो । म हिँड्दै विश्वविद्यालय जान्थेँ । र, म यो जेब्राक्रसमा सधैँ उभिनुपर्थ्यो । ललल हामी पहेँलो रङ पोतिएको एउटा घरभित्र छिर्‍यौँ । ठूलो चौर थियो । बीचमा मसलाका सुरलिा रूखहरू थिए । केही पोथ्राइला रूखमुनि बस्ने बेन्चहरू राखिएको थियो । केही मान्छेहरू त्यहाँ सुस्ताएको देखिन्थे । एप्रोन भिरेर घाँटीमा स्टेथेस्कोप झुन्ड्याएका डाक्टरहरू यताउता गररिहेका थिए । भित्र छिर्नेबित्तिकै सिन्थिया झटारएिर मेरो छेउमा आई । "तिमी यहाँ कसरी ?" मैले अचम्म मानेर एक सासमा सोधेँ । उसले एकटक हेररिही । वरपिर िहेरेँ, त्यहाँका सबै मान्छेहरू आफैँमा व्यस्त थिए । सबैको उस्तै पहिरन थियो । अरूले जस्तै पहिरन उसले पनि लगाएकी थिई । मलाई एक मनले त यो सिन्थिया हो भन्ने विश्वास भएन । तर, त्यो उही सिन्थिया थिई । यो केटी बिरामीका रूपमा कसरी मानसिक अस्पताल आइपुगी भन्ने अनेक तर्कना मनमा आइरह्यो । "भन सिन्थिया, तिमीलाई के भयो भन ? तिमी कसरी यहाँ आइपुग्यौ ?" ऊ भक्कानिएर रोई । तर, एकैछिनमा ऊ दृढ देखिई । "मुक्ति सर ! अब मैले केही बोल्नु छैन । केही भन्नु छैन । सबै कुरा झोलुंगे पुल काटेपछि त्यहाँका मान्छेहरूले बोले । तुइन काटेपछि त्यहाँका मान्छेहरूले केही नभनेर पनि बिनाआवाज धेरैथोक बोले । हामीले तिनलाई बन्दुकका कुन्दाले मुखैमुखमा हान्यौँ । सबै कुरा स्कुलमा पढाउँदै गरेको मास्टरलाई चौरमा पाता कसेर सेरेपछि त्यहाँका विद्यार्थीले कोकोहोलो गर्दै बोले तर हामीले तिनलाई पनि छाडेनौँ । बहादुरीपूर्वक तिनका मुख रगतपच्छे हुने गरी कुट्यौँ । सबै कुरा ती निर्दोष महिलाहरूले बोले, जसलाई हामीले जगल्ट्याएर बन्दुक भिरायौँ ।" केहीबेर ऊ रोकिई । छड्के नजरले मलाई हेरी । म अचम्ममा परेँ । हिजो ऊ के थिई ? छापामार ? कि सेना ? ऊ किन समातिई र यहाँ आइपुगी ! मैले भेट्दा ऊ सद्दे थिई । धेरै खोज्नु छ भन्थी । उसले के खोजी र के भेटी ? "अब मलाई पागल बनाइसकियो सर ! म पागलखानाकी बिरामी भइसकेँ । भन्छु म पागल होइन । तर, यहाँ प्रत्येक पागल यसै भन्छन् भनेर मलाई उडाउँछन् सर !" ऊ निकै कठोर देखिई । "म मुक्तियुद्ध लडेर आएकी मान्छे हुँ । तर, मुक्ति सर ! त्यो युद्ध सभ्य र मर्यादित कहिल्यै भएन । धेरैपटक सोच्दै नसोचेका घटनाहरू भए । यिनै घटनाहरूबाट म अहिले विक्षिप्त बाँचिरहेछु । तर, म पागल होइन । मलाई हिजोको विगतले आङ सिरंिग हुन्छ । विगतप्रति पश्चात्ताप गर्नु पागल हुनु होइन ।" अब मलाई प्रस्ट भयो, ऊ छापामार थिई । त्यही चौरमा उभिएर उसले आफ्नो विगत पनि कोट्याई, "म निकै तगडा थिएँ । सधैँ युद्धको अग्रिम मोर्चामा हुन्थेँ । काँधमा बन्दुक बोकेर आवाजविहीनहरूको आवाज ल्याउने मुक्ति अभियानमा हामी लागेका थियौँ ।" ऊ बोल्दै गई, "पार्टीमा मेरो कामको राम्रै मूल्यांकन भएको थियो । हो, त्यहीबेला मेरो भेट भयो कमरेड किरणसँग । हामी एउटै उद्देश्यका लागि युद्धमा थियौँ । दुस्मनलाई परास्त गर्न हामी सधैँ एउटै मोर्चामा हुन्थ्यौँ ।" "पार्टीमा प्रेम वर्जित थियो । मलाई प्रेममा त्यस्तो लगाव पनि थिएन । देश, जनता र निमुखाहरूको मुक्तिका लागि हिँड्नुपर्छ भन्ने मात्रै मनमा थियो । दिनभर सबै उस्तै लाग्थे । तर, जब दिन ढल्दै जान्थ्यो मलाई कमरेड किरणको व्यवहारमा शंका लाग्थ्यो । उनी मलाई थाहा नपाएजसरी छुन खोज्थे । हात मिलाउँथे र सुम्सुम्याउँथे । मेरा ओठ, गाला र कम्मरको प्रशंसा गररिहन्थे । "एक साँझ सेन्ट्री रहँदा उनी मेरो नजिक आए । "हल्ट ।" "कमरेड के-१२" "उनले आफ्नो कोड भनेपछि म चुप रहेँ । "त्यस अँध्यारोमा उनी मेरो नजिक आए । जीवनका कुरा गरे । मेरो प्रशंसा गरे । मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उनले मलाई जबरजस्ती गरे । मैले घटना कसैलाई भन्नै सकिनँ । सारा घटना नभएजसरी भयो । त्यसपछि मैले त्यो अँध्यारो रातमा आकाश मैमाथि खसेजस्तो अनुभव गरेँ । यी सारा मुक्तिका भाषण देखावटी रहेछन् भन्ने लाग्यो । "त्यसपछि मेरो उत्साह, उमंग सबै विस्तारै सेलाउँदै गयो । युद्ध र मुक्तिका कुराप्रति वितृष्णा र घृणा लाग्दै गयो । तर, म त्यहाँबाट निस्केर हिँडिहाल्ने अवस्था थिएन । त्यसको केही समयमै शान्ति सम्झौता भयो र हामी क्यान्टोनमेन्टमा छिर्‍यौँ । क्यान्टोनमेन्ट पनि मलाई सुरक्षित लागेन ।" "आँट गरेर एक साँझ त्यहाँबाट भागेँ । जतिखेर मेरो तपाईंसँग भेट भयो । मलाई ती सबै विद्यार्थीलाई जस्तै विस्तारै कलम मन पर्न थाल्यो । कपी, किताब मन पर्न थाल्यो । तपाईंलाई देख्थेँ, मलाई शिक्षक मुक्ति अधिकारीको याद आउँथ्यो । तपाईंको नाम पनि मुक्ति रहेछ । मलाई उही मुक्ति अधिकारीको पुनःजन्म भयो कि जस्तो लाग्थ्यो । "क्यान्टोनमेन्टबाट पनि तिनै कमरेड किरणले फेर ित्यहीँ लगे । ममथि बढी निगरानी हुन थाल्यो ।" "मुक्ति सर ! म अहिले पनि पागल छैन ।" उसले समस्याको पोको फुकाउँदै फेर िभनी, "मलाई दिनभर केही हुँदैन । जब सूर्य पहेँलिँदै र रात कालो बन्दै जान्छ, त्यसपछिको एकान्त र चकमन्नताले मेरो शरीरलाई सुम्सुम्याउन थाल्छ । हररात म यो मझेरीमा बाटो भुलेर अलमलिएको बटुवाजस्तो चारैतिर हेरेर बस्छु । बन्दुक पड्किएको, बम फुटेको, मान्छे चिच्याएको आवाजले मलाई झस्काइरहन्छ । मेरो मनमा मात्रै घाउहरू छन् भन्ने अनुभव गर्छु । र, ती घाउहरूमा अन्धकार बढ्दै गएपछि विस्तारै पीडा थपिएझैँ लाग्छ ।" "मसँग पाप्रा उप्किँदै फेर िबल्ल्झिंदै र दुख्दै गर्ने घाउहरू छन् । म सधैँ कहिल्यै निको नहुने यिनै घाउहरू लिएर बाँचिरहेकी छु । अहिले म त्यस विगतको क्रान्तिले हृदयभर िबनाइदिएका चोटहरूले म दुखिरहेकी छु । "सर मैले विद्रोह गरेर जिन्दगीलाई जित्न सकिनँ । मजस्तै विद्रोह गर्ने कसैले पनि केही जित्न सकेनन् । बरु आफैसँग हारे । म आफ्नै जिन्दगीसँग हारेँ । समयसँग हारेँ । मैले सँगै लिएर हिँडेका सिद्धान्त, विचार र बोकेको बन्दुकसँग हारेँ । म विस्तारै त्यो बन्दुकको नालजस्तै खिइँदै छु मुक्ति सर । बन्दुकले कहिल्यै कसैलाई जित्न नसकिने रहेछ । मान्छे तर्सिएर आफ्नो पक्षमा लाग्नु र साँच्चिकै आफ्नो विवेकले आफ्नो हुनु फरक कुरा रहेछ ।" उसले आफ्नो उकुस-मुकुस पोखेपछि चुप लागेर एकटक हामीलाई हेरी । उसका आँखामा विगतप्रतिको ग्लानि प्रस्ट देखिन्थ्यो । मैले कहिल्यै निको नहुने द्वन्द्वका घाउहरू बोकेर बसेका ऊजस्तै धेरैको भविष्य सोचेँ । कतिलाई हिजोको पीडाले यसैगरी छुँदो हो सम्झेँ । 'सर मलाई बाहिर निकाल्न सहयोग गर्नूस् । म बाहिर बस्न चाहन्छु । मैले बनाएका घाउहरू म आफैँ मेट्न चाहन्छु । छिनाएको झोलुंगे पुल र चुँडाएको तुइन बनाउन चाहन्छु । सर ! म तपाईंलाई बाहिर भेट्छु सर, अब बाहिर भेट्छु ।" यति भनेर ऊ मेरो उत्तरको प्रतीक्षा नगरी त्यहाँबाट पहेँलो घरको कुनै कोठातिर गई । ललल अलि दिनपछिको कुरा हो । केही त्रस्त र हतास मुडमा सिन्थियालाई मैले पार िसडकमा उभिएको देखेँ । यो भीडभाड सडक काटेर भेट्नुपर्ला सोच्दै थिएँ । जेब्राक्रसमा हरियो बत्ती बल्यो । सडक काटेर पारि पुग्दा सिन्थिया त्यहाँ थिइन । दायाँबायाँ हेरेँ, कतै देखिइन । जेब्राक्रसमा रातो बत्ती बलिसकेको थियो । सडकमा अघि रोकिएका गाडीहरू फेर िचल्न थालेका थिए । क्याम्पस पुगेर पत्रिका उठाएँ । पहिलो पृष्ठमा प्राथमिकतासाथ तस्बिरसहित छापिएको समाचारको शीर्षक थियो, "क्यानटोमेन्टबाट भागेकी सिन्थिया उपचार गर्दागर्दै मानसिक अस्पतालबाट बेपत्ता ।" डम्बरे र बाटुलीको सपना • आधुनिक कथा • खगेन्द्र लामिछाने • कान्तिपुर अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए । एकतमाससँग हिँडिरहेको अशोकसँग अचानक कोही ठोक्कियो । झस्केर हेर्दा अपरििचत एक युवती, राम्री थिई । बाहिरी आवरण सहरयिा भए पनि स् वभावले ऊ गाउँले हो भन्ने कुरा अशोकले ठम्याइहाल्यो । खिस्स हाँसेर युवतीले भनी, 'सोरी !' अशोक मुस्कुराउन नपाउँदै त्यो केटी फटाफट आफ्नो गन्तव्यतर्फ हिँडिहाली । पछाडि फर्केर हेर्दा ऊ अशोकबाट लगभग दस मिटर पर पुगिसकेकी थिई । त्यो केटीले फर्केर अशोकतर्फ हेरी, अशोक मुस्कुरायो । त्यो युवती लाजमिश्रति हाँसो हाँस्दै आफ्नो गन्तव्यतर्फ छिटोछिटो हिँडी । अशोकले एकपटक आफूलाई नियाल्यो । पुरानो जिन्सको पाइन्ट, मैलो सेतो सर्टमाथि कालो स्वीटर, खैरो ऊनीको टोपी, थोत्रो झोला र चमक हराएका छालाका काला जुत्ता उसको आकर्षण थियो । आफ्नो आकर्षणलाई खिल्ली उडाउँदै अशोक हिंड्यो । आकाशे पुल चढेर अशोक सडकमा तँछाड-मछाड गर्दै कुदिरहेका मोटर गाडीहरू हेर्न थाल्यो । उसका आँखा टुँडिखेलमा अडिए । त्यहाँ घोडे जात्राको तयारी भइरहेको थियो । सलक्क परेको जीउसहितका घोडाहरू रंगीचंगी बारहरू नाघिरहेका थिए । यत्रतत्र छरएिका सैनिकहरू चनाखा थिए । टुँडिखेललाई फलामे बारले घेर्ने काम टाढाको एक भागमा सुस्त गतिमा चलिरहेको थियो । अचानक अशोकका आँखा टुँडिखेलको सुन्धारापट्टकिो कुनामा रहेको राणा साहेबको सालिकमा अडिए । आक्रामक शैलीमा रहेको त्यो सालिकको तलपट्ट िदुईजना साना केटाकेटी बढो मिहिनेतका साथ काम गररिहेका थिए । अशोकको मन त्यतैतिर तानियो । अशोक टुँडिखेलको सुन्धारापट्टकिो कुनामा पुग्यो । केटाकेटीहरू तनमन दिएर काम गररिहेका थिए । उनीहरू आठ-दस वर्षका जस्ता लाग्थे तर शरीर भने हृष्टपुष्ट थिएनन् । 'बाबुहरूको नाम के नि ?' अशोकले सोध्यो । दुवैले अशोकको मुखमा पुलुक्क हेरे अनि आफू-आफूमा हेराहेर गरेर आफ्नै काममा व्यस्त भए । अशोकले यताउता आँखा डुलायो । मानिसहरूको भीडलाई चिर्दै डालोभर िबदाम लिएर एउटी युवती उसको नजिक आएर हाँस्दै भनी, 'बदाम खानुस् न दाइ ।' 'नखाने ।' अशोक खिस्स हाँस्यो । 'खानुस् न खानुस्, मीठो छ । त्रिशूलीको कान्छी बदाम हो ।' युवतीले मलाई कर गरी । अशोकले ऊतर्फ फर्केर हाँस्दै भन्यो, 'त्यसै दिने भए खाने ।' युवतीले आँखा तर्दै भनी, 'फिरीमा त आफ्ना मान्छेलाई त दिइन्न ।' र, हाँसेर भागी । अशोकको ध्यान पुनः केटाकेटीहरूतर्फ नै गयो । अशोकले उनीहरूलाई फेर िसोध्यो, 'अंकललाई नाम नभन्ने ?' 'डम्बरे ।' आफ्नो काम सुचारु गर्दै केटोले भन्यो । 'अनि तिम्रो ?' 'बाटुली ।' बाटुली मुस्कुराई । मुस्कुराउँदा उसको दाहिने गालामा परेको डिम्पल देखेर अशोक पनि मुस्कुरायो । बाटुलीले फेर िभनी, 'थाहा छ ? यहाँ आएपछि दिदीले मेरो नाम 'आभा' राख्दिनुभएको छ ।' बाटुलीले हरेक शब्द छुट्टाछुट्टै भनी । बाटुलीले आफ्नो कुरा सक्दा नसक्दै डम्बरेले भन्यो, ' मेरो आभास ।' 'अनि आभा नभनेर किन बाटुली भनेको त ?' आधा बसेर अशोकले भन्यो । 'बिर्सिहाल्छु । अनि फेर,ि भनेपछि सम्भिmन्छु ।' बाटुली लाजले हाँस्दै भुइँतिर हेरी । डम्बरे बाटुलीलाई हेरेर हाँस्यो । नाताले उनीहरू दाजुबहिनी थिए । उनीहरूले त्यहाँ आफ्नो कल्पनाको घर बनाइरहेका थिए । वरपिरकिा स-साना इँटका टुक्राहरू र टुँडिखेल वरपरका रूखबाट खसेका स-साना छेस्काहरू बटुलेर बनाइएको उक्त खेलौना घर साँच्चै राम्रो थियो । अशोक उनीहरूको नजिक पूरै बसेर भन्यो, 'त्यो के हो नि ?' उनीहरू दुवैले एक-अर्कालाई हेरेर हाँसे । र, लाज मानीमानी आफ्नै काममा व्यस्त भए । अशोकले फेर िभन्यो, 'भनन् ।' 'यो ?' खेलौना घरलाई देखाउँदै डम्बरेले मसँग प्रश्न गर्‍यो । मैले 'हो' भने । डम्बरेले बाटुलीलाई हेरेर खितित्त हाँसेर भन्यो, 'घर ।' 'अनि यो ?' 'घर जाने बाटो । घर भएपछि बाटो चाहिएन ?' बाटुलीको कुराले अशोक हाँस्यो र फेर िभन्यो- 'एऽऽऽ अनि यो ?' 'यो फूल सार्ने ठाउँ । अनि यो, दूबो सारेर चौर बनाउने ठाउँ ।' डम्बरेको बेलीविस्तारलाई रोकेर अशोकले उक्त नमुना घरको नजिक रहेको सानो कोठा, जुन गोठजस्तो लाग्थ्यो, त्यसलाई देखाउँदै भन्यो, 'अनि त्यो के नि ?' 'भनौं ?' बाटुलीले डम्बरेसँग अनुमति मागी । लाज मानेर डम्बरेले टाउकोले सहमति दियो । बाटुलीले भनी, 'योऽऽऽ गाडी राख्ने ठाउँ ।' बाटुली अगाडिको तुलनामा छिटो बोली र उसको अनुहार लाजले रातो भयो । हाँस्दै अशोकले फेर िभन्यो, 'गाडी पनि किन्ने ?' 'होइन,' दुवैजना एकैसाथ छिटो बोले र आफ्नो काममा व्यस्त भए । उनीहरूले खेलौनाका रूपमा बनाएको घर देख्दा यस्तो लाग्थ्योे, उनीहरू भविष्यका आर्किटेक्ट हुन् । इँटाका टुक्राहरू र स-साना छेस्काहरूद्वारा निर्मित दुईतले घर जसमा करडिर, टेरेस, मिटिङ रुम, बेडरुम, किचन, बाथरुम, डाइनिङ रुम, झ्यालढोकाहरू सबै थिए । काठका छेस्काहरूद्वारा उनीहरूले घरमा कम्पाउन्ड पनि लगाएका थिए । ठूलो गेट, गेटको सामुन्य मोटर ग्यारेज, फूल सार्ने क्यारी अनि बगैंचाका लागि उनीहरूले ठाउँ छुट्याएका थिए । अशोकले आफ्नो बालापन सम्झ्यो । अशोकले पनि त्यसरी नै मिहिनेत गरेर बनाएका खेलौना घर उसका आफ्नै बाउले कैंयौंपटक भत्काइदिएका थिए, पढ्ने बेलामा यस्तो गर्नु हुन्न भनेर । पढेर पनि बेरोजगार भइन्छ भन्ने कुरा त्यतिबेला नै थाहा पाएको भए बाउसँग झगडा गरेरै भए पनि त्यही काम सिक्थें । अशोकले मनमनै सोच्यो । उसले डम्बरेको चिउँडो मायाले समातेर आफूतिर फर्काएर भन्यो, 'ठूलो भएपछि यस्तै घर बनाउने हो ?' 'होइन' आफ्नो चिउँडोबाट अशोकको हात हटाउँदै डम्बरेले भन्यो । 'हो हो ब्यारे । अघि भनेको होइनस्    ?' हाँस्दै डम्बरेको मुखमा हेरेर बाटुलीले भनी । डम्बरे लाजले रातो भयो । 'बाबुहरू कोसँग आएको नि ?' अशोकले भन्यो । 'दिदीले ल्याएर छोडिदिनुभएको, भरे लिन आउनुहुन्छ ।' बाटुलीले भनी । 'हामीलाई खेल्न मन लाग्दा दिदीले यहीं ल्याएर छोडिदिनुहुन्छ,' डम्बरेले भन्यो । माटो हराएको सहर, विचरा काठमाडौं । धन्न टुँडिखेल भए पनि बाँचेको छ र कहिलेकाहीँ माटोलाई स्पर्श गर्न पाइन्छ । अशोक मस्तिष्कमा घरहरूको जंगलजस्तो काठमाडौं सहर एकझल्को आयो । अशोकलाई उनीहरूसँग गफ गर्न अलि बढी नै रहर लाग्यो । 'घरमा कोको छन् त ?' अशोकले भन्यो । 'दिदीमात्रै ।' डम्बरे र बाटुलीका हातहरू अनायासै सुस्ताए । 'अनि बुबा-आमा नि ?' अशोकले फेर िसोध्यो । दुवैले एक-अर्कालाई भावुक दृष्टिले हेरे र खेलौना घरतर्फ हेरेर चोरी औंलाले भुइँ कोर्न थाले । अशोकले धेरै अड्कल काट्यो । एकैछिन् अगाडि उनीहरूको अनुहारमा देखिएको बालसुलभ हाँसो, उमंग र आशा हराएको महसुस अशोकले गर्‍यो । रोकिएका उनीहरूका हातहरू विस्तारै खेलौना घर बनाउनतिर लागे । खेलौना घर निर्माणप्रतिको उनीहरूको लगाव साँच्चै नै मोहक लाग्थ्यो । आफ्नै घर हो भन्ने विश्वासका साथ उनीहरूले त्यसलाई सिंगाररिहेका थिए । अशोकको दाहिने हात डम्बरेको निहुरएिको टाउको सुम्सुम्याउन पुग्यो । उसले उनीहरूप्रति गहिरो माया प्रकट गरेर भन्यो, 'अंकललाई नभन्ने ?' दुवैका मलिन आँखाले अशोकलाई हेरे र अल्छी लागेजस्तो गरी आफ्नो काम सुचारु राखे । अशोकले उनीहरूको उत्तरको प्रतीक्षा गररिह्यो । केही समयकोे सन्नाटापछि इँटाको टुक्राले भुइँमा विस्तारै हान्दै डम्बरेले भन्यो, 'आमा मर्नुभयो वा हराउनुभयो ।' दुवैले लामो श्वास लिए र बिनाहलचल भुइँतर्फ हेरेर बसिरहे । अशोक स्तब्ध भयो । उनीहरूको दुःखद् विगत कोट्याएकोमा उसलाई ग्लानि भयो । उनीहरूसँग फेर िकुनै प्रश्न गर्ने अशोकलाई आँट आएन । त्यहाँबाट हिँड्ने विचारले अशोक उठ्यो । र, घोडे जात्राको तयारी भएतर्फ आँखा डुलाउन थाल्यो । मानिसहरूको भीड बढिरहेको थियो । टुँडिखेलको बारको चेपबाट लामबद्ध मानिसहरूले घोडे जात्राको दृश्य नियालिरहेका थिए । अशोकले भुइँमा फ्याँकिएको बदामको खोस्टो टिप्यो र चोरी र बूढी औंलाले त्यसलाई मिच्दै घोडे जात्राको दृश्य हेररिह्यो । वरपिरकिो दृश्य उसलाई धमिलो, कताकता अस्पष्ट र अनौठो लागिरहेको थियो । मानिसहरू आवतजावत गररिहेका थिए । कोही हाँसिरहेका थिए, कोही घोत्लिएर घोडे जात्रा तयारीको दृश्य हेररिहेका थिए । अशोकका चोरी र बूढी औंलाले भने बदामको खोस्टोलाई एकतमाससँग मिचिरहेका थिए । 'अंकल हामीसँग कुरा नगर्ने ?' बाटुलीको आवाजले अशोकको मन फेर िउनीहरूतर्फ तानियो । बाटुलीले उसलाई हेररिहेकी थिई । डम्बरे आफ्नै सुरमा खेलौना घर बनाउन तल्लीन थियो । बाटुलीको आग्रहलाई स्विकारेर अशोक पुनः उनीहरूको छेवैमा बस्यो । 'के कुरा गर्ने त ?' अशोकले भन्यो । तर उनीहरू बोलेनन् । अशोकले फेर िभन्यो, 'यहाँ कोको बस्छौ त ?' 'दिदी अनि हामी दुईजना । दिदीले टीभी पनि किन्नु भन्नुभएको छ । अनि हामीलाई स्कुल पनि पठाउने भन्नुभएको छ ।' हाँसेर बाटुलीले भनी । उनीहरूसँग कुरा गर्न अशोकलाई अलि सजिलो भयो । 'दिदीले के गर्नुहुन्छ ?' अशोकले भन्यो । 'कुन्नि !' बाटुलीलेे तल्लो ओठ लेप्राएर भनी । डम्बरेले बाटुलीको कुरा तत्काल सच्याउँदै भन्यो- 'जागिर खानुहुन्छ ।' 'दिदीले कति पढ्नुभएको ?' 'तीन ।' डम्बरेले भन्यो । 'जागिर' र 'तीन' शब्दले अशोकको दिमागमा विभिन्न कुराहरू खेले । अशोकले फेर िभन्यो, 'साँच्चै तिमीहरूको घर कहाँ हो मैले सोधेकै छैन ।' 'रु...' बाटुलीले पूरा शब्द भन्न नपाउँदै डम्बरेले आफ्ना माथिल्ला दाँतले तल्लो ओठ टोक्दै खबरदारी गर्‍यो । बाटुली अलमलमा परी । अशोकले डम्बरेको आशय बुझ्यो । उनीहरूले आफ्नो खेलौना घर चिटिक्क पारसिकेका थिए । उठेर माथिबाट हेर्दा साँच्चै नै त्यो घर कुनै भव्य महलको नमुनाभन्दा कम थिएन । उनीहरू त्यो घरलाई अझ आकर्षक बनाउन प्रयत्नशील थिए । अचानक अशोकका आँखा वीर अस्पताल नजिक ऊसँग ठोक्किएकी केटीमाथि परे । ऊ एउटा युवकसँग गफ गररिहेकी थिई । युवकको शारीरकि हाउभाउले उसले उक्त युवतीलाई जिस्क्याए जस्तो लाग्थ्यो । संयोगवंश युवती र अशोकका आँखाहरू ठोक्किए । उसले अशोकलाई थोरै समय नियाली र लाज मानेजस्तो गरी मुस्कुराएर युवकसँग गफ गर्न थाली । वरपिरकिो हल्लाले उनीहरूले बोलेका शब्द सुनिएको थिएन । अकस्मात् मानिसहरूको चीत्कार सुनियो तर त्यो त्यति भयानक थिएन । अशोक संयमित भयो । सैनिकहरूले तालिम दिइरहेका मत्त घोडाहरू फुत्केर उनीहरू भएतर्फ नै दौडेर आइरहेका थिए । मानिसहरू छेउ च्याप्दै थिए । अशोकले हत्तपत्त बाटुली र डम्बरेको हात समातेर सुरक्षित ठाउँतर्फ जान खोज्यो । वीर अस्पताल नजिक अशोकसँग ठोक्किएकी युवती हत्तपत्त आई र बाटुली र डम्बरेलाई ऊबाट खोसेर छेउ च्यापी । तिनको मन भने आफूहरूले बनाएको खेलौना घरमा नै थियो । घोडाहरू दौडदै आएर उनीहरूले बनाएको त्यो नमुना महल कुल्चेर गए । युवतीले बाटुली र डम्बरेलाई आफूतिर तानिरहेकी थिई तर आँसुले टिल्पिलाएका उनीहरूका आँखा भने भग्नावशेष भइसकेको खेलौना घरतिर नै थिए । बादशाहको अत्याधुनिक पोशाक • आधुनिक कथा • हेमनाथ घिमिरे प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख भइने डरले कुनै पनि नागरिकले सत्य बोल्ने हिम्मत गर्न सकेनन्, केवल बादशाहको अत्याधुनिक पोशाकको तारिफ गरे । तर एउटा अबोध बालकले बादशाह नाङ्गै भएको कटु यथार्थ छर्लङ्ग पारिदियो । यी त भए प्राचीन युगका निरङ्कुश तथा मूर्ख बादशाह । तर यो अत्याधुनिक युगका बादशाह भने न मूर्ख छन् न त बाहिर आफू निरङ्कुश भएको छनक नै दिन्छन् । बरु अरुलाई मूर्ख बनाउन उनी निकै सिपालु छन् । बादशाह आफूलाई निकै उदार देखाउँछन् र आफ्ना मन्त्रीहरुको चयन गर्ने अधिकार जनतालाई नै दिएका छन् । तर जनताबाट चुनिएका मन्त्रीहरुभने आफूलाई अर्कै ग्रहका प्राणीझैं सोच्छन् र जनतालाई बिर्सिएर बढीभन्दा बढी सहुलियत प्राप्त गर्न तथा बादशाहको साखिल्ले बन्नको लागि उनकै अन्धभक्त भएर उनको चाकडीमै मात्र लाग्छन् । उनीहरुको लागि जनता भनेको वनको कुनै जन्तु हो जस्तो लाग्छ । बादशाह आफ्नो चलाखीले यी मन्त्री भनाउँदाहरुलाई कठपूतली बनाउन पाउँदा धन्य सम्झन्छन्् र विभिन्न जुक्ति लगाएर तिनीहरुलाई मूर्ख बनाईरहन्छन् । यस्तै जुक्ति सोच्ने क्रममा यी मन्त्रीहरुको बौद्धिक धरातल तथा नियत जनतासामु छर्लङ्ग पार्नको लागि बादशाहलाई एउटा नयाँ जुक्ति सुझ्छ । बादशाहले मन्त्रीहरुलाई पालैपालो बोलाएर आफ्नो आधुनिक दराजभित्र रहेको विद्वान बाहेक अरुले नदेख्ने अत्याधुनिक पोशाकको दर्शन गराउँछन् । सबै मन्त्रीहरु आफूलाई विद्वान देखाउन भएभरको बुद्धि लगाएर पोशाकको तारिफ गर्छन् । बादशाहले यदि यो पोशाक लगाएर शहर परिक्रमा गरेमा विशेष उपहार दिने प्रलोभन पनि देखाउँछन् । उपहार पनि पाईने र बादशाहको नजीक पनि हुन पाईने मौका गुमाउन मन्त्रीहरु चाहँदैनन् र बादशाहको शर्त मान्न तुरुन्त राजी हुन्छन् । बादशाहको चलाखीले गर्दा हरेक मन्त्रीलाई यो शौभाग्य प्राप्त गर्ने नीज मात्रै हो भन्ने भ्रम परेको हुन्छ । योजना अनुसार हरेक मन्त्रीलाई छुट्टा छुट्टै समयमा बोलाएर प्रत्येकलाई भिन्दा भिन्दै कोठामा लगी उक्त अत्याधुनिक पोशाक पहिर्याईन्छ, मन्त्रीहरु आफूलाई भाग्यमानी सम्झन्छन् । हरेकलाई पोशाक लगाएर तयार पारेपछि सबैलाई एकै समयमा शहरको मुख्यद्वारमा पुर्याईन्छ । आफ्ना अन्य सहकर्मीलाई पनि देखेपछि मन्त्रीहरु हतोत्साहित हुन्छन् । तर तुरुन्त समालिएर मुक्त कण्ठले एक अर्काको पोशाकको प्रशंसा गरी आफूलाई बढी विद्वान सावित गर्न पछि पर्दैनन् । आफूलाई मात्र सो पोशाक दिईएको भनेर भ्रममा पारेकोमा खिन्न हुनुभन्दा पनि आफूले मात्र नभई अरुले पनि उपहार पाउने भए भनेर भित्र भित्रै धेरै चित्त दुखाउँछन् । उता शहरमा बादशाहले झ्याली पिटाइसकेका हुन्छन् – मन्त्रीहरु आज अत्याधुनिक पोशाकमा शहर घुम्न आउनेछन्, आफ्ना गुनासाहरु सुनाउने मौका नगुमाउनु । मन्त्री बनेपछि आफूलाई अर्कै ग्रहका प्राणी सोच्नेहरु एकमुष्ट शहरको भ्रमणमा आउने र आफ्नो गुनासो पनि सुन्ने भएपछि यो अद्वितीय मौका उम्कन नदिई सबै जनता शहरको मुख्यमार्गको दायाँ बायाँ जम्मा भईसकेका हुन्छन् । मन्त्री भनाउँदाहरु बडो फुर्तीसाथ शहरको मुख्यमार्गमा एकमुष्ट प्रस्तुत हुन्छन् । प्रतीक्षारत जन समुदायमा एक्कासी कोलाहल मच्चीन्छ – “हे भगवान , हरे शिव ! यस्तो के देख्नु पर्यो, मन्त्रीहरु बौलाए, छिः छिः ।” यस्तै यस्तै शब्दहरु गुन्जिरहन्छन् । जनताहरु अचम्भित र आक्रोशित हुन्छन् । मन्त्रीका आफ्ना नजीकका भनाउँदाहरु गएर मन्त्रीहरुलाई यथार्थ बताउँछन् र छिट्टै फर्केर आफ्नो लुगा लगाएर आउन अनुरोध गर्छन् । तर मन्त्रीहरु भने ठाँटले आफूले लगाएको अत्याधुनिक पोशाक विद्वानले मात्र देख्ने बताई उल्टै ती आफ्ना भनाउँदाहरुलाई मूर्ख बनाई हाँसोमा उडाउँछन् । नाङ्गा मन्त्रीहरुको हुल देखेर जनतामा हाहाकार मच्चिन्छ, उनीहरु आँखा छोपेर आ–आफ्नो घरतिर लाग्छन् । तर मन्त्रीहरु भने जनतालाई नै मूर्ख बनाउँदै एकदम फूर्तीका साथ शहर परिक्रमा गरिरहन्छन् घोडचढी • लघु कथा • डा. ऋषिराज बराल • गोरखापत्र नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो । दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर । "सेनाका मान्छे हुन्"- गाउँलेले विश्वस्त पार्‍यो । ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे । पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो । बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो । सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए । घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ः "फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?" ''कस्तो नचिन्नु भा'को हाम्रा नयाँ मन्त्री होइनन्'' - नातिनीले उत्तर दिई । उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो । त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो । पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो । घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो । पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो । हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो । हतियार • लघु कथा • डा. ऋषिराज बराल • गोरखापत्र पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो । सबैलाई जम्मा गरियो र वैचारिक प्रशिक्षण पनि दिइयो । युद्धमोर्चा पनि तोकियो । थप भेटघाट र विशेष निर्देशन दिने काम पनि भयो । कामको सुपरिवेक्षण र अनुगमन गर्न विशेष कार्यदल तत-तत् क्षेत्रमा तीन महिनापछि आउने कुरा पनि सुनाइयो । हातहतियार र गोलिगट्ठा पनि सबैलाई थमाइयो । सबैले खुसी भएर आआफ्नो झोला बोके । कमरेड प्रवीण भने केही बोलेन , मौन, चूपचाप र गम्भीर देखियो । कार्यदलका कमाण्डरले फेरि उनै कुरा दोहोर्‍याए । प्रवीणले आफ्नो कुरा राख्यो—"खोइ मेरो हतियार ?" "तपाईंलाई यत्रो अत्याधुनिक हातहतियार र गोलिगट्ठा दिइएको छ ,फेरि तपाईं ?"—कमान्डर झोक्कियो । प्रवीणको अनुहार व्यङ्ग्यात्मक देखियो । एकछिन त कमाण्डर केही नबुझेझैँ गरी घोरियो । त्यसपछि एक जनालाई अरायो र प्रवीणको सामु झोला राख्दै भन्यो- "ल यसमा अरू तीन सय गोली छन् ।" प्रवीण भने केही बोलेन । उभिरहृयो, मौन र गम्भीर भएर । अनुहारको भाव अर्कै थियो- एकदमै व्यङ्ग्यात्मक । "तपाईंले मलाई खास हतियार नै दिनु भएको छैन ?" कमाण्डरको अनुहार एकदमै भिन्नै भयो- आक्रोशित । "तपाईंले क्रान्तिको मर्मलाई बुझ्नु भएन कमरेड ?" "बुझेर नै मैले बन्दुकसँगै कलम पनि मागेको हुँ ।" कमाण्डर रिसले थरथर काम्दै के के बोल्दै थियो । प्रवीण कमरेड भने व्यङ्ग्यात्मक अनुहार लगाएर एकटकले कमाण्डरतिर हेरिरहेको थियो । असल साथी • बाल कथा • रमा अधिकारी 'कादम्बरी' • मुना २०६६ असार अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा सघाउनेदेखि कहिलेकाहीँ स्कुल जाँदा-आउँदा बस भाडासमेत तिरिदिने गर्दथी अनिषा । विनिता भने मौका पर्‍यो कि अरू साथीहरूसँग गएर कुरा काट्न थाली हाल्थी - बाबै अनिषा त कस्ती घमण्डी ! यस्ता उस्तालाई त मान्छे नै गन्दिन । त्योसित कोही पनि नमिल है ? विनिताले आफ्नोबारे अरूसँग कुरा काट्छे भन्ने थाहा पाउँदापाउँदै पनि अनिषा भने विनिताको साथ छोड्दैनथी । साथी भएपछि साँचो हृदयले साथ निर्वाह गर्नुपर्छ भन्ने कुराको राम्रै ज्ञान थियो अनिषालाई । एकदिनको कुरा हो बाबाले शैक्षिक भ्रमणमा जान स्कुलमा बुझाउन दिनुभएको तीन सय रुपियाँ अनिषाले किताबको झोलामा राखेकी थिई । दिउँसो टिफिन समयमा बाहिर निस्केको बेलामा विनिताले सुटुक्क निकाली । कक्षा शिक्षकलाई बुझाउने बेलामा खोज्दा नभेटेपछि अनिषाले आत्तिँदै भनी - विनिता ! मेरो पैसा हराएछ । तिमीले देख्यौ ? अनिषाको वाक्य टुङ्गनि पनि नपाउँदै विनिता एक्कासि जङ्गइिर् - बरू बोल्न मन नलागे नबोले भैहाल्यो नि । त्यत्तिकै चोर दोष लाउनुपर्छ ? कसैको तीन सय चोर्न नपाएर मर्‍या छैन । हैन विनिता ! मैले तिमीलाई चोर दोष लगाएकी होइन । बरू देख्यो कि ? भनेर सोधेको पो त ! नदेख्या भए देख्या छैन भन न ! त्यसै किन रिसाउँछ्यौ ? अनिषाले शान्तिपूर्वक भनी । त्यो दिन विनिता मुन्टो बटारेर हिँडी । अनिषाले विनिताको चोरी थाहा पाएर पनि साथीको नाताले कसैलाई केही भनिन तर विनिता चोरेर पनि स्वीकार्न तयार भइन । त्यो घटना भएको दिनदेखि विनिताले अनिषासँग बोल्न नै छोडी । अनिषा भने सधैँ बोल्न खोज्दथी । जवाफमा विनिता आँखा तरेर हिँड्थी । विनितामा चोर्ने कुलत नै थियो । उनी आफ्नै साथीहरूको कहिले कलम, कहिले किताब त कहिले पैसा चोर्ने गर्दथी । अर्को एकदिन उनीहरूकै कक्षामा पढ्ने दिपिन भन्ने केटाको अङ्ग्रेजी शब्दकोश हरायो । विनिताको चोर्ने बानीका बारेमा थाहा पाएका दिपिनलाई पुस्तक विनिताले नै चोरेकी हो भन्ने निक्र्योलमा पुग्न गाह्रो भएन । हुन पनि विनिताले नै चोरेकी थिई । विनिता घर गैसकेपछि सबै साथी जम्मा भएर भोलिपल्टको एसेम्लीमा स्कुलभरिका सबैको अगाडि विनिताको बेइज्जती गर्ने सल्लाह गरे । साथीहरूको योजना सुनेर अनिषालाई बेचैनी भयो । आफ्नो साथीलाई बेइज्जती गर्न लागेकोले मन थाम्नै सकिन र बोलचाल नै नभए पनि स्कुलबाट घर गएपछि ड्रेस फेरेर अनिषा सरासर विनिताको घरमा गई । विनितालाई सम्झाउन अनिषाले धेरै कोसिस गरी - हेर विनिता । भोलि एसेम्लीमा सबैको अगाडि तिम्रो बदनाम गर्ने सल्लाह गरेका छन् साथीहरूले । तिमीले अन्यथा नसोची दिपिनको शब्दकोश मलाई देऊ ! म तिमीलाई बचाउन सक्छु । अनिषाको कुराले विनितालाई केही असर गरेन । बरु उल्टै गाली गर्न थाली - आखिर बोल्दै नबोल्दा पनि सुख नपाउनु । कतिसम्म चोर दोष लगाउन सकेको ! मेरो घरमा आएर मसँग नै मुख छोड्न लाज लाग्दैन ? मेरो घरबाट गैहाले हुन्छ । विनिताले जे भने पनि अनिषालाई पक्का थियो, दिपिनको शब्दकोश विनितासँग नै छ । त्यसैले जबरजस्ती खोजेर भए पनि अनिषाले विनिताकै घरमा सो पुस्तक भेट्टाई र लिएर गई । भोलिपल्ट ऐसेम्लीको समयमा पि्रन्सिपलसँग सोधेर दिपिन अगाडि गयो र सबैको सामुन्ने भन्न थाल्यो - विनिता चोर्नी हो । उसले मेरो किताब चोरी । करुणाको इन्स्ट्रुमेन्ट बक्स र अनिषाको पैसा पनि उसैले चोरेकी हो । त्यसैले उसलाई कडा कारवाही गर्नुपर्छ । ऊ सँगसँगै सबै साथीहरूले पनि हो मा हो मिलाउँदै भने - हो, हो । विनितालाई कारवाही गर्नैपर्छ । दिपिनको कुरा सुनेलगत्तै शब्दकोश हातमै च्यापेर अनिषा अगाडि गई र भन्न थाली - दिपिनको कुरा गलत हो । विनिता यस्तो नीच काम कहिल्यै गर्दिन । उनी चोर्नी होइनन् । मेरो पैसा त ब्यागबाट खसेर हराएको हो । दिपिनको किताब पनि विनिताले चोरेकी होइनन् । बरु दिपिनको बेन्चमुनि खसेको थियो । उसले चालै पाएनछ । मैले देखेर घर लगेर राखेका थिएँ । आज ल्याइदिएको छु । यति भन्दै अनिषाले दिपिनको शब्दकोश फिर्ता गरिदिई । विनिता त्यहीँ थिई । आफूले जति नराम्रो व्यवहार गर्दा पनि आफ्नो इज्जतका लागि साथीले त्यति ठूलो सहयोग गरेको देखेर विनिता छक्कै परी । त्यो दिन कक्षामा लाचारी र हीनताबोधले विनिताले अनिषाको मुखमा हेर्न समेत सकिन । स्कुलबाट घर फर्केपछि विनिता अनिषाको घरमा गई । गृहकार्य गरिरहेकी अनिषा विनितालाई देखेर छक्क पर्दै भनी - ओहो ! विनिता तिमी यहाँ ? आउ न बस ! विनितालाई झनै लाजमर्नुभयो अनिषाको सम्मानजनक व्यवहार देखेर । तैपनि आफूले असल साथी चिन्नमा भुल गरेको स्वीकार गर्दै भनी - अनिषा ! मैले तिमीजस्तो महान् साथीलाई बुझ्न सकिनँ तिम्रो धेरै चित्त दुखाएँ । मलाई माफ गर । तिमीले लगाएको गुन म तिर्न सक्दिनँ । बिन्ती छ, एकपटक माफी देऊ । अबदेखि म तिमीसँग कहिल्यै रिसाउँदिन र चोरी गर्ने कार्य (बानी) पनि सदाका लागि छोड्छु । विनिताको कुरा सुनेर अनिषा असाध्यै हषिर्त भई । विनिताले पनि चोरीलगायत सबै नराम्रा बानी त्यागी । त्यसपछि उनीहरू एक अर्काका असल साथी बनेर रहिरहे